ओस्ला नेपाल – Jana Aawaj News

ओस्ला नेपाल २५ औं वर्षमा प्रवेश
जन आवाज न्युज/भक्तपुर । ओस्ला नेपालले आफ्नो रजत बर्ष एवं २५ औं वर्षमा प्रवेश गरेको छ । सामाजिक परिवर्तन लागि युवा नेतृत्व अपरिहार्य भन्ने मूल उद्देश्यका साथ नेपाल संवत् १११९मा स्थापित भएको यस ओस्ला नेपालले स्वास्थ्य, शिक्षा, मानवीय सेवा, कला संस्कृति संरक्षण, सम्बद्र्धन, प्रबद्र्धनका लागि आफ्ना योगदान दिँदै आइरहेको छ । ओस्ला नेपालले रजत वर्षको अवसरमा ओस्ला नेपाल रजत वर्ष स्मारिका २०८१ पुस्तक विमोचन कार्यक्रमको आयोजना गर्नुको साथै उक्त कार्यक्रममा मध्यपुर थिमिका स्यस्यः समुदायमा आधारित नेवाः भ्वय्ब्व (प्रकार र परिकार) को समेत विमोचन गरेको छ जसका लेखक राजेन्द्र तुबंजा श्रेष्ठ हुनुहुन्छ । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा यस ओस्ला नेपालले आफ्नो रजत वर्ष एवं २५ औं बसन्तमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले ओस्ला नेपालले गरेका काम अबका युवा पिँढीको लागि पनि एउटा उदाहरणीय रहने बताउँदै यस संस्थाले समाज विकासमा निरन्तर रुपमा प्रगति गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले ओस्ला नेपालले समाजमा पु¥याएको उच्च मूल्यांकन गर्दै आगामी दिनहरुमा पनि अझ सफलताको शिखर चुम्न सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । उहाँले यस ओस्ला नेपालको यात्रा प्रेरणादायी छ समाजको नेतृत्व, समाजमा सकारात्मक परिवर्तन, नेतृत्व बिकास तथा अमूर्त सम्पदा नाय् खिंको पुस्तान्तरण एवं सम्बद्र्धनमा गरिएको योगदान आगामी दिनमा पनि निरन्तरता रहोस् र नगरपालिकाको साथ र सहयोग सदैव रहने बताउनुभएको छ । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका वडा नं.४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले मध्यपुरथिमिमा स्थापनाकाल देखि हालसम्म अरु संस्था भन्दा पृथक गतिविधि गर्दै आइरहेको यस ओस्ला नेपालले नगरपालिका क्षेत्रमा साँस्कृतिक, सामाजिक तथा विभिन्न गतिविधि गर्दै आइरहेकोमा हर्ष व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले नेपाल संवत् १११९ लक्ष्मी पूजाको दिन स्थापित सामाजिक संस्था ओस्ला नेपालले समाजमा सकारात्मक परिवर्तनका लागि युवा जनशक्तिको अपरिहार्यतालाई मनन् गरी हरेक सामाजिक गतिविधिहरुमा अग्रणी भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले यस संस्थाले मौलाउन लागेका संस्कृति, सम्पदा बाजा, नाच को संरक्षण गर्दै जिल्लास्तरीय तथा उपत्यकास्तरीय छैटौं पटकसम्म धिमेबाजा प्रतियोगिता गर्न सफल भएको जानकारी दिँदै स्वास्थ्य क्षेत्रमा एवं २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पिडितलाई उद्दारकार्यमा र २०७७ सालमा कोभिडको महामारीको समयमा पिडित तथा असाहय परिवारलाई खाद्य सामाग्री, राहत वितरण जस्ता धेरै सामाजिक कार्यहरु गर्न ओस्ला नेपालका सदस्यहरुको साथ सहयोगले सम्भव भएकोमा उपस्थिति पदाधिकारी र सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगले ओस्ला नेपाल निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा इन्द्र अपसरा नाचका गुरु ज्ञानीलाल कायष्थ, दाफा भजन गुरु कृष्णमान बाँके श्रेष्ठ र इतिहासविद् एवं संस्कृतिविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो भने ओस्ला नेपालका संस्थापक अध्यक्ष रविन बज्राचार्य र बर्तमान अध्यक्ष राजेश श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा ओस्ला नेपालका उपाध्यक्ष सुशिल जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कोषाध्यक्ष दिकेश बज्राचार्यले ओस्लाको इतिहासकोबारेमा चर्चा गर्नुभएको थियो। कार्यक्रममा ओस्ला नेपाल रजत वर्ष स्मारिका २०८१ प्रकाशन गर्न सहयोग पु¥याउने संघसंस्था एवं उपस्थित सम्पूर्ण सदस्यहरुलाई खादा लगाएर सम्मान गरिनुका साथै स्मारिकामा समेटिएका लेखका लेखकहरुलाई मायाको चिनो, कविता बाचन, साँस्कृतिक नाच र ओस्ला नेपालको स्थापनाकालदेखिको यात्रा प्रोजेक्टरद्वारा प्रस्तुत गरिएको थियो। कार्यक्रमको संचालन ओस्ला नेपालका सचिव रोशन बज्राचार्यले गर्नुभएको थियो ।

The post ओस्ला नेपाल २५ औं वर्षमा प्रवेश appeared first on Jana Aawaj News.