अन्तरनगर जिम्नास्टिक – Jana Aawaj News

अन्तरनगर जिम्नास्टिक प्रतियोगिता सम्पन्न : भक्तपुर प्रथम, मध्यपुर थिमी दोस्रो र चन्द्रागिरी नपा तेस्रो
जन आवाज न्युज/भक्तपुर २०८१ चैत्र  । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३, २४ र २५ गते सम्म सञ्चालन भएको अन्तरनगर जिम्नास्टिक प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम सहिद स्मृति खेलमैदानमा सोमबार एक समारोहबिच सम्पन्न भएकाे छ ।

अन्तर नगर जिम्नास्टिक प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम, मध्यपुर थिमी नगरपालिका दोस्रो र चन्द्रागिरी नगरपालिकाले तेस्रो स्थान हासिल गरेको थियो ।

कार्यक्रममा नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालले खेलकुद स्वास्थ्य, अनुशासन, मित्रता र देशको सार्वभौमिकता रक्षाको निम्ति भएको बताउँदै खेलकुदको माध्यमबाट जोडिएको मित्रतालाई सँधै मजबुत बनाइराख्नुपर्ने बताउनुभयो ।

नागरिकहरु अनुशासित भए मात्र देश समृद्ध हुने बताउँदै उहाँले नागरिकहरुमा कर्तव्यबोध भएपछि मात्र देश बन्न र समाज व्यवस्थित रुपमा अगाडि बढ्न सघाउ पुग्ने बताउनुभयो ।

खेलाडीहरुले आफ्नो खेल जीवनसँगसँगै विद्यालय र विश्वविद्यालयको शिक्षालाई पनि अगाडि बढाउन सके व्यक्तित्व विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले देशको रक्षाको लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

सांसद सुवालले छिमेकी देश भारतले नेपालका भूभागहरु अतिक्रमण गरिरहेको सन्दर्भ जोड्दै देशको सीमाना रक्षा गर्ने नयाँ पुस्ता तयार गर्ने महत्वपूर्ण थलो पनि खेलकुद हो भन्नुभयो ।

जनताको माग सम्बोधन हुने राजनीतिक व्यवस्था समाजवादी गणतन्त्र भएको बताउँदै उहाँले साम्राज्यवादी देश अमेरिकाले इजरायललाई हतियार बेचेर प्यालेस्टिनी जनतामाथि बर्बर हमला तथा बमबारी गरिरहेको बताउनुभयो ।

भनपाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक युवालाई कुनै न कुनै खेलकुदमा सहभागी गराउने र खेललाई जीवन पद्धतिको रुपमा विकास गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताको आयोजनालाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

दुईवटा महानगर, एकवटा उपमहानगर समेत गरी १८ वटा नगरपालिकाको सहभागितामा भव्य रुपमा सम्पन्न अन्तर नगर प्रतियोगिताले खेलकुद जगतको इतिहासमा एउटा इँटा थप्ने काम भएको प्रमुख प्रजापतिले बताउनुभयो ।

भक्तपुर नगरपालिकाले सरकारको भर नपरी आफ्नै बलबुत्तामा भक्तपुरको विकास गर्ने प्रयास गर्दै आएको बताउँदै उहाँले देशको सीमाना रक्षा गर्ने र सार्वभौमिकता रक्षा गर्ने नयाँ पुस्ता तयार गर्ने उद्देश्यले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुभयो ।

वाग्मती प्रदेश सभाका सदस्य सृजना सैंजुले जिम्नास्टिक प्रतियोगितामा महिला सहभागिताले उत्साह थपेको बताउँदै भक्तपुर नगरपालिकाले गर्दै आएको खेल गतिविधिले देशको खेलकुद क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले राज्यको उदासिनताविरुद्धको सटिक पाइला भक्तपुर नपाले चाल्दै आएको बताउँदै समाजवादी गणतन्त्र नै कामदार वर्गको प्रजातन्त्र हो भन्नुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला जिम्नास्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापतिले प्रतियोगिता भव्य रुपमा सफल भएकोमा सरोकारवाला सबैमा हार्दिक आभार व्यक्त गर्दै जिम्नास्टिक प्रतियोगिता आयोजनाले खेलाडीहरुमा उत्साह थपेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि सुवालले विजयी खेलाडीहरुलाई प्रमाणपत्र, शिल्ड र नगद पुरस्कार वितरण गर्नुभएको थियो विशेष अतिथि तथा अतिथिहरुले सहभागी नगरपालिकाहरुलाई मायाको चिनो वितरण र विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य दिनुभएको थियो भने वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

भक्तपुर नगरपालिकाद्वारा आयोजित जिम्नास्टिक प्रतियोगितामा काठमाडाैं र ललितपुर महानगरसहित देशका विभिन्न १८ वटा नगरपालिकाहरु भाग लिएका थिए । उक्त प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर न.पा.ले आयोजना गरेको थियो भने प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार, दोस्रोलाई रु. ३० हजार र तेस्रोलाई रु. २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो भने सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्नेको व्यवस्था पनि गरेको थियो ।

प्रतियोगिताको नतिजा :

प्रथम – भक्तपुर नगरपालिका

द्वितीय — मध्यपुर थिमी नगरपालिका

तृतीय – चन्द्रागिरी नगरपालिका

सिनियर ब्वाइज टप १४ (अल राउन्डर)

रामग्राम नगरपालिकाका रोहन बुढाथोकी — प्रथम

मध्यपुर थिमी नगरपालिकाका सुमन तामाङ — दोस्रो

चाँगुनारायण नगरपालिकाका विज्ञान भैल — तेस्रो

सिनियर ब्वाइज टप ८ (फ्लोर)

भक्तपुर नगरपालिकाका सुमित तामखू — प्रथम

भक्तपुर नपाका अर्नेष्ट सुवाल — दोस्रो

रामग्राम नगरपालिकाका रोहन बुढाथोकी — तेस्रो

सिनियर ब्वाइज टप ८ (भल्ट)

रामग्राम नगरपालिकाका रोहन बुढाथोकी — प्रथम

भक्तपुर नपाका सुमन नापित — दोस्रो

चाँगुनारायण नपाका विज्ञान भैल — तेस्रो

सिनियर गल्र्स टप १४ (अल राउण्डर)

भक्तपुर नपाका रेगिसा घेमोसू — प्रथम

रामग्राम नगरपालिकाका विदिशा न्यौपाने — दोस्रो

रामग्राम नपाका चन्द्रकला खड्का — तेस्रो

सिनियर गल्र्स टप ८ (फ्लोर)

मध्यपुर थिमीका प्रकृति थापा मगर — प्रथम

भक्तपुर नगरपालिकाका रेगिसा घेमोसू — दोस्रो

रामग्राम नपाका चन्द्रकला खड्का — तेस्रो

सिनियर गल्र्स टप ८ (भल्ट)

रामग्राम नपाका अन्जना थोकर — प्रथम

रामग्राम नपाका चन्द्रकला खड्का — दोस्रो

भक्तपुर नपाका रेगिसा घेमोसू — तेस्रो

जुनियर गल्र्स टप १४ (अल राउण्डर)

काठमाडौं महानगरपालिकाका जोया मानन्धर — प्रथम

ललितपुर महानपाका चेरिस्मा अर्याल — दोस्रो

ललितपुर महानपाका एन्गेल दाहाल — तेस्रो

जुनियर गल्र्स टप ८ (फ्लोर)

ललितपुर महानपाका कृसा महर्जन — प्रथम

काठमाडौं महानपाका कृसु भट्टराई — दोस्रो

काठमाडौं महानपाका जोया मानन्धर — तेस्रो

जुनियर गल्र्स टप ८ (भल्ट)

काठमाडौंका महानपाका जोया मानन्धर — प्रथम

सूर्यविनायक नपाकाका भूमिका लामिछाने — दोस्रो

भक्तपुर नपाका तुलिसा कोजु — तेस्रो

जुनियर ब्वाइज टप १४ (अल राउण्डर)

भक्तपुर नपाका लिज अवाल — प्रथम

भक्तपुर नपाका ब्रायन लवजू — दोस्रो

पोखरा उपमहानपाका टनिक्स थापा — तेस्रो

जुनियर ब्वाइज टप ८ (फ्लोर)

भक्तपुर नपाका रिसब जाकिबन्जार — प्रथम

भक्तपुर नपाका लिज अवाल — दोस्रो

वालिङ नगरपालिका सोनिस थापा — तेस्रो

जुनियर ब्वाइज टप ८ (भल्ट)

मध्यपुर थिमी नपाका रामकुमार खड्का र भक्तपुर नपाका लिज्व अवाल — प्रथम

पोखरा उपमहानपाका सिमोन थापामगर — दोस्रो

जुनियर गल्र्स टिम प्रथम : चन्द्रागिरी नपा

चन्द्रागिरी नपाका याना पि.सी., राजश्री प्रधान, अर्या थापा र आराध्या महत

जुनियर गल्र्स टिम दोस्रो : मध्यपुर थिमी नपा

समीक्षा श्रेष्ठ, विज्ञता श्रेष्ठ, अद्धिती प्रजापति र गीता साउद

जुनियर गल्र्स टिम तेस्रो — काठमाडौं महानपा

कृसु भट्टराई, हर्सालि रन्जित, सुरभी श्रेष्ठ, जोया मानन्धर

जुनियर ब्वाइज टिम प्रथम— भक्तपुर नगरपालिका

ब्रायन लवजू, प्रनिस माक, रिसब जाकिबन्जार र लिज अवाल

जुनियर ब्वाइज टिम दोस्रो — मध्यपुर नगरपालिका

रुजेन श्रेष्ठ, प्रयुष श्रेष्ठ, रेहान श्रेष्ठ र रामकुमार खड्का

जुनियर ब्वाइज टिम तेस्रो — बनेपा नगरपालिका

विनायक देवकोटा, असल जोशी, आरोज गिरी र आसिसकुमार साह

सिनियर गल्र्स टिम प्रथम — रामग्राम नगरपालिका

विशेस न्यौपाने, अन्जना थाकोर, सुमा तामाङ र चन्द्रकला खड्का

सिनियर गल्र्स टिम दोस्रो — भक्तपुर नगरपालिका

रिगिसा घेमोसू, रिजु रन्जित, चेरिसा प्रजापति, सिनोन बासुकला

सिनियर गल्र्स टिम तेस्रो — मध्यपुर नगरपालिका

दुधकला साउद, सिताकुमारी खड्का, प्रकृति थापामगर र आर्या रञ्जितकार

सिनियर ब्वाइज टिम प्रथम — भक्तपुर नगरपालिका

गौरव तुल्सिबाख्यो, अर्नेस्ट सुवाल, सुमन नापित, सुमित तमखू

सिनियर ब्वाइज टिम दोस्रो — रामग्राम नपा

सुनिल बुढाथोकी, विश्वास सुवेदी, आर्या केसी, रोहन बुढाथोकी

सिनियर ब्वाइज टिम तेस्रो — मध्यपुर नपा

सृजन राजभण्डारी, सुरेन्द्र तामाङ, सुमन तामाङ र शिवजी भण्डारी

The post अन्तरनगर जिम्नास्टिक प्रतियोगिता सम्पन्न : भक्तपुर प्रथम, मध्यपुर थिमी दोस्रो र चन्द्रागिरी नपा तेस्रो appeared first on Jana Aawaj News.