टि २० – Jana Aawaj News

टि २० खेलमा अन्तिम पटक कप्तानी गर्दै कोहली
एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टि २० खेलको कप्तानको रुपमा आज अन्तिम खेल खेल्ने भएका छन् । आइसिसी टि २० विश्वकप २०२१ को सुपर १२ को अन्तिम खेलमा आज भारत र नामिबियाबीच प्रतिस्पर्धा हुने भएको छ । यस खेलसँगै विराटको टि २० खेलमा कप्तानी यात्रा सकिने भएको छ ।

यस्तै कोहलीले टि २० विश्वकपपछि कप्तानी छाड्ने भदौ अन्तिममा नै घोषणा गरिसकेका छन् । इन्डियन प्रिमियर लिग आइपिएलमा यस सिजनसँगै कोहलीले रोयल च्यालेन्जर्स बेंगलोरको कप्तानी पनि छाडि सकेका छन् । कोहली आफ्नो प्रदर्शनमा थप ध्यानदिन टि २० कप्तानी छाड्न लागेको बताइएको छ । अब कोहली कप्तानको रुपमा टि २० क्रिकेटमा नेदेखिने बताइएको छ ।

भारतीय ओडिआई र टेस्टमा भने कोहलीले निरन्तर कप्तानी गर्नेछन् भने, खेलाडीको रुपमा भने कोहलीले सबै खेल खेल्ने बताइएको छ । कोहलीले २०१७ देखि भारतीय टि २० टोलीको कप्तानी थालेका हुन् । कोहलीको कप्तानीमा भारतले ४९ टि २० आई खेलमा २९ मा जित र १६ मा पराजित भएको छ । समान दुई खेल बराबरी र २ खेल नतिजा बिहीन छ । कोहलीले २०१३ देखि २०२१ सम्म बेंगलोरको कप्तानी गरेका थिए । आइपिएलमा १ सय ४० खेलमा कप्तानी गर्दा ६४ खेलमा जित, ६९ खेलमा हार र ४ खेलको नतिजा विहिन रहेको छ । विराटको कप्तानीमा बेंगलोरले २०१६ को आइपिएल फाइनल खेलेको थियो ।

फाइनलमा बेंगलोर सनराइजर्स हैदराबादसँग ८ रनले पराजित हुन पुगेको थियो । विराटको कप्तानीमा बेंगलोर २०१५, २०२० र २०२१ को सिजनमा प्लेअफ सम्म यात्रा तय गरेको थियो । अन्य सिजनमा लिग चरणबाटै बाहिरिएको थियो । विराट टि २० आई क्रिकेटका सर्वाधिक सफल खेलाडी मानिन्छन् । कोहलीले ९४ टि २० आई खेलमा २९ अर्धशतक सहित कुल ३ हजार २ सय २७ रन बनाएका छन् ।

कोहलीले आफ्नो कप्तानीमा भारतलाई कुनैपनि आइसिसी उपाधि जिताउन भने, सकेनन् । कोहली आइपिएलमा पनि उपाधि विहीन बन्न पुगे । उपाधि विहीनको कारण कप्तानी छाड्न दबाब पर्दै आएको थियो । यस विश्वकपमा भारत ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरी सकेको छ । आज राती अन्तिम खेलमा नामिबियासँग खेल्दै भारतले विश्वकप २०२१ सकाउने भएको छ ।

अब भारतीय क्रिकेट टोलीको कप्तान रोहित शर्मा वा लोकेश राहुल मध्य एकले गर्ने उच्च सम्भावना रहेको आकलन गरिएको छ । रोहितले आइपिएलमा मुम्बई इन्डियन्सलाई ५ उपाधि जिताउँदै सफल कप्तानको छवि छाडेका छन् भने, राहुलले किंग्स इलेभेन पन्जाबको कप्तानी गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । भारतले कप्तानी छनोटमा दीर्घकालिन योजनामा ध्यान दिएको बताइएको छ ।

रोहितले अव बढीमा एक दुई वर्ष भारतबाट खेल्ने देखिन्छ । यो अवस्थामा भारत राहुललाई दीर्घकालिन कप्तान बनाउन सक्छ । निरन्तर कप्तान परिवर्तनले टिम निर्माणमा ठूलो धक्का र असर पर्न सक्छ । तेस्रो रोजाईमा विकेटकिपर ऋषभ पन्त देखिन्छन् । भारतले मुख्य प्रशिक्षकमा राहुल द्रविडलाई नियुक्त गरि सकेको छ ।भारतले अव घरेलु मैदानमा न्युजिल्यान्डसँग तीन टि२० आई र दुई टेस्ट खेल खेल्ने कार्यक्रम छ । पहिलो टि२० खेल १७ नोभेम्बरमा जयपुरमा हुनेछ ।

The post टि २० खेलमा अन्तिम पटक कप्तानी गर्दै कोहली appeared first on Jana Aawaj News.