कालीमाटी बजारमा तरकारीको भाउ बढ्यो | Jana Aawaj News

कालीमाटी बजारमा तरकारीको भाउ बढ्यो

पढ्न लाग्ने समयः < 1 मिनेट
कालीमाटी बजारमा तरकारीको भाउ बढ्यो : Jana Aawaj News

भक्तपुर । बुधबार कालीमाटी फलफूल तथा तरकारी बजारमा तने बोडीको भाउ २७ प्रतिशत बढेको छ । अघिल्लो दिन औसत ८५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तने बोडी आज औसत १०८ रुपैयाँ पुगेको छ, भने अधिकतम मूल्य प्रतिकिलो १२० रुपैयाँ छ ।
घिउ सिमी, कन्य च्याउ केही महँगिएको छ । स्कुस, रायो साग, तोरीको साग केही घटेको छ । तिते करेला, लौका, परवर, चिचिण्डो, पाकेको फर्र्सी, हरियो फर्र्सी लगाएत अधिकांश तरकारीको भाउ स्थिर छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम ६० रुपैयाँ छ । प्याज प्रतिकिलो १३० रुपैयाँमा कारोबार भएको छ । कालीमाटीमा रातो आलु प्रतिकिलो ७२, स्थानीय गाजर ११०, बन्दा ६०, स्थानीय काउली १२०, लाम्चो भन्टा ४०, डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

घिउ सिमी १००, टाटे सिमी ८०, तिते करेला प्रतिकिलो ८० रुपैयाँ छ । लौका ६०, परवर ६०, चिचिण्डो ४०, घिरौंला ७० रुपैयाँमा कारोबार भएको छ । डल्ले च्याउ ४८०, कुरिलो ४५०, कन्य च्याउ २०० तथा ब्रोकाउली १८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ ।
बुधबार कालीमाटी बजारमा तरकारी भाउदर ः

 

+ posts
ताजा
1 कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
2 एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न
3 प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक समस्यालाई पहिचान गरि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
4 वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न