टोखा नवपर्यटकीय क्षेत्र बन्दै – Jana Aawaj News

टोखा नवपर्यटकीय क्षेत्र बन्दै
काठमाडौं । काठमाडौँ उपत्यकाकै मनोरम पर्यटकीय क्षेत्र रहेको काठमाडौँ महानगरपालिकासंग जोडिएको टोखा नगरपालिकामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि नवपर्यटकीय क्षेत्र बन्दै गएको छ ।

झोर महाङ्काल, टोखाचण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु पाँच गाविस जोडिएर २०७१ सालमा घोषणा गरिएको टोखा नगरपालिका २०७४ र २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा प्रकाश अधिकारी निर्वाचित भएसँगै नगरपालिकाले काँचुली फेर्ने गरी विकास हुँदै गएको हो ।

पूर्व बूढानीलकण्ठ, पश्चिम तारकेश्वर, उत्तरमा नुवाकोट र दक्षिणमा काठमाडौं महानगरसँग जोडिएको टोखा नगरपालिका काठमाडौं उपत्यकाकै भौतिक पूर्वाधार विकासमा अग्र स्थानमा गएको छ ।

टोखामा धेरै पर्यटकीय क्षेत्र भएकाले तिनलाई संरक्षण गरी टोखा नगरीलाई पर्यटकीयस्थल बनाउने नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख प्रकाश अधिकारीले टोखा आफैँमा पर्यटकीय क्षेत्र भएकाले यहाँका धार्मिक, पर्यटकीयस्थल र ताल तथा पोखरीलाई संरक्षण गरी पर्यटकीय क्षेत्र बनाउने योजना अहिले धमाधम कार्यान्वयन भइरहेको बताउनुभयो ।

“यहाँका धेरै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन” उहाँले भन्नुभयो, “ती ठाउँको संरक्षण र प्रबद्र्धन गरी टोखालाई प्रमुख पर्यटकीय क्षेत्र बनाउने कार्य तीव्रताका साथ अगाडि बढि रहेको छ ।”

उहाँका अनुसार यहाँका ओझेलमा परेका प्राकृतिक सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण गर्दै टोखामा बाहिरबाट पर्यटन भित्र्याउन काम भइरेको छ । महानगरसँग जोडिएको टोखाको अवासिय क्षेत्रको रुपमा उपयुक्त रहेकाले सडक विस्तार र खानेपानी उपलब्ध गराउने काम अहिले तीव्र बन्दै गएको छ । झोर महाकाङ्लको बौडेश्वर, टोखा चण्डेश्वरीको सपनतीर्थ, टोखा सरस्वतीको भूतखेल, धापासीको बसुन्धरा देवी, गोंगबुको मनोहर तीर्थ महेन्द्रेश्वर, महादेवबीच विनायक गणेश यहाँका प्रमुख पर्यटकीय स्थल हुन् ।

यसैगरी सपनतीर्थ, चण्डेश्वरी, तलेजु, इन्द्रायणी, सरस्वती बौडेश्वर, थनेलाक्षी, कोनेलाक्षी, धापासी, झोरमहाङ्काल यहाँका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थल हुन् । यी धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्ने काम नगरपालिकाले गरिरहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाले विकास निर्माणसँगै सेवा प्रवाहलाइ उच्च प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनपछि यहाँको विकास निर्माण र सेवा प्रवाहसँगै पर्यटकीय र धार्मिक स्थलको विकासकाले फड्को मार्ने कार्य भएको स्पष्ट पार्नुभयो । टोखाभित्र सरस्वती गहना पोखरी, गणेश पोखरी, सपनतीर्थ जस्ता ताल र पोखरीसमेत रहेका छन् ।

The post टोखा नवपर्यटकीय क्षेत्र बन्दै appeared first on Jana Aawaj News.