दायित्व वाङ्मय प्रतिष्ठान – Jana Aawaj News

दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक विशेषाङ्क’ लोकार्पण
काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान र ब्यूरो ८१ नेपालको संयुक्त आयोजना तथा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र पूर्वमन्त्री एवं कवि एसपी कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न विशेष कार्यक्रममा दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक विशेषाङ्क’ लोकार्पण गरिएको छ ।

उक्त समारोहमा प्रमुख अतिथि नगेन्द्रराज शर्माले ‘साहित्यिक पत्रकारिता गर्नु भनेको सजिलो काम होइन, यति हुँदाहुँदै पनि दायित्वको यात्रा रोकिएको छैन जुन दायित्व परिवारले गरेको त्याग र तपस्याको परिणति हो भन्नुभयो । यसैगरी अर्का प्रमुख अतिथि एसपी कोइरालाले भन्नुभयो ‘निजामती सेवाका कर्मचारीले साहित्य सिर्जना गरेर एउटा विशेषाङ्क नै प्रकाशित हुनु भनेको प्रशासनिक क्षेत्रमा पनि संवेदित व्यक्ति छन् र तिनीहरुले जनताको भावना बुझेर जनअनुकूल काम गर्छन् भन्ने हो ।’

दायित्व वाङ्मय प्रतिष्ठानको पुस्तकालय भवन बूढानीलकण्ठ-८ मा सम्पन्न उक्त समारोहमा विशिष्ट साहित्यकारहरु डा. महेश्वर शर्मा र सूब सेनले शुभकामना मन्तव्य दिनुभएको थियो भने विशेषाङ्कबारे प्रा.डा. रामप्रसाद ज्ञवालीले टिप्पणी गर्नुभएको थियो ।

दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना तथा ब्यूरो ८१ नेपालको सहआयोजनामा सम्पन्न भएको सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले भन्नुभयो- ‘प्रतिष्ठानको भवनमा यति विशिष्ट व्यक्तित्वहरु आउनु भनेको भवन नै पवित्र हुनु हो । जहाँ वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी जस्ता व्यक्तिको १०२ वर्षको उमेरमा पदार्पण भयो र यस्तै अन्य साहित्य हस्तीहरुको पनि आगमन भयो । यस अर्थमा हामी धन्य छौँ ।’ यसैगरी ब्यूरो ८१ नेपालका अध्यक्ष तथा कार्यक्रममा सहअध्यक्ष यादव खनालले पनि ब्यूरोले गरेका क्रियाकलापहरु उल्लेख गर्दै त्यसैको एउटा अंश ‘ब्यूरो ८१ नेपाल साहित्यिक विशेषाङ्क’ भएको कुरा उल्लेख गर्नुभयो ।

ब्यूरो ८१ नेपालका संस्थापक अध्यक्ष वसन्त गौतम लगायत अन्य निवर्तमान अध्यक्षहरु र सदस्यहरुको भव्य उपस्थिति रहेको उक्त लोकार्पण कार्यक्रममा प्रसिद्ध कवि प्रह्लाद पोखरेल, वसन्त गौतम र रमेश खनालले कविता वाचन गरेका थिए भने सो कार्यक्रममा पूर्व प्रशासक एवं राजदूत मधुवन पौडेल, नियात्राकार चन्द्रप्रसाद भट्टराई र जय छाङ्छा राई लगायत साहित्यकारहरुले उपस्थिति जनाएका थिए ।

सो कार्यक्रममा अतिथिहरुको स्वागत गर्दै प्रतिष्ठानका उपाध्यक्ष तथा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालले प्रतिष्ठानका गतिविधिहरुको चर्चा गरेका थिए भने ब्यूरो ८१ नेपालका सचिव राममणि दुवाडीले कार्यक्रम सञ्चालन गरेका थिए ।

The post दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक विशेषाङ्क’ लोकार्पण appeared first on Jana Aawaj News.

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सम्मान÷पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

भक्तपुर  । दायित्व वाङ्मय प्रतिष्ठानको २५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा श्री रेग्मीले प्रतिष्ठित एवं सम्मानित व्यक्तित्वहरुलाई सम्मान गर्दै भन्नुभयो-‘प्रतिष्ठानले उचित पात्र चयन गरेर उचित पुरस्कार अर्पण गरेको छ । प्रतिष्ठानले कायम गर्दै आएको यस प्रतिष्ठापूर्ण कार्यको म सम्मान गर्दछु ।’

उक्त कार्यक्रममा गोरखाका रमेशचन्द्र देवकोटा र चितवनका डिआर पोखरेललाई दायित्व वाङ्मय विशिष्ट सम्मान तथा दोलखाका अमरकुमार प्रधान र नुवोकाटका वासुदेव गुरागाईंलाई दायित्व वाङ्मय सम्मान अर्पण गरिएको थियो ।

सोही अवसरमा प्रा. दिनेशराज पन्तलाई विद्वच्छिरोमणि हेमराज पुरस्कार, सिर्जनशील अपाङ्ग विद्यालय (नैकाप)लाई दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार, साहित्यकार रामेश्वरी पन्तलाई दायित्व सीता पन्त स्रष्टा पुरस्कार, प्रतिभाशाली नारी सृष्टि केसीलाई दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार र नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीलाई हरिकला–गुणाकर दायित्व रचना पुरस्कार अर्पण गरिएको थियो भने रामप्रसाद पन्तद्वारा लिखित ‘कोशीको सेरोफेरो’ (नियात्रासङ्ग्रह) र दायित्वको पूर्णाङ्क १४७ लोकार्पण गरिएको थियो ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुरस्कृत एवं सम्मानित व्यक्तित्वहरुले आआफ्ना धारणा र विचारहरु राख्नुभएको थियो भने सल्लाहकार कवि ठाकुर शर्मा भण्डारी र उपाध्यक्ष प्रा.डा. भागवत ढकालले पनि प्रतिष्ठानका गतिविधिबारे आफ्ना भावना व्यक्त गर्नुभएको थियो ।

The post दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न appeared first on Jana Aawaj News.