एमाले कांग्रेस सहमती – Jana Aawaj News

एमालेलाई कोसी, लुम्बिनी र कर्णाली कांग्रेसलाई बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिने सहमति
काठमाडौं । देशका ठुला प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर भएको छ ।

एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिने सहमती भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्व गर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्त्वपूर्ण विषयमा सहमति भएको बताइएको छ ।

सहमतिमा अनुसार सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्ने बताईएको छ ।

ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिने भएको छ ।

मधेशमा मधेशवादी दललाई नेतृत्व दिने सहमति भए अनुसार सत्ता सहकार्यसँगै एमाले र कांग्रेसले संविधान संशोधनको सहमतिसमेत गरेका छन् । संविधान संशोधन सुझाव समिति बनाएर अगाडि बढ्ने सहमति गरेका छन् । सहमतिको मस्यौदामा सहभागी नेताका अनुसार मंगलबार सहमतिको औपचारिक पत्र सार्वजनिक बताइएको छ ।

ललितपुरको होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर गर्नुभएको हो ।

दुई शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रसहित सबै विवरण आज सार्वजनिक हुनेछ ।

दुई प्रमुख दलले संविधानको धारा ७६ को उपधारा दुईअनुसार सरकार गठन गर्ने गरी रणनीति बनाइएको छ । यसैगरी काङ्ग्रेस सभापति देउवाले हिजो दिउँसो बूढानीलकण्ठमै पदाधिकारी बैठक राख्नुभएको थियो भने एता ओलीले एमालेका केही पदाधिकारीसँग बालकोटमै छलफल गर्नुभएको थियो ।

दुई दलको सहमतिका लागि कांग्रेसबाट रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए भने, एमालेबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडाल जुट्नु भएको थियो ।

एक महिना समय पाउने भएकाले बहुमत सदस्यको हस्ताक्षर गरेर सरकार गठनका लागि आज राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने तयारी सुरु भएको छ ।

आज नै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई नयाँ सरकार गठनबारे जानकारी गराउने बताइएको छ ।

The post एमालेलाई कोसी, लुम्बिनी र कर्णाली कांग्रेसलाई बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिने सहमति appeared first on Jana Aawaj News.