भक्तपुर। गएको ३ दिन अघि देखिको अविरल झरी बन्द भई मौसम दिनभरि अनुकुल रहेको अवस्था । उपत्यकामा २११ औं भानु जयन्तीको चापाचाप माहौल । कता जाने कता नजाने अन्यौलको अवस्था । मानो रोपी मुरी फलाउने महिना असारको रोपाईं भर्खर भर्खर सकिएको अवस्थामा भक्तपुरको एभरेष्ट इङ्गलिश स्कूलका शिक्षक शिक्षिकाहरू सफल व्यवस्थापनको लागि दौडधुप भईरहेको अवस्था । सभाकक्षमा स्रष्टाहरूको खचाखच जमघट । एभरेष्ट स्कूलका होनहार शिक्षक, विद्यार्थीहरू पनि शव्द रोपाईं गर्न तम्तयार भइरहेको अवस्था । एभरेष्ट स्कूलको साथ र सहयोग पाई यो अवसर जुटाएको हो भक्तपुर साहित्यिक समाजले । आदिकवि भानुभक्तलाई सभापति बनाई शव्दरोपाईं कार्यक्रम शुरू गर्नु अघि भसासका अध्यक्ष राजुराम मुनंकर्मी र एभरेष्ट इङ्गलिश स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले संयुक्त रूपमा दीप प्रज्वलन गरे भने भानुको तसविरमा फूलमाला लगाइदिए ।
त्यसपछि समाजका कार्यसमिति सदस्य सुलोचना सैंजु जोशीले भानुका जिवनी र विविध पक्ष माथि प्रकाश पारे । अनि लामबद्ध भई शव्दरोपाईं गर्न तयार भए शव्दरोपाहारहरू । साहित्यका विविध विधाहरू कविता,गीत, गजल, मुक्तक,लघुकथा, आदिको माध्यमबाट समाजका बेथिति, मौलाईरहेको भ्रष्टाचार, अनुशासनहिनता, कानुनको उपहास, शक्तिकेन्द्रहरूको हालिमुहालि आदि माथि कडा व्यङ्ग्य प्रहार गर्दै खवरदारी समेत गरे भने कतिपय स्रष्टाले आफनो सुमधुर स्वरबाट भानुलाई सम्झँदै छन्द कविता वाचन गरे । त्यो दिनको ३९ जना रोपाहारहरूमा क्रमशस् धनमान श्रेष्ठ लघुकथा, नारायण तिवारी कविता मानिक बाबु ग्वंगस् , काशिराम विरस कविता , गुहेश्वरी शाक्य गीत गायन ०,सुलोचना सैंजु कविता राजेन्द्र चित्रकार कविता, वसन्त नकर्मी मुक्तक, ईश्वर थोकर कविता, कविन्द्रलाल प्रधान कविता, अर्चना छुकाँ ९कविता०,दिलकुमारी डंगोल कविता, पवित्रा दहाल छन्द कविता, सन्तोष भुजेल कविता, श्याम माकजु गजल, सुरेन्द्रलाल भुजु कविता, हरिगोविन्द भोमी लघुकथा, पशुपति भक्त राय कविता, सुरेश राजभण्डारी कविता, ग्रेसी पौडेल कविता, एल के सुन्दर कविता, सुरेन्द्रकाजि प्रधानाङ्ग गजल, राजेशमान केसी कविता, राजकुमार लम्साल कविता, मोहन गुरागाईं कविता, आभा गुरागाईं छन्द कविता, मुन जोशी कविता, सुदिश्ना साखकर्मी कविता, प्रयागराज भट्टराई कविता, तुलसीहरि प्रजापति कविता, विराज ताम्राकार कविता, नरेनमान किपू गायन, यजु मानन्धर कविता, बेन्जु सापकोटा कविता, रूवि पंगेनी कविता, तपस्या वाग्ले छन्द कविता, अञ्जना गुरागाईं कविता, सार्थक निरौला ९कविता र मञ्जिला न्यौपाने रहेका छन् ।
शव्द रोपाईंको बीचबीचमा रोपाहरहरूलाई मनोरन्जन प्रदान गर्न संस्कृतिविद् हरिशरण शर्मा राजोपाध्यायले दही च्युराको संस्कृति, आवश्यकता र महत्वबारे प्रकाश पार्नुका साथै चर्चित गायिका सानु मैया ताम्राकारको सुरिलो स्वरबाट गायन अनि युवा सचन मल्लको मीठो बाँसुरीको धुन सुनेर मन्त्रमुग्घ भएका थिए ।
भसासको नियमित घुमन्ते श्रृङ्खलाको ७४ औं संस्करणको रूपमा असारे दहि च्युराको स्वादमा रमाउँदै सम्पन्न भएको उक्त कार्यक्रमलाई एभरेष्ट इङ्गलिश स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले भसाससंग मिलेर शव्द रोपाई गर्न पाएकोमा खुशि व्यक्त गर्नुभयो भने भसासका अध्यक्ष राजुराम मुनंकर्मीले समाजको गतिविधि निरन्तर रूपमा चलाउँदै जाने र सोको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । साथै भसासको तर्फबाट कार्यक्रमको राम्रो व्यवस्थापनको लागि एभरेष्ट इझ्गलिश स्कूललाई कदर पत्र प्रदान गरिएको थियो ।
राजुराम मुनंकर्मी
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news