सुर्यविनायक नगरपालिकाको ७ वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत : मेयर थापा | Jana Aawaj News

सुर्यविनायक नगरपालिकाको ७ वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत : मेयर थापा

पढ्न लाग्ने समयः 2 मिनेट
सुर्यविनायक नगरपालिकाको ७ वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत : मेयर थापा : Jana Aawaj News

भक्तपुर । सुर्यविनायक नगरपालिका नगरसभाको १६ औं अधिवेशनबाट पारित नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले २०७३ सालमा नगरपालिकाको स्थापना भएदेखि ७ वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत भएको बताउनुभयो ।
थापाले वजेट तथा नीति कार्यक्रम बारे जानकारी दिन शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिका स्थापना भएदेखि १६ वटा अधिवेशन र १७० वटा वैठक भएको र ती सबै सर्वसम्मतिमा सम्पन्न भएकोे जानकारी दिनुभयो । फरक विचारधाराका पार्टीबाट निर्वाचित भएर आए पनि नगरपालिकामा आएपछि पार्टीका कार्यकर्ता नभइ जनप्रतिनिधिका रूपमा काम गर्दै आएको नगर प्रमुख थापाले बताउनुभयो ।


कार्यक्रममा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले चालू आर्थिक वर्षको बजेट संशोधन गरेर घटाएर चालू आर्थिक वर्षका लागि २ अर्ब ७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । उक्त बजेटलाई संशोधन गरि २ अर्ब २१ लाख रुपैयाँ बनाइएको सापकोटाले जानकारी दिनुभयो । प्रवक्ता सापकोटाका अनुसार, चालु आर्थिक वर्षमा नगरपालिकाले संघ र प्रदेशको अनुदान सहित कुल २ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षमा खर्च भने आम्दानीको ६०.३ प्रतिशत अर्थात् १ अर्ब २९ करोड रुपैयाँ मात्र भएको उहाँले बताउनुभयो ।


नगरपालिकाले आगामी आर्थिक वर्षका लागि संघीय सरकारको विभिन्न शिर्षकबाट अनुदान बापत प्राप्त हुने ७२ करोड ३१ लाख रुपैयाँ, प्रदेश सरकारको ४८ करोड ७ लाख रुपैयाँ र नगरपालिकाको आन्तरिक आम्दानी १ अर्ब ३ करोड ६० लाख रुपैयाँसहित कुल २ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको छ । उक्त बजेटमध्ये आर्थिक विकासका लागि ११ करोड ८९ लाख रुपैयाँ र सामाजिक विकासका लागि ८३ करोड ८४ लाख रुपैयाँ खर्च गरिने उहाँले जानकारी दिनुभयो ।


यसैगरी पूर्वाधार विकासतर्फ ८७ करोड १६ लाख रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ११ करोड ५ लाख रुपैयाँ र वन वातावरण तथा विपद् र कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ ३० करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको सापकोटाले जानकारी दिनुभयो ।

 

+ posts
ताजा
1 कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
2 एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न
3 प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक समस्यालाई पहिचान गरि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
4 वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न