विभिन्न देशका प्रतिनिधिहरु वागीश्वरीमा | Jana Aawaj News

विभिन्न देशका प्रतिनिधिहरु वागीश्वरीमा

पढ्न लाग्ने समयः 2 मिनेट
विभिन्न देशका प्रतिनिधिहरु वागीश्वरीमा : Jana Aawaj News

भक्तपुर । युनिसेफ र विश्व बैंकको आयोजनामा काठमाडौंमा भइरहेको Accelerating Foundational Learning: Going to Scale in South Asia मा सहभागी विभिन्न देशका अतिथिहरुको एक प्रतिनिधिमण्डलले वागीश्वरी माविको पूर्व प्राविदेखि कक्षा ३ सम्मका कक्षाहरुको अवलोकन भ्रमण गर्याे ।
अवलोकनमा आएका अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यले विद्यालयको सङ्क्षिप्त परिचय प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहा“ले विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको अभाव भएको तथ्यसहित जानकारी दि“दै त्यसले शैक्षिक उपलब्धिमा नकारात्मक प्रभाव परिरहेको प्रष्ट पार्नुभयो ।
उहा“ले भन्नुभयो– ‘पूर्व प्रावि तहमा २७७ जना विद्यार्थीको लागि सरकारी शिक्षक दरबन्दी केवल दुईओटा रहेको छ† जुन साह«ै नपुग छ† त्यसलाई पूर्ति गर्न विद्यालयले निजी स्रोतबाट २० जना विद्यार्थी बराबर २ जना शिक्षिका र १ जना आयाको हामीले व्यवस्था गरेका छौं ।’
विभिन्न मातृभाषाका विद्यार्थीहरु भर्ना हुन आएकाले सोही अनुसार नेपाल भाषा (नेवारी), तामाङ, मातृभाषाका शिक्षिका र आयाहरुको व्यवस्था गरिएको जानकारी दि“दै उहा“ले कानुनतः निःशुल्क गर्नुपर्ने भए पनि निजी स्रोतबाट शिक्षक व्यवस्थापन गर्नुपरेकाले अभिभावकस“ग आर्थिक सहयोग उठाउनु परेको विवशता दर्शाउनुभयो ।
सहभागी अतिथिले सोधेको एक प्रश्नको जवाफ दि“दै प्रअ कर्माचार्यले कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि विद्यालयमा भइरहेको दिवा खाजा व्यवस्थापनको जानकारी दिनुभयो । उहा“ले भन्नुभयो– ‘विद्यालयमा जङ्क फुड (पत्रु खाजा) निषेध छ† पूर्वप्रावि तहका विद्यार्थीलाई स्कुलमै पकाएर ६ बार ६ थरि खाजा खुवाउ“छौं भने कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई अभिभावककै सहमतिमा हरेक विद्यार्थीले आफ्नो घरमा पाकेकै खाजा ल्याउनुपर्ने र सोबापत प्रतिदिनको रु.१५ दिन गन्ती गरेर अभिभावकलाई रकम दिने गरेका छौं ।’
सरकारले वर्षको १८० दिनको मत्रा खाजा बापतको रकम दिए पनि स्कुलमा २२० दिनभन्दा बढी दिनको खाजाको रकम गइरहेको जानकारी दि“दै उहा“ले नपुग रकम स्थानीय सरकार भक्तपुर नगरपालिकाले पूर्ति गरिदिएको बताउनुभयो ।
सहभागी अतिथिले विद्यार्थीको लैङ्गिक र शैक्षिक अवस्थाबारे सोधिएको अर्को प्रश्नको उत्तर दि“दै प्रअ कर्माचार्यले प्रावि तह कक्षा ५ सम्ममा १३११ जना छात्रा र १२४९ जना छात्र रहेको र तीमध्ये अधिकांश उत्कृष्ट विद्यार्थी छात्रा नै रहेको बताउनुभयो ।
त्यस्तै शिक्षक तालिमका बारेमा सोधिएको अर्को प्रश्नको उत्तर दि“दै भक्तपुर नगरपालिकाले कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रम, अटिजम रोग र अङ्ग्रेजी फोनेटिक्स र स्थानीय पाठ्यक्रमलगायतका बारेमा तालिम सञ्चालन भइरहेको बताउनुभयो ।
एक अर्को प्रसङ्गमा नगरपालिकाबाट अनुगमन तथा प्राविधिक सहयोग समितिका पदाधिकारीहरुले शिक्षकको कक्षा अवलोकन र पृष्ठपोषण भइरहेको पनि उहा“ले बताउनुभयो ।
शिक्षक मूल्याङ्कनका विभिन्न मापदण्डका आधारमा बर्सेनि उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गर्ने परम्परा रहेको जानकारी दि“दै कमजोर अनुशासन भएका शिक्षकलाई दण्ड पनि दिने गरिएको पनि उहा“ले बताउनुभयो ।
करिब दुई घण्टाको अवलोकनको क्रममा अतिथिहरुले हरेक कक्षा कोठामा गई शिक्षकहरुस“ग पनि अन्तरक्रिया गरेका थिए भने दिवा खाजा खुवाएको पनि प्रत्यक्ष अवलोकन गरेका थिए ।
प्रतिनिधिमण्डलमा बङ्गलादेशका अब्डुल हालिम, सोयड रसिद अल जायेड, फरिड अहमेड, जलाल उड्डिन, लुइस लिक, भारतका जुन्को ओनिशी, युनाइटेड स्टेटका हाल्से रोजर्स, युएसएका जेम्स ग्रेसम, माल्दिभ्सका मरियाम नासिर, र विश्व बैङ्कका सामिरा हलबीलगायतका अतिथिहरु थिए ।
प्रमण्डलको नेतृत्व विश्व बैङ्कका साचिको वाटौकाले गर्नुभएको उक्त प्रमण्डलमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक शालिक राम भुषाल पनि रहनुभएको थियो ।
भाषिक सहजीकरणको लागि विद्यालयको तर्फबाट शिक्षक धनकुमार श्रेष्ठ र टोलीको तर्फबाट दीपिका श्रेष्ठ र सुनिसा आहुजाले भूमिका निर्वाह गर्नुभएको थियो ।

+ posts