निःशुल्क सेवा – Jana Aawaj News

भक्तपुर अस्पतालमा सिटी स्क्यानको सेवा लगत्तै भित्रियो डायलासिस मेसिन
जन आवाज न्युज/भक्तपुर असार, १८ गते । भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर अस्पतालमा डायलासिस मेसिनको सेवा शुरु हुने भएको छ ।

मिर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी यो मेसिन बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको छ ।

भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले अस्पताललाई पाँच थान डायलासिस मेसिन प्राप्त भएको बताउदै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको नर्सिङ तथा सामाजिक सुरक्षा विभागले सूचीकृत गरी अनुमति दिएपछि डायलासिस सेवा शुरु गर्ने भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टको जानकारी दिनुभयो ।

संघिय स्वास्थ्य मन्रालय अन्तर्गत नर्सिङ एन्ड साेसल सेक्युिरटि डिभिजनमा सुचिकृत भए पश्चात लगत्तै याे सेवा सुचारू हुने डा. भट्टले जानकारी दिनुभयाे ।

उहाँले “दैनिक ३ सिफ्ट सञ्चालन गरी एकैदिन ४५ जना मिर्गौला फेल भएका बिरामीलाई डायलासिस सेवा प्रवाह गर्न सकिने ।” उहाँले बताउनुभयो ।

भक्तपुर अस्पतालकै परिसर भित्र “शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र” भएतापनि यसले मिर्गौला रोगीको चाप धान्न सकेको छैन । प्रत्यारोपण केन्द्रले डायलासिसको समय नदिएपछि दैनिक दर्जनौं बिरामी निजी क्लिनिकमा डायलासिस गराउन बाध्य छन् ।

निजीमा एकपटक डायलासिसको सामान्य शुल्क: रु २ हजार ५ सयदेखि ५ हजार ५ सय सम्म पर्ने गर्दछ ।

महिनामा औसत १० देखि १२ पटकसम्म डायलासिस गरिनुपर्ने भएकाले निजीमा नियमित उपचार गराउँदा मासिक खर्च औषत रु ५० हजार सम्म खर्च हुनेगर्दछ ।

भक्तपुर अस्पतालमा भने डायलासिस सेवा नि:शुल्क हुने बागमती प्रदेश सभाका पूर्व सदस्य समेत रहेका अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले बताउनुभयाे ।

मिर्गौलाले काम नगर्ने बिरामीले हप्तामा दुई पटकसम्म डायलासिस निःशुल्क गर्न पाउने र औषधि तथा किटको खर्च समेत सरकारले व्यहोर्ने व्यवस्था भएकोले भक्तपुर अस्पतालले शुल्क नलिने बताइएको छ ।

वीर अस्पताल पछिको दोस्रो जेठो यो अस्पताल बागमती प्रदेश सरकार मातहत आएपछि प्रगति गरिरहेको अस्पताल हो । संघ अन्तर्गत रहँदा रिफर सेन्टरको रुपमा बदनाम भक्तपुर अस्पताल प्रदेश मातहत आएपछि आइसियु, एनआइसियु, एचडियु सहित अत्याधुनिक शल्यक्रिया सेवा समेत प्रदान गर्दै आएको छ । गत जेठदेखि ८ करोड लागतमा अस्पतालले सिटी स्क्यान सेवा समेत सञ्चालन गर्न सफल भएको अध्यक्ष थापाले बताउनुभयाे ।

बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले मन्त्रालयको ‘बागमती डिजिटल हेल्थ’ कार्यक्रमअन्तर्गत भक्तपुर अस्पतालले QR कोड स्क्यान गरेर रिपोर्ट सिधा मोबाइलमा हेर्न सकिने व्यवस्था मिलाएको समेत जानकारी दिनुभएकाे छ ।

न्युनतम सेवा मापदण्डको आधारमा मुल्यांकन गरिँदा भक्तपुर अस्पताल सर्वोत्कृष्ट अस्पताल समेत घोषित भइसकेको छ ।  यसैबीच, भक्तपुर अस्पतालमा ल्याब रिपोर्ट पनि अब क्वीआर (QR) कोडमार्फत उपलब्ध हुने भएको छ ।  मंगलबारबाट नै सेवाग्राहीहरुले अस्पतालमा गरिएका प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) रिपोर्टहरू QR कोड स्क्यान गरेर सरल तरिकाले प्राप्त गर्न सक्ने अस्पतालका आइटी विज्ञ दिपेश खड्काले जानकारी दिनुभएकाे छ ।

The post भक्तपुर अस्पतालमा सिटी स्क्यानको सेवा लगत्तै भित्रियो डायलासिस मेसिन appeared first on Jana Aawaj News.