ख्वप इन्जिनियरिङ – Jana Aawaj News

नेपालका प्रधानमन्त्री तथा मन्त्रीहरुमा दूरदर्शिताको खाँचो
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औं वार्षिकोत्सव समारोहको समापन तथा सांस्कृतिक कार्यक्रम एक भव्य समारोहबीच कलेज प्रांगणमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीले शिक्षालाई जोड दिँदै २०५६ सालबाट ख्वप मावि लगायतका कलेजहरु स्थापना गरी सोही जगमा उभिएर देशको लागि आवश्यक जनशक्ति उत्पादनमा निरन्तर योगदान पु¥याउँदै आएको बताउनुभयो ।

प्राविधिक क्षेत्रका दक्ष जनशक्तिलाई नेपालमै रोजगारीको अवसर प्रदान गर्न नसके यी जनशक्ति पनि विदेशिने सम्भावना रहेको बताउँदै उहाँले देशका मन्त्री तथा प्रधानमन्त्रीहरुमा दूरदर्शीताको अभाव रहेकै कारण आज देश भताभुंग अवस्थामा पुगेको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो जिल्लाको मात्र विकास हेर्ने नभई देशकै समग्र विकासमा ध्यान दिनुपर्ने बताउँदै भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीतिले नेपालको प्राकृतिक स्रोतसाधन कब्जा भइरहेको प्रसंग जोड्दै उहाँले गोर्खा भर्ति केन्द्र तत्काल खारेज गर्नु देशको हितमा भएको बताउनुभयो ।

संघीय राजधानी काठमाडौंमा जनसंख्या वृद्धिसँग सँगै खानेपानी अभाव, प्रदूषण, सडक जाम, अपराध संख्या बढ्दै गइरहेको बताउँदै उहाँले सरकारले देशको सन्तुलित विकास गर्न विभिन्न जिल्लाहरुमा व्यवस्थित सहरहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । नेपालले प्यालेष्टाइनी जनताहरुप्रति ऐक्यबद्धता जनाउनुपर्नेमा धारणा राख्दै उहाँले अमेरिकाको आडमा इजरायलले प्लोष्टाइनमाथि गरिरहेको निर्मम हत्या र युद्ध अपराध छिटोभन्दा छिटो अन्त्य गरिनुपर्ने बताउनुभयो । इजरायल आज अमेरिकाको कठपुतलीको रुपमा प्रस्तुत भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेपालको संविधान निर्माणपछि संघीयता कार्यान्वयनमा आएसँगै भक्तपुर नगरपालिकाले संविधानको भावना र मर्मनुसार समाजवादउन्मुख कार्य गर्दै आएको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयको अभावले धेरै समस्याहरु पनि भोग्दै आएको बताउँदै सरकारले जनताको हितमा काम गर्न नसकेकै कारण अहिले गणतन्त्रको विकल्प खोज्नुपर्ने जस्ता मागहरु उठिरहेको धारणा राख्नुभयो ।

उहाँले यो वर्ष ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित हुनेमा आशावादी रहेको बताउँदै शैक्षिक ऋण दिएर गरिब परिवारलाई उच्च शिक्षाको व्यवस्था गर्ने भक्तपुर देशकै पहिलो नगरपालिका भएको बताउनुभयो । उहाँले समाजलाई बुद्धिजिबीकरण गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने घोषित नीतिलाई पुरा गर्न नगरपालिकाले शैक्षिक ऋणको नीतिलाई अगाडि बढाएको प्रष्ट पार्नुभयो ।

बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले इन्जिनियरिङ क्षेत्रमा भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको योगदान अतुलनीय रहेको बताउँदै प्रतिकूल समयमा पनि यी कलेजहरुले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै देशकै लागि आशाको केन्द्र को रुपमा यी कलेजहरु सञ्चालन भइरहेको बताउनुभयो । शिक्षामा निजीकरण र व्यापारीकरणको नीतिले आज देशको शिक्षा क्षेत्र ध्वस्त भएको बताउँदै उहाँले इजरायलले प्यालेष्टाइनमाथि गरिरहेको बर्बर हमला मानव जातिमाथिको युद्ध अपराध भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्ने नगरपालिकाको उद्देश्य क्रमशः पूरा हुँदै आएको बताउँदै एक घर एक स्नातक को अवधारणाले पनि यसलाई टेवा पु¥याएको बताउनुभयो ।

भक्तपुर नपाले शिक्षाको जगलाई बलियो पार्न विभिन्न विषयका कलेजहरु सञ्चालन गरी देशकै लागि योग्य नागरिक तयार गरिरहेको बताउँदै यहाँ अध्ययनरत विद्यार्थीहरुमा देशभक्त भावना हुनुपर्नेमा जोड दिनुभयो । नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष डा. पदमबहादुर शाहीले भक्तपुर नपाबाट सञ्चालित दुवै कलेजहरुको शैक्षिक वातावरण, पूर्वाधार तथा व्यवस्थापन उत्कृष्ट रहेकै कारण विद्यार्थीको आकर्षणको रुपमा यो कलेज विकास भइरहेको बताउँदै यहाँबाट उत्तीर्ण भएका गएका विद्यार्थीहरुले आफ्नो कार्यक्षेत्रमा एक असल र इमानदार नागरिक भई काम गर्न मार्गनिर्देश गर्नुभयो ।

उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले पनि बोल्नुभएको थियो भने दुवै कलेजका प्राचार्यद्वय रत्नशोभा प्रजापति र सुवेगमान बिजुक्छेँले पनि आफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङबाट अध्ययन पूरा गरेका विद्यार्थीद्वय अनिश शिल्पकार र इच्छा प्रधानाङ्गले ख्वपबारे आफ्नो शैक्षिक अनुभव सुनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि सुवालले कलेजबाट स्नातकोत्तर र स्नातक तहबाट अध्ययन पूरा गरेका उत्कृष्ट विद्यार्थीहरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो भने कलेज सञ्चालक समितिका अध्यक्ष प्रजापतिले कलेजबाट उत्तीर्ण भएका विद्यार्थीहरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।

The post नेपालका प्रधानमन्त्री तथा मन्त्रीहरुमा दूरदर्शिताको खाँचो appeared first on Jana Aawaj News.