काठमाडौ । परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक संगठन आसेजद्वारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
बुधबार काठमाडौँ महानगरपालिका वडा नम्बर १ कमलपोखरी स्थित हिमालयन कलेज अफ म्यानेजमेन्टको प्रायोजनमा भएको उक्त सरसफाई कार्यक्रममा सममार्ग, कमलपोखरी क्षेत्र लगायत नक्साल हुँदै नन्दिकेशर बगैचासम्मको क्षेत्र सरसफाई गरिएको हो। उक्त कार्यक्रममा काठमाडौ, हिमालयन कलेज अफ म्यानेजमेन्टका सहप्राचार्य जितेन्द्र महत, कलेजका अन्य पदाधिकारीहरू तथा शिक्षक वर्गहरू, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयंसेवक आसेज काठमाडौँ संयुक्तका वसुन्धरा, चाबहिल, गोकर्णेश्वर, गोकर्ण चन्द्रागिरी, पुतलीसडक, कोटेश्वर लगायतका क्षेत्रबाटका स्वयंसेवक विद्यार्थी तथा हिमालयन कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरू गरी कुल १३० जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै हिमालयन कलेज अफ म्यानेजमेन्टका सह प्राचार्य महतले सुरुमा आफूले यो कार्यक्रम कस्तो होला भनेर स्पष्ट नबुझेको र त्यति महत्वको पनि नसोचेको तर पछि गएर बुझ्दाखेरि समाज र राष्ट्रको हितको निम्ति अनि समस्त संसारलाई खुसीको संसार बनाउनको निम्ति साँच्चै अपरिहार्य र एकदमै अर्थपूर्ण कार्यक्रम रहेछ भन्ने कुरा बुझेको बताए। साथै आफ्नो तर्फबाट आगामी दिनमा यस किसिमका गतिविधिहरुलाई समर्थन गर्न जुनसुकै कुरा पनि गर्न तयार रहेको पनि उहाँले आश्वासन दिनुभयो ।
कार्यक्रममा कलेज हाताभित्र औपचारिक कार्यक्रम आयोजना गरी सहभागीहरूलाई परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थीहरूको स्वयंसेवक संगठन आसेजबारे परिचय गराइनुका साथै आयोजित कार्यक्रमको महत्व र आवश्यकताका विषयमा जानकारी गराइएको थियो। त्यस पछि नीलो टिसर्ट धारी १०० भन्दा बढी जोशीला युवाहरूले फटाफट सडकको यत्रतत्र, पोखरी वरपर अनि पार्क वरपर जथाभावी फ्याँकिएका गुट्काका खोलहरू, फोहोर खाली बट्टाहरु, सिसीहरू लगायत थुप्रै जैविक तथा अजैविक फोहोरहरु संकलन गरी कुल ३० बोरा जतिहरु फोहोरहरू सङ्कलन गरेका थिए ।
७९०८ आँपटक गरिएको विश्वव्यापी वातावरण सरसफाई यो अभियान संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य प्राप्तिका निमित्त आसेजले गर्ने विश्वव्यापी वातावरण सरसफाईको एउटा भाग थियो। परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयंसेवक संगठन आसेजले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य प्राप्तिका निम्ति दिगो विकास लक्ष्यका लक्ष्य नम्बर ११, १२, १५, १६ र १७ मा विशेषत आधारित रहेर ए बि सी मोभ्मेन्ट, जनचेतना अभिवृद्धि वृक्षारोपण अपराध न्यूनीकरण, विपत्तिमा राहत प्रकोप उद्धार जस्ता थुप्रै विविध गतिविधिहरु गर्दै आइरहेको छ।
पुनश्चः परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाइबलमा गवाही दिइएको पिता परमेश्वर अनि माता परमेश्वरमाथि विश्वास गर्ने एकमात्र मण्डली हो। यो मण्डली हाल विश्वभरि कुल ३७ लाख दर्जित सदस्यसहित १७५ वटा राष्ट्रहरूका ७,५०० वटा भन्दा बढी क्षेत्रमा विस्तार भएको एकमात्र वैश्विक मण्डली हो। परमेश्वरको मण्डली बाइबलमा उल्लेखित शबाथ दिन, निस्तार चाड लगायत नयाँ करारका तीन चरणका सातवटा चाडहरू पालन गर्ने संसारको एकमात्र वैधानिक मण्डली पनि हो।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news