अरनिको माविद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण – Jana Aawaj News

अरनिको माविद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा न. ४ गाम्चास्थित अरनिको माध्यमिक विद्यालयले जनक खड्का छात्रवृत्ति कोषबाट आफ्ना र अन्य विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरेको छ ।

कोषका अध्यक्ष सानुबाबु खड्काको अध्यक्षतामा आयोजना भएको छात्रवृत्ति बितरण कार्यक्रममा कोषका संस्थापक किरण खड्काले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई पठनपाठनका लागि सदैव सहयोग गर्ने बताउँदै कोही विद्यार्थी भाइबहिनीहरुको आर्थिक स्थिति नाजुक भएर विद्यालयको शुल्क तिर्न नसक्ने, कपीकलम किन्न नसक्ने भएर पठनपाठनबाट बञ्चित हुनुभएको छ भने, यस जनक खड्का छात्रवृत्ति कोषका सचिव केशव खड्कालाई सम्पर्क गर्नुहुन पनि अनुरोध गर्नुभयो ।

कार्यक्रममा अरनिको माविका पूर्व व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व प्राचार्य प्रेमबहादुर खड्काले छात्रवृत्ति भनेको के हो ? यो किन दिइन्छ भनेर प्रष्ट पार्नुहुँदै सहभागी अभिभावकहरुलाई छात्रवृत्ति लिन आइदिनुभएको धन्यवाद व्यक्त गर्नुभयो । उहाँले छात्रवृत्ति पाउनुभएका विद्यालयका प्राचार्यहरुलाई छात्रवृत्ति पाएका विद्यार्थी भाइबहिनी हाल कहाँ छन् त ? जिज्ञासा राख्दै सम्पूर्ण विद्यार्थीहरुलाई पढेर आफ्नै देशमा केही गरौं भन्ने अठोट लिन पनि आग्रह गर्नुभयो । साथै उहाँले यस जनक खड्का छात्रवृत्ति कोषसँग अन्य छात्रवृत्ति कोष जोडेर एउटै समितिबाट सञ्चालन गर्न छात्रवृत्ति समितिका सदस्यहरुमाझ आग्रह गर्नुभयो । कार्यक्रममा छहारी साकोसका अध्यक्ष एवं स्वर्गीय सिम्रिका गिरी छात्रवृत्ति कोषका अध्यक्ष कृष्णहरि खड्काले गरिब, जेहेनदार, अशक्त एवं बेसाहारा छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरेर उज्जवल भविष्यको बाटो देखाउन पाउँदा खुशी व्यक्त गर्नुभएको छ । उहाँले यस कार्यमा आफूले गर्नुपर्ने सहयोगका लागि सदैव अगाडी रहने बताउनुभयो ।

कार्यक्रममा अरनिको माध्यमिक विद्यालयका प्राचार्य महेन्द्रकुमार श्रेष्ठले पवित्र उद्देश्यका साथ स्थापना भएको छात्रवृत्ति जो विद्यार्थी भाइबहिनीहरुले पाउनुहुने छ त्यो छात्रवृत्ति सही ठाउँमा सदुपयोग गर्नु हुने छ भन्ने आशा राखेको बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. १,२,३,४,५ र ७ का १२ वटा विद्यालयका १६ जना, अरनिको मा.वि का ४६ जना, गणेश भारती मा.वि काभ्रे वाँसडोलका २१ जना, बालसुधार मा.वि गोकर्णका २० जना, रेन्बो ई. से.स्कूल गाम्चाका २ जना, ग्रीन भ्याली किर्तिपुरका २ जना, पोखरा आदर्श मा.विका २ जना, सरस्वती मा.वि काँक्राबारी वडा नं.९का १० जना विद्यार्थी भाइबहिनीहरुलाई रु.७ लाख सन्ताउन्न हजार ६०० बराबरको नगद र स्टेशनरी वितरण गरिएको थियो भने स्वास्थ्यस्थिति नाजुक भएका २ जना विद्यार्थीलाई स्वास्थ्य लाभको कामना गर्दै नगद सहयोग गरिएको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, शिक्षकशिक्षिका अभिभावकहरुको उपस्थिति थियो भने कार्यक्रम संचालन विद्यालयका सहप्राचार्य जनकप्रसाद न्यौपानेले गर्नुभएको थियो ।

The post अरनिको माविद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण appeared first on Jana Aawaj News.