अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ द्वारा सरसफाइ सप्पन्न  | Jana Aawaj News

अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ द्वारा सरसफाइ सप्पन्न 

पढ्न लाग्ने समयः 3 मिनेट
अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ द्वारा सरसफाइ सप्पन्न  : Jana Aawaj News

काठमाडौं । अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ द्वारा जारी गरिएको ‘विश्वव्यापी वातावरण सरसफाइ अभियान’ द्वारा ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा सरसफाइ सम्पन्न भएको छ ।ASEZ भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध विभिन्न देशका विश्वविद्यालय विद्यार्थी
युवाहरूद्वारा गठित सङ्गठन हो । यस सङ्गठनको नाममा ‘सुरुदेखि अन्तिमसम्म पृथ्वीलाई बचाऔं (Safe the Earth From A to Z) भन्ने अर्थ समावेश रहेको छ ।

ASEZ का एक अधिकारीले “मानव जातिको अमूल्य गुँड संरक्षण गर्नु नै ‘आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर’
भन्ने परमेश्वरको इच्छालाई पछ्याउने एक महत्त्वपूर्ण कार्य हो । सत्यताको मन्दिर रहेको विश्वविद्यालय क्याम्पसमा पनि यो कुरा लागू हुन्छ । वातावरण सफा र स्वच्छ छ
भने उत्कृष्ट पढाइको माहोल निर्माण हुन्छ, र यो कार्यमा ऊर्जा थप्न विश्वविद्यालय विद्यार्थीहरूले यस्तो योजना बनाएको बताउनुभयो ।

उक्त सरसफाइ कार्यक्रममा क्याम्पसमा अध्ययनरत ASEZ का सदस्यहरू र परिवार, सिनियर तथा जुनियर सबै गरेर करीब ३० जनाको सहभागिता रहेको थियो ।

स्वयंसेवकहरूले क्याम्पस वरपर २ किलोमिटर दूरीसम्म कागज, डिस्पोजेबल कप तथा स्ट्र, प्लास्टिकको झोला जस्ता फोहोरहरू सबै सङ्कलन गरे ।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष तिलक बहादुर कुमालले  “ASEZ का सदस्यहरूको कार्यले हामीलाई प्रेरित गरेको छ, आगामी दिनमा ASEZ संग सहकार्य गर्दै क्याम्पसलाई सफा र स्वच्छ बनाउनेछौं” भन्दै
स्वयंसेवकहरूको परिश्रमप्रति आभार व्यक्त गर्नुभयो ।

स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष शुष्मा आर.एल. शाहीले आजको कार्यक्रम उत्साहजनक भयो, आगामी दिनमा ASEZ ले गर्ने जुनसुकै अभियानमा पनि
समर्थन रहने जानकारी दिनुभयो ।

जलवायु परिवर्तन व्यापक रूपले वृद्धि भइरहेको यो समयमा ASEZ ले जलवायु परिवर्तनविरुद्धको प्रतिक्रिया साथै स्थानीय समुदायलाई सुरक्षित र स्वस्थ बनाउन विविध गतिविधिहरूको आयोजना गर्दै आएको छ । उनीहरूले क्याम्पेन राखेर ब्लु कार्बन (सामुन्दृक
पारिस्थितिक प्रणाली)को महत्त्व थाहा गराउने, अनि समुद्र,
नून पोखरी र मेन्ग्रोभ वन, र नर्कट वन आदि सामुद्रिक पारिस्थितिक प्रणालीलाई संरक्षण गर्ने ABC (ASEZ Blue Carbon) अभियान काठमाडौंको गोकर्णेश्वरस्थित नारायणटार पुल र ललितपुर युएन पार्क (बागमती
नदी) वरिपरिको क्षेत्रमा जारी गरे । त्यसै गरी काठमाडौंको
सभागृह र त्रिभुवन विश्वविद्यालय, पञ्च पोखरी माध्यमिक तथा उच्च माध्यमिक विद्यालय, गण्डकी सरकारी उच्च माध्यमिक विद्यालय आदिमा पनि वातावरण सरसफाइका गतिविधिहरू निरन्तर रुपमा गर्दै आएको छ ।

यसको अतिरिक्त ‘ASEZ सँगसँगै शान्तिमय सहर बनाउन हर्न निषेध क्याम्पेन’, ‘शौचालय स्वच्छता सुधार क्याम्पेन’ आदि गरेर सुरक्षित र सफा समुदाय बनाउने कार्यमा अग्रसर हुँदै  आएको छ । वि.सं. २०७२ सालमा काठमाडौंमा ठूलो भूकम्प जाँदा पूरै भग्नावशेष भएको
सिन्धुपाल्चोकस्थित श्री प्राथमिक विद्यालय र काभ्रेस्थित श्री भवानी प्राथमिक तथा उच्च माध्यमिक विद्यालयको भवन नयाँ गरी निर्माण गर्नमा स्वयंसेवकहरू निरन्तर खटिएका थिए ।

१७५ वटा देशहरूबाट ७,५०० वटा क्षेत्रमा स्थापित परमेश्वरको मण्डलीमा आधारित रहेर जारी गरिने ASEZ का गतिविधिहरू पनि विश्वव्यापी बन्दै गएको छ । यस्तै संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, अर्जेन्टिना, पेरु, कोरिया, भारत आदि देशहरूमा वातावरण सरसफाइ कार्य र जलवायु परिवर्तन प्रतिक्रिया कार्य भइरहेको छ । साथै अपराध न्यूनीकरण (Reduce Crime together)
क्याम्पेनको एक हिस्साको रूपमा प्राथमिक, माध्यमिक
तथा उच्च माध्यमिक विद्यालयहरूमा अपराध न्यूनीकरण गोष्ठी तथा जनचेतना क्याम्पेन गरिनुका साथै भित्तेचित्र कोर्ने जस्ता कार्यद्वारा पनि सुरक्षित वातावरण
निर्माणमा ASEZ ले काॠ गर्दै आइरहेको छ ।

ASEZ ले कोभिड १९ महामारीका कारण विश्वव्यापी स्वास्थ्य सङ्कटको सामना गरिरहेका अस्पताल, स्वास्थ्य चौकी जस्ता चिकित्सा सुविधा केन्द्रहरूको भ्रमण गरेर, सङ्क्रामक रोगसित लड्न अग्रपङ्क्तिमा खटिरहेका स्वास्थ्यकर्मीहरूलाई हौसला र समर्थन गर्ने क्याम्पेन
गऱ्यो । साथै मास्क, रोग निदान सरसामान आदि वितरण गरेर बल प्रदान गरेको थियो । यस्तो निःस्वार्थ स्वयंसेवा गरेबापत् ASEZ लाई अमेरिकी राष्ट्रपतीय स्वयंसेवा स्वर्ण अवार्ड, मरुभूमिकरण विरुद्ध लड्न यूएन सन्धि महासचिव अवार्ड, ग्रीन एप्पल र ग्रीन वर्ल्ड अवार्ड आदिले सम्मानित गरिएको थियो । २३ वटा देशका सरकार र स्थानीय सरकारी संस्थाहरूले ASEZ लाई समर्थन र प्रोत्साहन गर्ने अर्थमा १५४ वटा सम्झौतामा पनि हस्ताक्षर गरेको ASEZ ले जानकारी गराएको छ ।

+ posts