सुर्खेत । परमेश्वरको मन्डली विश्व सुसमाचार समाज सुर्खेतले “७७८६ औ विश्वव्यापी वातावरण सरसफाई अभियान” सम्पन्न गरेको छ ।
बिहिबार वीरेन्द्रनगरको मुख्य क्षेत्र बुद्धपथ लाईन र हटियालाईनमा १०० जनाको सहभागितामा सरसफाई अभियान संचालन गरिएको हो ।
सरसफाईमा सहभागी आशिष जैशीले बजार सरसफाई गरेर पुर्ण रुपमा स्वच्छ बनाउने भन्दा पनी बजार सरसफाई आफैले गर्नु पर्छ भन्ने सन्देश दिनका लागि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “केही हद सम्म सरसफाई पनी हुन्छ, त्यो भन्दा पनी महत्वपुर्ण कुरा हामीले जथाभावी फोहोर गर्न हुदैन भन्ने सन्देस पनी जाने बताउनुभयो ।
समाजले देशैभर यस प्रकारको सरसफाइ तथा स्वयंसेवाको कार्यक्रमहरु निरन्तर रुपमा संचालन गरेको र अब आउने दिनहरुमा पनि सामाजिक कार्य गर्दै आउने जानकारी गराएको छ ।उक्त सरसफाईमा कार्यक्रममा वीरेन्द्रनगरका उपमेयर निलकन्ठ खनाल, राम जानकी टोल बिकास समितिका अध्यक्ष भिम बि.सी., एमाले प्रदेश कमिटी सदस्य ध्रुव थापा, सुनचाँदी ब्यावसायी संघका अध्यक्ष ज्ञान बहादुर बिश्वकर्मा, प्रथम उपाध्यक्ष ओम बहादुर बि.क. लगाएतको उपस्थिती रहेको थियो ।