Jana Awaj News – Jana Aawaj News

शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्राथमिक तहका शिक्षक, प्राथमिक तह इन्चार्ज वा कक्षा ४ र ५ मा अध्यापन गराउने शिक्षकहरुका लागि निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम-२०८३ बिहिबार भक्तपुर नगरपालिकाको सभाकक्षमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गुणस्तरीय शिक्षा निर्माणमा सक्षम र दक्ष शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो । “शिक्षक राम्रो भए विद्यार्थी पनि राम्रो हुन्छन्, त्यसैले शिक्षकलाई योग्य र सक्षम बनाउन यस्ता तालिम आवश्यक छन्,” उहाँले भन्नुभयो ।

प्रमुख प्रजापतिले विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समिति गठन गरी समितिको सिफारिसका आधारमा विद्यालयहरूलाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै आगामी बजेटमा विद्यालयहरूमा स्मार्ट बोर्ड व्यवस्थापनलाई समेत समावेश गरिएको उल्लेख गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले गुणस्तरीय शिक्षा परीक्षा नतिजाले मात्र निर्धारण नहुने, विद्यार्थीको क्षमता, सीप र व्यवहारले पनि त्यसको मूल्यांकन हुने उल्लेख गर्दै शिक्षासँगै संस्कारको विकासमा पनि जोड दिनुपर्ने बताउनुभयो । नगरपालिकाले एसईईमा ४ जीपीए प्राप्त गराउने विद्यालय, विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको अवगत गराउँदै विद्यार्थीलाई निरन्तर प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । “असल गुरु बनेर विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्नु शिक्षकको मुख्य दायित्व हो,” उहाँले भन्नुभयो ।

भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष एवम् विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले शिक्षकहरू अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिँदै शिक्षणलाई प्रभावकारी र समयानुकूल बनाउन शिक्षकले निरन्तर अध्ययन, अनुसन्धान तथा नयाँ शिक्षण विधि अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले लागू गरेको नयाँ निरन्तर मूल्यांकन प्रणालीले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै यस प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकहरूको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।

नगर शिक्षा शाखा प्रमुख साधुराम फुयाँलले सरकारले लागू गरेको नयाँ शैक्षिक नीतिअनुसार आगामी शैक्षिक सत्रदेखि विद्यालयहरूले निरन्तर मूल्यांकन प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै नयाँ प्रविधि र नीतिअनुसार सञ्चालन गरिएको यस तालिमले शिक्षकहरूलाई मूल्यांकन प्रणाली कार्यान्वयनमा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका सञ्चालनकर्ता रोशनराज तुइतुइले विद्यालयहरूमा निरन्तर मूल्यांकन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।

तालिममा सह प्रा. डा. बासु प्रसाद सुवेदीले आन्तरिक मूल्यांकनको अवधारणा, उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा विद्यालयमा अपनाउनुपर्ने व्यवहारिक पक्षबारे प्रशिक्षण तथा सहजीकरण गर्नुभयो ।

The post शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम appeared first on Jana Aawaj News.

सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानको क्रममा बुधबार लैङ्गिक तथा सामाजिक समावेशीकरण शाखा प्रमुख विजया लक्ष्मी सुवेदीले घोषणा पत्र वाचन गरी नगर प्रमुख बासुदेव थापाद्वारा वडा अध्यक्ष भगवान खत्रीलाई सूर्यविनायक नगरपालिकाका वडा नं ९ नंखेललाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा पत्र प्रदान गरिएको थियो।

नेपाल सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पुरा गरेसंगै सुर्यविनायक नगरपालिकाले यहाँका प्रत्येक वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान वडा नं ७ गुण्डुबाट सुरु भइ आज वडा नं ९ र १० को घोषणा सम्पन्न भएपछि पूरा हुने नगर प्रवक्ता एवं वडा ७ का अध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो । उहाँले नगरपालिकाले प्रत्येक वडामा बाल सञ्जाल गठन गरी ५१  सूचक पुरा गर्न सफल भएको बताउनुभयो । उहाँले सूर्यविनायकका सबै वडा घोषणा सम्पन्न पश्चात वामती प्रदेशको अनुगमन एवं निरिक्षण सम्पन्न गरेपछि आउँदो भदौ भित्र नगरपालिकालाई पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिने बताउनुभयो ।

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोहका सभापति एवं वडा नं ९ का वडाध्यक्ष भगवान खत्रीले बालमैत्री वडा घोषणाको प्रतिवेदन प्रस्तुत गरेका थिए । सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाले बालबालिका, महिला, युवा र जेष्ठ नागरिकका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा बालमैत्री स्थानीय शासनयुक्त वडा र नगरपालिका घोषणा सम्पन्न हुन लागेकोमा खुशि व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरकी कार्यवाहक प्रमुख सुजाता वाडे बैद्यले बालमैत्री नगर घोषणा सम्पन्न गर्न अग्रसर भएकोमा बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।

सुर्यविनायक नगर प्रमुख एवं घोषणा सभाका प्रमुख अतिथि बासुदेव थापाले नगरपालिकाको भौतिक विकासमा पहिलो कार्यकाल विताएको र अब यो आफ्नो अन्तिम कार्यकालमा नगरपालिकाको मानवीय विकासमा जोड दिएको बताउदै अब बालमैत्री नगरपालिका पनि घोषणा पश्चात नगरवासीको लागि अर्को उपलब्धि हुने बताउनुभयो ।

उक्त बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा सभामा प्रमुख अतिथिले ५ बालिकालाई पुष्पमाला अर्पण गरी उदघाटन गर्नु भएको थियो । मदरल्याण्ड स्कुलका छात्राद्वय समृद्धि थापा र सरू बराइलीले संचालन गरेको कार्यक्रममा वडा सदस्य पूजा वराहले स्वागत मन्तव्य दिनु भएको थियो ! साथै वडा सदस्य विनय महत, सुनिल भुजेल, वडा सचिव अच्युतम खत्री, बाल सहजकर्ता सुजना थापा लगायतले कार्यक्रमलाई प्रभावकारी ढगंले सम्पन्न गर्न भूमिका खेल्नु भएको थियो ।

कार्यक्रममा वडामा संचालित विद्यालयहरु मदरल्याण्ड स्कुल, सरस्वति मावि, राम आवि, शिक्षा स्कुल, डिवेज प्रि स्कुल र भुवनेश्वरी माविको प्रस्तुति एवं सहभागिता थियो । घोषणा सभा एवं अभियानमा सहयोगि र सहभागिताको कदर गर्दै वडा बाल सन्जाल, नगर बाल सन्जाल, निजी तथा सामुदायिक विद्यालय, पत्रकार, स्वास्थ संस्था, खानेपानी समिति, रेडक्रस, सहकारी संस्था, मन्दिर विकास समिति, टोल सुधार समिति, साँस्कृतिक समुह तथा वडाका सबै संघसंस्थाहरुहरुलाई कार्यक्रममा वडाको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो ।

The post सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न appeared first on Jana Aawaj News.

आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
जन आवाज न्युज/भक्तपुर, असार १७ गते । राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवसका अवसरमा ‘संग्रहालय सुरक्षा तथा व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’ को उद्घाटन सत्र सम्पन्न भएकाे छ ।

कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय कला संग्रहालयको महत्व दिनप्रतिदिन बढ्दै गएको बताउँदै संग्रहालय अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढिरहेको उल्लेख गर्नुभयो । उहाँले सम्पदा संरक्षणको मुख्य उद्देश्य नयाँ पुस्तालाई आफ्नो इतिहास, कला र संस्कृतिसँग परिचित गराउनुका साथै विदेशी पर्यटकसमक्ष नेपालको मौलिक सम्पदा प्रस्तुत गर्नु रहेको बताउनुभयो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखी काम गर्दै आएको बताउँदै ५५ झ्याले दरबारको पुनःनिर्माणका क्रममा भित्तेचित्रलाई सुरक्षित राख्दै पुनःस्थापना गरिएको जानकारी दिनुभयो । उहाँले भित्तेचित्रप्रति विदेशी पर्यटकको विशेष आकर्षण रहने बताउँदै हाडा छेँको पुनःनिर्माण पनि त्यहाँ रहेका भित्तेचित्रका कारण प्राथमिकतामा परेको उल्लेख गर्दै भूकम्पका कारण केही भित्तेचित्र जोगाउन नसकिएको भए पनि सुरक्षित राखिएका तस्बिरका आधारमा त्यहाँ रहेका भित्तेचित्र बनाउन दिने अवगत गराउनुभयो ।

उहाँले २०७२ सालको भूकम्पले भक्तपुरका सम्पदामा ठूलो क्षति पु¥याए पनि भक्तपुर नगरपालिकाले पुनःनिर्माण कार्यलाई तीव्रताका साथ अघि बढाएको बताउँदै हालसम्म १७८ वटा सम्पदा मौलिकता कायम राख्दै पुनःनिर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो ।

नगर प्रमुख सुनिल प्रजापतिले सम्पदा संरक्षणको महत्व नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममार्फत विद्यार्थीलाई सम्पदा, इतिहास, कला र संस्कृतिबारे अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो ।

उहाँले भक्तपुरलाई सम्पदाले भरिपूर्ण ऐतिहासिक नगरका रूपमा संरक्षण गर्ने लक्ष्यअनुसार नगरभित्र रहेका सबै संरचनालाई मौलिक शैलीमै पुनःनिर्माण गर्ने नीति अवलम्बन गरिएको उल्लेख गर्दै ९९ चोक संरक्षण र पुर्नजिवित  गर्ने उद्देश्यका साथ नगरपालिका अगाडि बढिरहेको बताउनुभयो । उहाँले मौलिक पहिचान जोगाउँदै सम्पदाको संरक्षण गर्नु नै भावी पुस्ताप्रतिको जिम्मेवारी भएको धारणा व्यक्त गर्नुभयो ।

नगर प्रमुखले भक्तपुर नगरपालिकाले आन्तरिक पर्यटक केन्द्रित बजेट निर्माण गर्दै आएको बताउँदै भक्तपुरको मौलिक सम्पदा, संस्कृति र परम्परागत वास्तुकलाप्रति आकर्षित हुने आन्तरिक पर्यटकको संख्या निरन्तर बढिरहेको छ भन्नुभयो ।

उहाँले नगरपालिकाले मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीलाई अनुदान प्रदान गर्दै आएको उल्लेख गर्दै निजी घरलाई पनि सम्पदाको रूपमा संरक्षण र प्रवद्र्धन गर्ने नीति अवलम्बन गरिएको बताउनुभयो । यसबाट नगरको मौलिक स्वरूप जोगिनुका साथै सम्पदामैत्री वातावरण निर्माण भई पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको उहाँको भनाइ थियो ।

नगर प्रमुखले भक्तपुर नगरपालिकाले इतिहास, संस्कृति तथा सम्पदा विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै इतिहास र संस्कृतिको संरक्षण तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

इतिहास, संस्कृति, सम्पदा तथा स्थानीय विषयमा अध्ययन-अनुसन्धान गर्ने विद्यार्थी तथा अनुसन्धानकर्तालाई अनुसन्धानवृत्ति समेत प्रदान गर्दै आएको बताउनुभयो ।

कार्यक्रमका सभापति तथा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले हाम्रो सम्पदा र यसको वास्तुकला नै हाम्रो पहिचान भएको बताउनुभयो । उहाँले यो मानव सभ्यताको उत्कृष्ट नमुना भएकाले यसको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भक्तपुर आफैँमा ऐतिहासिक तथा विश्वसम्पदा सूचीमा सूचीकृत नगर भएकाले यहाँको मौलिक संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । आधुनिकतासँगै मौलिक पहिचान संकटमा पर्दै गएको उल्लेख गर्दै उहाँले संस्कृति जोगाउन सके मात्र समुदायको पहिचान जोगिने धारणा राख्नुभयो ।

उहाँले राष्ट्रिय कला सगं्रहालयले कला, संस्कृति र सम्पदाको संरक्षण, अध्ययन तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै भावी पुस्तालाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे जानकारी गराई संरक्षणप्रति जिम्मेवार बनाउन सगं्रहालयको भूमिका अझै महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय कला संग्रहालयकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानले संग्रहालय स्थापना भएको इतिहासबारे जानकारी दिँदै पुरातात्त्विक महत्वका सामग्री संकलन, संरक्षण र प्रदर्शनलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँका अनुसार संग्रहालयमा चित्रकला, धातुकला, काष्ठकला, प्रस्तरकला लगायत करिब २,१०० वटा पुरातात्विक वस्तु संग्रहमा रहेकाको सोही क्रममा अवगत गराउनुभयो ।

इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले संग्रहालय स्थापनाकालदेखि नै योगदान गर्न पाएकोमा आत्मसन्तुष्टि मिलेको बताउनुभयो । उहाँले जगन्नाथ मन्दिर पुनःनिर्माणमा त्यहाँ रहेका शिलालेखका प्रमाण तथा आफूले गरेका अध्ययन-अनुसन्धानले महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै कला संग्रहालयले शिलालेख तथा पुरातात्विक सम्पदाको संरक्षणमा अझ विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उहाँले भक्तपुरलाई “खुला आकाशमुनि रहेको एउटा खुला संग्रहालय’ को रुपमा व्याख्या गर्नुभयो ।

इतिहासविद् विश्वमोहन श्रेष्ठले राष्ट्रिय कला संग्रहालयको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै पुराना कला र संस्कृतिले तत्कालीन समाजको यथार्थ अवस्थाबारे जानकारी दिने भएकाले यस्ता सम्पदाको संरक्षण र जीवन्तता कायम राख्नु आवश्यक रहेको बताउनुभयो । उहाँले ख्वप कलेजमा संस्कृति तथा संग्रहालयसम्बन्धी अध्ययन-अध्यापन भइरहेकाले नयाँ पुस्तामा सम्पदा संरक्षणको चेतना हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवसको अवसरमा संग्रहालयमा कार्यरत कर्मचारीहरूको ज्ञान, सीप र कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि कार्यक्रमसमेत रहेको आयोजक समितिले जनाएको छ ।

The post आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस appeared first on Jana Aawaj News.

थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ललितपुर । थपाहिटी मिसा पुच: ललितपुर म.न.पा. ६ नं वडा समितिकाे आयाेजना, नेपाल हृदयराेग निवारण प्रतिष्ठान, महिला सशक्तिकरण उपसमिति भक्तपुरकाे सहआयाेजना र प्रतिष्ठानकाे ललितपुर शाखाकाे समन्वयमा ल.पु. म.न.पा. ६ नं वडा कार्यालयकाे सभाहलमा महिलाहरूमा लाग्ने मुटुराेग राताे संकट सूचक (Go Red For Women) सम्बन्धी अभिमुखिकरण कार्यक्रमसँगै BMI परीक्षण र रक्तचाप मापन कार्यक्रम शनिबार भव्यतापूर्वक सम्पन्न भएको छ ।

उक्त परीक्षणकाे प्रतिवेदन प्रस्तुत गर्नुहुँदै थपाहिटी महिला पुच:का सचिव एवं प्रतिष्ठानकाे महिला सशक्तिकरण उपसमिति, भक्तपुरका सहसंयाेजक अहिल्या मल्ल अमात्यले ५५ जनाकाे सहभागितामध्ये .४९ जनामा गरिएकाे परीक्षणमा कम ताैल – १ जना, सामान्य=१६ जना, बढी ताैल- २९ जना र माेटाेपना – ३ जनामा देखिएकाे तथा रक्तचाप मापनकाे नतिजा ४९ जनामध्ये कम रक्तचाप – ५ जना (१० %), सामान्य -३० जना (६१ %), उच्च रक्तचाप -१० जना (२१ %) र जाेखिमयुक्त उच्च रक्तचाप – ४ जना (८%) रहेकाे प्रतिवेदन प्रस्तुत गर्नुभयाे । थपाहिटीहिटी महिला पुच: का अध्यक्ष द्राैपदी महर्जनकाे सभाध्यक्षतामा आयाेजित उक्त कार्यक्रममा प्रमुख अतिथि कुशल प्रशिक्षक रामप्यारी बस्नेत बज्राचार्यले आफ्नाे स्वास्थ्यकाे हेरचाह गर्ने जिम्मा आफू स्वयमकाे रहने र जीवनशैलीमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकाे चर्चा गर्नुहुँदै ” महिलाहरूमा लाग्ने मुटुराेग राताे संकट सूचक” (Go Red for Womem) सम्बन्धी सचेतनामूलक प्रस्तुतिकरण गर्नुभयाे ।

त्यसैगरी विशेष अतिथि ल.पु.म.न.पा.६ नं वडा समितिका अध्यक्ष रूपेन्द्र राज शाक्यले व्यानर वाचन गरी कार्यक्रमकाे उद्घाटन गर्नुहँदै मुटुराेग सम्बन्धी सचेतना जगाउने अभिमुखिकरण कार्यक्रम र BMI परीक्षणबाट पुच: का महिलाहरू लाभान्वित हुनेमा आफू विश्वस्त रहेकाे बताउनुभयाे । त्यसैगरी कार्यक्रमका विशेष अतिथि ल.पु. ६ नं वडा समितिकाे सदस्य , महिला समितिकाे अध्यक्ष ल.पु. म.न.पा. कार्यपालिका सदस्य उमा बज्राचार्यले ६ नं वडा समिति थपाहिटी मिसा पुच:ले हरेक गतिविधिमा आफूलाई अब्बल सावित गरेकाे चर्चा गर्नुहुँदै मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रमकाे आयाेजनाले महिलाहरूमा थप प्रेरणा जाग्ने बताउनुभयाे ।

मन्तव्यकै क्रममा विशेष अतिथि प्रतिष्ठानकाे भक्तपुर शाखाका सभापति राजुराम मुनंकर्मीले ललितपुर शाखाकाे समन्वयमा ललितपुरसम्म आई कार्यक्रम गर्न पाउँदा खुशि लागेकाे बताउनु हुँदै समष्टिमा याे कार्यक्रम नेपाल हृदयराेग निवारण प्रतिष्ठानकै रहेकाे चर्चा गर्नुभयाे ।

त्यस्तै विशेष अतिथि प्रतिष्ठानकाे ललितपुर शाखाका उपसभापति अशाेक श्रेष्ठले प्रतिष्ठानकाे ५ वटा राष्ट्रिय कार्यक्रम मध्ये Go Red For Women पनि एक भएकाे र ललितपुरकाे अन्य स्थानहरूमा पनि यस किसिमका कार्यक्रमहरूकाे आयाेजना भईरहेकाे चर्चा गर्नुहुँदै त्रिवेणीकाे रूपमा सञ्चालित याे कार्यक्रमकाे छुट्टै महत्व रहेकाे बताउनुभयाे ।

थपाहिटी मिसा पुच:का सदस्य विन्दिरा अमात्य श्रेष्ठले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममा प्रतिष्ठानकाे भक्तपुर शाखाका प्राविधिकहरू क्रमश: पन्चलक्ष्मी मल्ल, पद्मा कायष्ठ, गङ्गा गुरूङ्ग, राधा उप्रेति, सावित्रा गाैतम, रक्षिता मुनंकर्मी, साेनिया किसि र डा. नेहा अमात्य थापाले BMI परीक्षण तथा रक्तचाप मापन कार्यक्रममा बिशेष सक्रियता देखाउनुका साथै महिला सशक्तिकरण उपसमितिका सदस्य सचिव चन्द्रशाेभा सालिके, सदस्यहरू कृष्णेश्वरी हाडा, गुहेश्वरी शाक्य र सूर्यलक्ष्मी भाेमी तथा ललितपुर शाखाका Go Red For Women का संयाेजक शर्मिला श्रेष्ठ लगाएतकाे सहभागिता रहेकाे थियाे ।

The post थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न appeared first on Jana Aawaj News.

भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
भक्तपुर । मल्ल (प्रधानाङ्ग) प्रतिष्ठानको आयोजनामा गत २०८० मंसिर २३ गतेका दिन भक्तपुर नगर भित्रका पुरातात्विक बहा:हरूको पदयात्राको कार्यक्रम आयोजना गरिएको थियो। त्यसमा पथ-प्रदर्शक भनौं या पदयात्राभरिका प्रस्तोता हुनुहुन्थ्यो ओम धौभडेल। उक्त कार्यक्रम आयोजना गरिएको अढाई वर्ष पछि आज त्यस भ्रमणको श्रव्य-दृष्यको प्रदर्शन नयाॅ वानेश्वर स्थित एन.बि. सेण्टरमा भयो। उत्कृष्ट छायांकन, सत्यतथ्यको अनुसन्धानात्क विषयवस्तु र ओम धौभडेलजीको धारा प्रवाह  प्रस्तुतीका कारण करिव सवाघण्टाको प्रदर्शन अत्यन्त रोचक थिए।  प्रस्तुत सामग्री सूचनामूलक, ज्ञानप्रद, ऐतिहासिक एवम् रोमाञ्चक भएका कारण प्रदर्शन हलमा प्रदर्शन अवधिभर (QFX) पिनड्रप साइलेन्स थियो।

उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष डा.माधव सुन्दर मल्लको सभापतित्व र वरिष्ठ नाट्यकर्मी एवम् सर्जक अशेष मल्लको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो ।

प्रतिष्ठानका सदस्यहरू सर्वश्री राजेशचन्द्र प्रधानाङ्को समन्वय, सोमेश मल्लको प्राविधिक उत्पादन, दिनेश प्रधानाङ्ग, मञ्जित मल्ल, अनिल मल्ल आदिको व्यवस्थापन र रातदिनको खटाईले उक्त सामग्रीको  तयारी संभव भएको थियो ।

राजनीतिक शक्ति, वैभव र सुन्दरीका खातिर विश्वमा ठूलठूला विद्रोह, विप्लव र युध्द हुन गएको इतिहास असंख्य छन्। नेपाल यसको अपवाद किन हुन्थ्यो ? विभिन्न कालखण्डमा नेपालमा पनि आक्रमण, राजनीतिक विस्तार, उथलपुथल भएका छन्। मध्यकालीन इतिहासको विसर्जन र एकीकरणको शाहकालीन इतिहास हामीले पढी आएको हो र इतिहास विजयी पक्षको धेरै लेखिनु पनि  अस्वाभाविक होओइन।

आध्यात्मिक दृष्टिकोणले हेर्दा कोही पनि हिरो वा भिलेन जन्मजात भएर आएका होओइन । समय वा प्रकृति गुणले जिम्मेवारी लिएर आएका हुॅदा रहेछन र घट्नाहरू घटिट हुॅदा रहेछन्। त्यसरी नै तत्कालीन नेपाल मण्डल शाहवंशको एकीकरण अभियानको नाममा विस्तार भयो । इतिहास हेर्दा विभिन्न कालखण्डमा नेपालको राजनीतिक फैलावट, आकार प्रकार वा नक्शा थरीथरीका भेटिन्छन् र परिणामतः कति सम्पदा नष्ट भए  श्रृजना भए, त्यसको पूर्ण लेखाजोखा प्रायः असंभव छन्।

उक्त कार्यक्रममा प्रस्तुत श्रव्यदृष्यबाट प्राप्त सात बहाःबारे संक्षिप्त जानकारी निम्नानुसार  प्रस्तुत गरेको छु।

मल्लकालीन सात बाहा: (दरवार)

नेपाल सम्बत ८२८ मा राजा भूपतिन्द्र मल्लद्वारा ५५ झ्याले दरवार बनाइएको थियो । तत्कालीन राजकाज यही दरवारबाट सञ्चालन हुन्थ्यो। दरवार परिसर र  आसपासमा ९९ चोक रहेको सप्रमाण भेटिन्छन्।

भक्तपुरका अन्तिम राजा रणजित मल्लका ५ श्रीमती थिए ।

१ वृद्धिलक्ष्मी

२ ऋद्धिलक्ष्मी

३ बुद्धिलक्ष्मी

४ विश्वलक्ष्मी

५. जयलक्ष्मी (मनमयजु)

यसमा रानी वृद्धि लक्ष्मीका तर्फबाट जेठा छोरामा देवेन्द्र मल्ल थिए भने ऋद्धिलक्ष्मीबाट  वीरनरसिंह मल्ल र कान्छी रानी जयलक्ष्मी (मनमयजु) को तर्फबाट सात छोराहरू  (भाजुराजाहरू) जन्मिएका थिए। जेठा रथ सिंह मल्ल, माइला धनसिंह, साहिला उपेन्द्र, काहिँला (ठाँत सिंह मल्ल मनोज

धनसिंह) त्यसपछिका  लक्ष्मीनरसिंह, जयनारायणसिंह आदि थिए ।

वीरनरसिंह मल्ल जो पृथ्वीनारायण शाहका मीत थिए, उनको षड्यन्त्रपूर्ण हत्या भएको थियो। त्यसपछि मनमयजुका छोराहरू राज्यमा हावी हुनथाले। त्यहीकालमा मा ती युवराजहरूका लागि धेरै  बाहा:हरू बनेका थिए।  केही बाहाहरू विभिन्न उद्देश्यका लागि बनाइएको थिय।

बाहा:को खास बिशेषता भनेको अनेक सुविधा सहित  गोप्य बाटो पनि हुनु हो । कथंकदाचित भाग्नु पर्ने परिस्थिति आयो भने एउटा बाहाबाट अर्को बाहा जान सकिन्थ्यो।

प्रमुख बाहामा:

१)थाथु बहा:, खौमा

२) दुबसी बहा:, कोलाछें

३) सन्तन बहा:, खौमा

४) खौमा बहा:, खौमा

५) कुथु बहा:, तपलाछी

६) थाथुचा बहा:, थाथुचा

७) नासमना बहा:, नासमना

अन्य बहा:हरू

८) भोत्या  बहा:, सोमला

९) पूबहा:, तःम्हारी

१०) दथुबहा: लायकु

११) चोछेंबहा:, चोछ्येॅ

१)थाथु बहा:

खौमा टोलस्थित यो बाहालाई माथिल्लो भेगमा परेको कारण थाथु बाहा भनिएको हो। यो बहा बिशेषतः अजित सिंह मल्लको लागि बनाइएको थियो।

२) दुबसी बहा:

कोलाछें टोलस्थित यो बहा: राजा रणजित मल्लका ठाॅइलो छोरा अवधूतसिंह मल्लकोलागि निर्माण गरिएको भनिन्छ।

३) सन्तन बाहा:

बि.सं. १८२६ मा भक्तपुर माथी आक्रमणको दौरान पृथ्वीनारायण शाहका सेनाले यस बाहाबाट नाचगानको सामानहरू लुटेका थिए भनिन्छ। त्यस समयमा नाचगान सिकाउनको लागि बाहाको प्रयोग हुने गरिएकोले बहा:हरू पनि आक्रमणको तारो भएको मानिन्छ।

पृथ्वीनारायण शाहलाई सात बहालका राजकुमारहरूको समर्थन रहेको भनिए पनि यो बहामा भएका घट्नाले सो मिथ्या प्रमाणित गर्दछ। किनकी यो बहाल बाहिर सातबाहाका कुमारहरूले डटेर मुकाबिला गरेको र पृथ्वीनारायण शाहका धेरै सेना हताहत भएको  प्रमाण पाइन्छ। र मनोहर सिंहको मातहतमा रहेको यो बहालका मल्ल राजाका सेनालाई पनि पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले हत्या गराएको प्रमाण उपलब्ध भएको मानिन्छ ।

४) खमा बहा: यो बाहा पुरानो बहा मध्येको एक हो। बाहाको दायाॅ बाॅयालाई नै क्वाठ भनिन्छ। अर्थात एक किसिमको दरवार क्षेत्रको किला हो। १६औं शताब्दीमा राजा भुवन मल्लको भाई जित मल्ल राजकाजमा प्रभावशाली थियो र निज एक सैनिक टुकडी सहित दरबारको पश्चिम भेगको सुरक्षाका लागि यस बहामा नायो पदसहित आसिन थिए । जित मल्लका छोरा गोसाई मल्ल र नातिहरु पूर्णसिं भारो, अमरसिं भारो, दर्बोसिं भरो, मदनसिं भारो, जयसिं भारो आदि यस क्वाथमा रहन्थे ।

५) कुथु बहा: तापलाछि दोकछेॅ सम्म फैलिऐको कुथु बहा राजा जगत प्रकाश मल्लका सन्तानहरूका लागि तयार गरिएको भनिन्छ। यो बहामा आगम देवता छ जसलाई त्रिपुरसुन्दरी षोडशी देवी पनि भनिन्छ । वि.सं. १८२६ मा पृथ्वीनारायणले आक्रमण गर्दा भाजु कुटुले आफ्नो सम्पति (हिरा ज्वारात, सुन) व्यासी टोलका आफ्नो मोही वीर नारायण लाखेको घरमा लुकाउन लगे। यो कुरा थाहा पाएर पृथ्वीनारायणका सैनिकले लाखेको घरबाट पनि लुटेका थिए। शासक वर्गको तारो रहेकोले राणाकालमा समेत यस बहा:का सन्तती जग्गा जमिन हरण भए ।

६) थातुचा बहा: बाराहीको द्य:छेँ भित्रबाट पुगिने र तुलनात्मक रुपमा उच्च भागमा रहेको कारणले गर्दा यसलाई थाथुचा बहाः भनिएको हो । जित मल्लको छोरा जय नारायण सिंहको लागि निर्मित यस बहहाःमा पृथ्वीकोनारायण शाहका भारदार रामकृष्ण कुंवर पठाई मित बनाइएको हो।

७) नासमना बहा: थाथुचा संगै रहेको नासमना टोलमा यो बहा: पुराना कलाकृति युक्त बहा हो।बहा: भित्र एक शिवलिङ्ग छमा हरहमेसा यो जलहरिबाट पानी बग्ने गर्दथ्यो । यहाँ सःगै पूर्वाभिमुख लक्ष्मीनारायणको मुर्ती छ। गर्भवती महिलाको नाममा पसवावस्थामा त्यस मूर्तीको टाउकोमा तेल चढाउदा दाॅयि बग्यो भने छोरा भने र बायाँ बग्यो भने छोरी जन्मिन्छ भन्ने विश्वास छ । यो बाहका नायो प्रभु नारायण मल्ल हुन । वहाॅको दाजु हेम नारायण मल्ल राजा रणजित मल्लको छडीदार थिए ।पृथ्वीनारायण शाहले आक्रमण गर्दा प्रत्याक्रमण गर्न दिई रणजित मल्लको पगरी ५५ झ्याले दरवार बाहिर झुन्ड्याउने हेम नारायण मल्ल नै थिए । प्रभु नारायण मल्ल पृथ्वीनारायण शाह संग मिलेको थियो । राज्य दिने लोभमा पारी पृथ्वी नारायण शाहले तिनलाई आफ्नो साथमा लिए ।

राजा रणजित मल्ललाई कोठामा थुनेर राख्दा गोर्खालीको तर्फबाट राजालाई कुरी बस्ने पनि प्रभु नारायण मल्ल नै हुन सक्छ। पछि उनले गोर्खालीको तर्फबाट धेरै लडाइँहरू लडेका थिए। अन्तिम पटक आक्रमणमा  पृथ्वी नारायणका सेनाले सफूकोथा ‘त्यसबेलाको भव्य पुस्तकालय जलाइयो। उक्त पुस्तकालय हालको बिद्यार्थी निकेतन माध्यमिक बिद्यालय रहेको स्थानमा थियो। उक्त पुस्तकालयको अवशैषको रूपमा एक जीर्ण मूलढोका बाॅकी छ। उक्त पुस्तकालयमा भारतको नालन्दा विश्वबिद्यालयमा मुस्लिम शासकले आक्रमण गर्दा संरक्षणार्थ ल्याइएका पुस्तकहरु थिए भनिन्छ। त्यस्तै बोधगयाबाट ल्याइएका कतिपय बौध्द ग्रन्थहरु ल्हासा समेत लगिएका थिए।

उत्तम नारायण मल्ल

The post भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन appeared first on Jana Aawaj News.

भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
जन आवाज न्युज/भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८३, विनियोजन विधेयकसहित आ.व. २०८३।८४ का लागि भक्तपुर नगरपालिकाको बजेट सोमबार सर्वसम्मतिले पारित गरेको छ ।

उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब ५५ करोडको बजेट प्रस्तुत गर्नुभएको थियो ।

सभामार्फत नगर प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८३-८४ को बजेटमाथि भएको छलफलमा सक्रिय सहभागिता जनाई रचनात्मक सुझाव, जिज्ञासा तथा समर्थनमार्फत महत्वपूर्ण सहयोग पुर्याउनुभएका सम्पूर्ण सभासद्हरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

बजेटमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले आदर निकेतन न्यून शुल्कमा सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । उहाँले राजश्व संकलनलाई थप प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने, जनताबाट प्राप्त गुनासा र सुझावलाई सम्बोधन गर्दै बजेट तर्जुमा गरिएको तथा संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान क्रमशः घट्दै गइरहेको उल्लेख गर्नुभयो । साथै, नागरिकलाई करसम्बन्धी सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको र अपांता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण कार्यक्रमअन्तर्गत झुल वितरण गरिएको जानकारी सभासमक्ष गराउनुभयो ।

सभामा भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को खरिद योजना, न्यायिक समितिको प्रतिवेदन र बेरुजु फछ्र्योट सम्बन्धी प्रस्ताव पेश गरिएको थियो ।

सोही सभाबाट ‘भक्तपुर नगरपालिकाको शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५’ मा तेस्रो संशोधन विधेयक २०८३ पारित भयो ।

“भक्तपुर नगरपालिका, शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०७५ (तेस्रो संशोधन विधेयक, २०८३)“ अनुसार भक्तपुर नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई दिइने शैक्षिक ऋणको सीमा रु. ५ लाखबाट बढाएर रु. ७ लाख पु¥याउने र शैक्षिक ऋणको वार्षिक ब्याजदर ६ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गर्ने व्यवस्था रहेको छ ।

The post भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित appeared first on Jana Aawaj News.

नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन), भक्तपुरको आयोजना र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) को सहकार्यमा शनिबार एक दिवसीय शिक्षक प्रशिक्षण भव्य रूपमा सम्पन्न भएको छ।

‘होटल भ्यु भक्तपुर’ मा आयोजना गरिएको उक्त तालिम प्राथमिक तहका विद्यार्थीहरूको निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिमा केन्द्रित रहेको थियो। “Continuous Assessment (Focused on Grade 1-5 Assessment)” विषयक उक्त तालिम काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) को समन्वयमा संचालित उक्त प्रशिक्षणमा नेसनल प्याब्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरूका कक्षा १ देखि ५ सम्म अध्यापन गराउने २७४ जना शिक्षकहरुको उत्साहजनक सहभागिता रहेको थियो। कक्षा १-५ मा परीक्षाबिना कसरी गर्ने मूल्याङ्कन तालिमको मुख्य जोड कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूलाई परम्परागत कागज-पेन्सिल परीक्षाको डर र दबाबबाट मुक्त राख्दै उनीहरूको वास्तविक सिकाइ स्तर कसरी मापन गर्ने भन्ने विषयमा रहेको थियो।

तालिममा सहजकर्ताहरूले परीक्षा नलिनु भनेको मूल्याङ्कन नगर्नु वा विद्यार्थीलाई त्यसै छोड्नु नभएको प्रष्ट पार्नुभयो। सहभागी शिक्षकहरूलाई कक्षाकोठाभित्र र बाहिर नियमित रूपमा प्रयोग गर्न सकिने विभिन्न परीक्षाविहीन मूल्याङ्कनका साधन र प्रविधिहरूका बारेमा प्रयोगात्मक अभ्यास गराइएको थियो, जस्तै: निरन्तर विद्यार्थी मूल्याङ्कन (CAS): शिक्षण सिकाइकै क्रममा विद्यार्थीको ध्यान, सहभागिता र सुधारको नियमित अभिलेख राख्ने। परियोजना कार्य (Project Work) र प्रयोगात्मक कार्य: सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने खालका साना कार्यहरू दिएर मूल्याङ्कन गर्ने। पोर्टफोलियो (Portfolio) व्यवस्थापन:विद्यार्थीले वर्षभरि गरेका उत्कृष्ट कार्य, चित्रकला, लेखन आदिको सङ्ग्रह (फाइल) हेरेर उसको क्रमिक विकासको मूल्याङ्कन गर्ने। अवलोकन र सहपाठी मूल्याङ्कन: सामूहिक कार्य (Group Work) मा विद्यार्थीको व्यवहार, नेतृत्व क्षमता र सञ्चार कलाको मूल्याङ्कन गर्ने। दक्ष प्रशिक्षकहरूद्वारा सहजीकरण तालिमलाई परिणाममुखी बनाउन काठमाडौँ विश्वविद्यालयका विज्ञ प्रशिक्षकहरू ईन्द्र मणि दाहाल, समीक्षा हाडा, डा. रुपा मुनकर्मी र सरिता खड्काले विभिन्न सत्रहरूमा सहजीकरण गर्नुभएको थियो।

उहाँहरूले बालमनोविज्ञान सुहाउँदो आधुनिक मूल्याङ्कन पद्धतिलाई कक्षाकोठामा सहजै कसरी लागू गर्न सकिन्छ भन्ने व्यावहारिक उपायहरू सिकाउनुभएको थियो। नेतृत्वको भनाइमा कार्यक्रमका बारेमा जानकारी दिँदै नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले भन्नुभयो, “प्राथमिक तहका विद्यार्थीहरूको सिकाइ क्षमतालाई परम्परागत वार्षिक वा त्रैमासिक परीक्षाको अङ्कले मात्र न्याय गर्न सक्दैन। परीक्षा नै नलिनु तर विद्यार्थीको क्षमताको अझ वास्तविक मूल्याङ्कन कसरी गर्न सकिन्छ भन्ने विषयमा शिक्षकहरूलाई अभ्यस्त गराउन यो तालिम कोसेढुङ्गा सावित भएको छ।” कार्यक्रम संयोजक रमेश प्रसाद सिटौलाका अनुसार, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका सहायक डिन प्रा. डा. सेष कान्त पगेंनीको समेत विशेष उपस्थिति रहेको यस कार्यक्रमले सहभागी शिक्षकहरूमा नयाँ ऊर्जा थपेको छ। तालिम समापनसँगै सहभागी शिक्षकहरूलाई प्रतिबद्धता र पेसागत दक्षताको कदरस्वरूप प्रमाणपत्र समेत वितरण गरिएको थियो।

The post नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न appeared first on Jana Aawaj News.

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड
भक्तपुर । भक्तपुर नगरपालिकाको २० औं नगरभा बुधबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को अनुमानित आय–व्यय बजेट प्रस्तुत गर्नुभएको थियो ।

भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने गरी आ.व. २०८३।८४ को लागि रु. २ अर्ब ५५ करोडको बजेट प्रस्तुत भएको थियो ।

विनियोजित बजेटको चालुतर्फ १ अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र पूँजिगततर्फ ९३ करोड ३१ लाख अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ ५ करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरेको छ ।

बजेट वक्तव्यमा नगरवासी जनताहरुको भावनाबमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि कुल बजेटको २२.०६ प्रतिशत अर्थात् ५६ करोड २७ लाख ४० हजार विनियोजत गरेको छ ।

त्यस्तै नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक सुविधायुक्त बनाउन र विशेषज्ञ सेवा विस्तार गर्न यसै आर्थिक वर्षभित्र एम.आर.आई. सेवा र आई.सी.यू. सेवा सञ्चालनको लागि कूल २३ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका समग्र कार्यक्रमहरूका लागि रु ३५ करोड ६४ लाख अर्थात् १३.९७ प्रतिशत बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणका लागि आगामी वर्ष कुल ७ करोड ९० लाख, भौतिक पूर्वाधार निर्माणमा ३५ करोड अर्थात् १३.७२ प्रतिशत, पर्यटन प्रबद्र्धन गर्न कुल ३ करोड ८० लाख, वातावरण सुधार तथा फोहोरमैला व्यवस्थापन शीर्षकमा २३ करोड १५ लाख ८० हजार, खेलकुद विकास र पूर्वाधार निर्माणमा ३ करोड ७५ लाख, विपद्को समयमा जनतालाई सुरक्षित राख्न, उद्धार र पुनःस्थापनाका लागि ॅप्रकोप व्यवस्थापन कोष’ लाई सुदृढ बनाउन ४० लाख बजेट विनियोजन गरेको छ ।

भक्तपुर नगरपालिकाले कृषि क्षेत्रअन्तर्गत पूर्वाधार विकास र बजारीकरण, सहुलियत र अनुदान, प्रांगारिक खेती र वातावरण संरक्षण, संस्थागत सहयोग र अध्ययनलगायतका कार्यक्रमहरुका लागि आवश्यक बजेट विनियोजन गरेको छ । साथै बजेट वक्तव्यमा नगरपालिकाका लागि आवश्यक जग्गा खरिद र सार्वजनिक भवनहरुको मर्मत सम्भारका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।

नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले “भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८३”, “भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८३” सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।

नगरसभाको अर्को बैठक असार १२ गते शुक्रबार दिनको १ बजे बस्ने गरी स्थगित भएको थियो ।

The post भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड appeared first on Jana Aawaj News.