ख्वप कलेज – Jana Aawaj News

ख्वप कलेमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माविमा कक्षा ११ अध्ययनको लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले कलेजको प्रकाशन ख्वप जर्नल भाग ६ अनावरण गर्नुभयो ।

उक्त कार्यक्रमका बोल्दै अध्यक्ष बिजुक्छेँले देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको बताउदै विद्यार्थीहरुलाई प्रगतिशील राजनीति गर्न विद्यालय तहदेखि नै प्रेरित गर्नुपर्छ भन्नुभयो ।

पु“जीवादी व्यवस्थालाई टिकाइराख्न वा स्थायित्व दिन वर्तमान शिक्षा व्यवस्थाले सहयोग गरिरहेको बताउँदै उहाँले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण यसका ज्वलन्त उदाहरण भएको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरु अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम झन्झन् बढ्दै गइरहेको बताउँदै सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरेसम्म युवाहरुको विदेशिने क्रमलाई रोक्न नसकिने बताउनुभयो ।

साम्राज्यवादी देशहरुले नेपालीहरुको श्रमशोषण गरी सस्तो ज्यामी बनाइरहेको छ भन्नुहुँदैै उहाँले सरकार स्वयम्ले साम्राज्यवादी देश र म्यानपावर कम्पनीहरुको दलाली काम गरिरहेकोमा आपत्ति जनाउनुभयो ।

विद्यार्थीहरु विदेशिने क्रम बढेसँगै नेपालका कलेजहरु बन्द हुने अवस्थामा पुगेको बताउँदै उहाँले विद्यार्थीहरुलाई नेपालमै उच्च शिक्षा हासिल गरी देशकै लागि सेवा गर्न शिक्षकहरुमार्फत मार्गनिर्देशन गरिरहनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०५६ सालमा स्थापना भएको ख्वप माविको जगमा हाल ८ वटा शैक्षिक संस्थाहरु स्थापना भएको बताउँदै यी संस्थाहरु सेवामुखी ढंगले जनताको

सेवामा समर्पित भई आफ्नो उद्देश्य प्राप्तिको लागि सञ्चालन हुँदै आएका छन् भन्नुभयो ।

प्रमुख प्रजापतिले ख्वप सर्कलमा भर्ना हुन आएका विद्यार्थीहरुलाई योग्य र सक्षम बनाउने काममा कलेजले निरन्तर पहल गरिरहने बताउँदै विद्यार्थीहरुलाई शिक्षकसँग नजिक भएर अध्ययन गर्न सुझाव दिनुभयो ।

उहाँले ख्वप सर्कलभित्रै अन्य धेरै विषय लिई उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था पनि कलेजले गर्दै आइरहेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालनको लागि नगरापलिकाले निरन्तर पहल गर्दै जाने बताउनुभयो ।

नेमकिपा बागमती प्रदेश सभा सदस्य मा. सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले विद्यार्थीहरुको विश्वास जित्न सफल भइरहेको बताउनुभयो ।

उहाँले विद्यार्थीहरुको उच्ज्वल भविष्यको लागि कलेजले निरन्तर मेहनत गर्दै जाने विश्वास व्यक्त गर्दै विद्यार्थीहरुले आफ्नो कमजोरी र बलियो पक्ष पहिचान गरी आगामी बाटो तय गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर राजनैतिक, ऐतिहासिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न नगर भएको र अब यसले शैक्षिक क्षेत्रमा पनि फड्को मारिरहेको उहाँले बताउनुभयो ।

कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् उपप्रमुख रजनी जोशीले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई र उज्ज्वल भविष्यको कामना गर्दै ख्वप सर्कलको उद्देश्य प्राप्तिमा नयाँ विद्यार्थीहरु जोडिन आएकोमा हर्ष व्यक्त गर्नुभयो ।

उहाँले कलेज स्थापनाको उद्देश्य प्राप्तिमा शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयास जरुरी रहेको बताउँदै शिक्षाकै माध्यमबाट समाजलाई बुद्धिजीवीकरण गर्न मद्दत पुग्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भटुटराईले जीवनको नयाँ सुरुवात ख्वप कलेजबाट गरेकोमा विद्यार्थीहरुलाई बधाई एवम् शुभकामना दिँदै ख्वप सर्कल एउटा पृथक उद्देश्य लिएर अगाडि बढेको सामाजिक संस्था भएको बताउनुभयो ।

ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप कलेजमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई अझ सफल बनाउन कलेज परिवार निरन्तर प्रयासरत रहने बताउँदै ख्वप कलेजप्रति अपनत्व कायम गरी विद्यार्थीहरुले आफ्नो आगामी यात्रालाई अझ सहज बनाउने बताउनुभयो ।

The post ख्वप कलेमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न appeared first on Jana Aawaj News.

ख्वप कलेज भक्तपुरको पत्रकारिताका विद्यार्थी राससमा
काठमाडौं । ख्वप कलेज देकोचा भक्तपुरका पत्रकारिताका विद्यार्थीले मंगलबार सिंहदरवार काठमाडौं स्थित राष्टिय समाचार समिति रासस कार्यालयको अध्ययन भ्रमण गरेका छन् । कलेजमा पत्रकारिता स्नातक तह पहिलो वर्षमा पत्रकारिता मुख्य विषय लिई अध्ययनरत विद्यार्थीको टोली राससमा पुगेर अध्ययन भ्रमण गरेका हुन् ।

कार्यालयमा राससका प्रधान सम्पादक उत्तम सिलवालले पत्रकारिताका विद्यार्थीलाई राससमा स्वागत गर्दै राससमा हुने पत्रकारिताबारे जानकारी गराउनुभयो । उहाँले पत्रकारिता स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुनुपर्ने औंल्याउनुभयो । साथै पत्रकारिता हतारको साहित्य भएकाले पत्रकारितामा अल्छीपना नचल्ने बताउनुभयो ।

समाचार शाखाका डेपुटी चिफ रिपोर्टर नारायण न्यौपानेल विधागत पत्रकारिताबारे जानकारी गराउनुभयो । त्यस कारण पत्रकार वन्ने योजना भए जुन विधामा पत्रकारिता गर्न इच्छा छ, त्यस विषयबारे बिशेषज्ञ हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसकारण जुनसुकै आफूलाई इच्छा लागेको विषयमा विशेषज्ञता हासिल गर्न उहाँले सुझाब दिनुभयो । यद्यपि सवैखाले पत्रकारले सामान्य जानकारी राख्नु पनि उतिकै आवश्यक रहेको उहाँले बताउनुभयो ।

रासस सञ्चार प्रविधि महाशाखाका नायब महाप्रबन्धक राजु शाक्यले राससले प्रदान गर्दै आएको भिडियो सेवाबारे जानकारी गराउनुभयो । राससले अहिले रेडियो र टिभीलाई पनि काम लाग्ने गरी समाचारहरुको अडियो र भिडियो सेवा पनि थालेको जानकारी गराउनुभयो ।

भ्रमणमा विद्यार्थीले राससमा भइरहेको गणतन्त्र फोटो प्रदर्शनीमा पनि सहभागी भएका थिए । फोटो प्रदर्शनीबारे जानकारी दिंदै राससका फोटो शाखा प्रमुख रत्न श्रेष्ठले गणतन्त्रपछि केही भएन भनेर निराशा व्यक्त गर्ने जनतालाई गणतन्त्रपछिको उपलव्धीबारे बोध गराउने थिमका साथ फोटो प्रदर्शनी गरेको जानकारी गराउनुभयो ।

विद्यार्थीले राससको समाचार कक्ष, सम्पादन कक्ष, भिडियो कक्षबारे जानकारी लिएका थिए । विद्यार्थीलाई सैद्धान्तिकसँंगै व्यवहारिक ज्ञान दिन अध्ययन भ्रमण गराइएको पत्रकारिताका शिक्षक कृष्ण किसीले बताउनुभयो ।

The post ख्वप कलेज भक्तपुरको पत्रकारिताका विद्यार्थी राससमा appeared first on Jana Aawaj News.

ख्वप कलेज अफ इन्जिनियरिङद्वारा ८८ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
भक्तपुर । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार ८८ जना विद्यार्थीहरुलाई रु. ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति रकम बुधबार एक कार्यक्रमबीच वितरण गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको थियो ।

छात्रवृत्ति वितरण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजबाट प्रदान गरिने छात्रवृत्तिले गरिब र जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न अवसर मिलेको बताउँदै सेमेष्टर उत्कृष्ट विद्यार्थीहरुले पनि छात्रवृत्तिमा अध्ययन गर्न पाउनु आफैमा ठूलो उपलब्धी भएको बताउनुभयो । कति विद्यार्थीहरुले झुटो विवरण बुझाएर छात्रवृत्ति लिने प्रयास भएको बताउँदै छात्रवृत्रि रकमको भरपुर सदुपयोग गरी आफ्नो अध्ययन पूरा गर्न विद्यार्थीलाई प्रेरित समेत गर्नुभयो ।

ख्वप विश्वविद्यालय भक्तपुरबासीको मात्र नभई सबैको साझा माग हो भन्दै उहाँले सरकारले छिटो भन्दा छिटो ख्वप विश्वविद्यालय सञ्चालनको लागि स्वीकृति प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । इन्जिनियरहरुले पैसा कमाउने र जागिर पाउने मात्र नभइ समाजमा स्थापित इन्जिनियर भई काम गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरुले नैतिकता, अनुशासन र कर्तव्यप्रति दृढ भएर सोच्नुपर्ने बताउनुभयो ।  उच्च शिक्षा हासिल गर्न वर्षेनि लाखौं विद्यार्थी विदेशिँदै गर्दा नेपालका विश्वविद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको र कलेजहरु समेत संकटमा पर्दै गएको बताउँदै उहाँले विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने अवसर नेपालमै बनाउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

यस्तै भक्तपुर नपा वडा नंं ९ का वडाध्यक्ष तथा छात्रवृत्ति सिफारिस समितिका संयोजक रबिन्द्र ज्याख्वले नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थाहरुले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई वार्षिक ४ करोड भन्दा बढी रकम बराबरको छात्रवृत्ति वितरण गर्दै आइरहेको बताउँदै नयाँ पुस्तालाई प्राज्ञिक रुपबाट योग्य बनाई समाजप्रति उत्तरदायी बनाउने कलेज स्थापनाको उद्देश्य रहेको बताउनुभयो ।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले विद्यार्थीहरुले विषयगत ज्ञान सँगसँगै व्यवहारिक ज्ञान हासिल गरी इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट कार्य गर्न मार्गनिर्देशन गर्नुभयो । उहाँले छात्रवृत्ति रकमको सदुपयोग गरी देश र समाजप्रति थप जिम्मेवार भई अध्ययन गर्न प्रेरित गर्नुभयो ।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुले समाज र देशको लागि सेवा गर्ने विषयमा पनि चिन्तन गर्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापति र लेखा शाखा प्रमुख काजीबहादुर पञ्चको उपस्थिति रहेको थियो ।

The post ख्वप कलेज अफ इन्जिनियरिङद्वारा ८८ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण appeared first on Jana Aawaj News.