चाणक्य स्कूल – Jana Aawaj News

चाणक्य जुनियर बास्केटबल टुर्नामेन्ट २०८० हुने
भक्तपुर । शंखधरचोकस्थित चाणक्य स्कूल एवं कलेजले यही फागुन ८ गतेदेखि चाणक्य जुनियर बास्केटबल टुर्नामेन्ट २०८० को आयोजना गर्ने भएको छ ।

“हामी चाणक्य, हाम्रो बास्केटबल” भन्ने नारा सहित बिगत केही वर्षदेखि विभिन्न तहको प्रतिस्पर्धाको आयोजना गर्दै आइरहेको चाणक्य स्कूल एवं कलेजले कोरोना काल पश्चात कुनैपनि टुर्नामेन्टको आयोजना नगरेको हुँदा हाल चाणक्य जुनियर बास्केटबल टुर्नामेन्टको आयोजना गर्न लागेको चाणक्य सेकेण्डरी स्कूलका प्रिन्सिपल गणेशबाबु पोखरेलले बताउनुभयो ।

उहाँले विद्यार्थीहरुको पूर्ण विकासका लागि शारीरिक, मानसिक तथा शैक्षिकलगायत सम्पूर्ण क्षेत्रमा उत्ति नै भूमिका रहने बताउनुभयो। उहाँले शिक्षासँगसँगै संस्कार, अनुशासन,आत्माबल र खेलकुदमा विद्यार्थी भाइबहिनीहरुलाई प्रशिक्षण दिने प्रशिक्षकहरुलाई पनि धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा कलेजका एच.आर.डाइरेक्टर प्रविन श्रेष्ठले विद्यार्थी भाइबहिनीहरु माझ खेलकुद एवं विभिन्न क्षेत्रबाट पनि नेपालमा नै आफ्नो भविष्य बनाउन सकिन्छ भन्ने मूल्य लक्ष्य राखेर चाणक्य जुनियर बास्केटबल टुर्नामेन्ट २०८०को आयोजना गर्नु हाम्रो उद्देश्य रहेको बताउनुभयो।

उहाँले यस टुर्नामेन्टमा खेलाडीहरुलाई चोटपटक लाग्न सक्ने सम्भावना भएको हुँदा नजिकैको हस्पिटल एवं डाक्टरसँग कोवोर्डिनेशन गरेर फस्ट्रेटको पनि व्यवस्था गरिने जानकारी दिनुभयो। कार्यक्रममा चाणक्य कलेजका प्रिन्सिपल बासुकीराज रेग्मीले भक्तपुर जिल्लाका अधिकांश स्कूल एवं कलेजका विद्यार्थीहरुलाई पढाइसँगसँगै खेलमा पनि उत्सुकता जगाउने र लुकेका प्रतिभाहरुलाई ल्याउने शिक्षकहरुको ठूलो हात रहेको बताउनुभयो। उहाँले चाणक्य स्कूल एवं कलेजका खेलकुद प्रशिक्षक सन्जय र सतिस सरले हाम्रो भाइबहिनीहरुमा यो कुरा विकास गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै यस टुर्नामेन्टले भक्तपुरमा रहेका स्कूलहरुमा खेलप्रतिको माया र उत्सुकता पनि उत्तिकै झल्काउने बताउनुभयो ।

५ दिन हुने यस टुर्नामेन्ट २०८० मा ८ वटा स्कूलले भाग लिने भएका छन्। यो टुर्नामेन्ट दुई वटा ग्रुपमा हुने भएको छ । ग्रुप ए मा श्री सन्जयसाई विद्या मन्दिर, माउन्टे सिनेल ई.बो.स्कूल, एभरेस्ट ई.स्कूल र दिविए दिप ज्योति ई.से.स्कूल रहेको छ भने ग्रुप बी मा युनिक नेपाल एकेडेमी, न्यातापोल से.स्कूल, जनप्रेमी वल्र्ड स्कूल र चाणक्य से.स्कूल रहेको छ । टुर्नामेन्टमा हरेक स्कूलबाट ४ फिट १० इन्चसम्मका छात्रहरुको सहभागी रहने भएको छ भने यस टुर्नामेन्टको व्यवस्थापन समितिमा चाणक्य सेकेण्डरी स्कूलका प्रिन्सिपल गणेशबाबु पोखरेल र चाणक्य कलेजका बासुकीराज रेग्मी रहनु हुनेछ साथै सम्पूर्ण टिमको निरक्षण एवं सुपरिभिजन कलेजका एच.आर डाइरेक्टर प्रविन श्रेष्ठले गर्नुहुने छ । टुर्नामेन्ट चाणक्य कलेजको बास्केटबल कोर्टमा बिहान १०ः३० बजेबाट शुरु हुनेछ ।

आगामी दिनमा छात्र मात्र नभई छात्राहरुको पनि सहभागिता रहने कार्यक्रममा जानकारी दिइयो। कार्यक्रममा विभिन्न स्कूलका शिक्षक एवं खेलकुद प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

The post चाणक्य जुनियर बास्केटबल टुर्नामेन्ट २०८० हुने appeared first on Jana Aawaj News.