नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक – Jana Aawaj News

नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक सम्पन्न
भक्तपुर । नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ । बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरूको कार्यविभाजन सहित समसामयिक विषयमा विभिन्न प्रस्ताव समेत पारित गरेको छ ।

जस अनुसार संगठन विभाग प्रमुखमा चन्देस्वर मण्डल, स्थानिय बिकास विभागको प्रमुखमा बिचारी यादब, जनसङठन समन्वय सम्यन्त्र प्रमुखमा मनोज पौडेल, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा आरती भण्डारी, आर्थिक विभाग प्रमुख महम्द कैस, पार्टी स्कुल विभागमा शन्कर महत्तो र सहकारि तथा गरिबी निवारण विभागमा अम्विका चौलागाइलाई प्रमुखको जिम्मेवारी दिएको छ ।

बैठकले बर्तमान अवस्थामा केन्द्रमा नेकपा एमाले सहितको सत्ता समिकरण बनेको र मधेस प्रदेशमा नेकपा एमाले सबै भन्दा ठूलो पार्टी भएकोले मधेस प्रदेशका जनताको चाहनालाइ ध्यान दिदै प्रदेश सरकारको नेत्रीत्व गर्ने गरि आवश्यक पहलका लागि पार्टि केन्द्रलाई आग्रह समेत गरेको छ ।

प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र केन्द्रीय सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराइको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रमको सहजिकरण सचिब मनोज पौडेलले गर्नु भएको थियो । कार्यक्रममा पोलिटब्युरो सदस्यहरु पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल लिलानाथ श्रेष्ठ, अच्युत मैनाली, जुली महत्तो र मञ्जु चौधरीको विशेष उपस्थिति रहेको थियो ।

नेकपा एमाले मधेस प्रदेश कमिटीको बैठकले पारित गरेका विभिन्न प्रस्तावहरू निन्नअनुसार छन् :

१. अहिले देशमा नेकपा एमाले पहलमा नयाँ सरकार बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा एमाले सहितको सरकार बनेको छ । यो सरकारले जनतामा सकारात्मक आशा जगाएको छ । यसले अहिले राष्ट्रियता र जनताको समस्या समाधान गर्न सकिने सम्भावना समेत देखिएको छ । नेकपा एमाले मधेस प्रदेश कमिटी यसलाई स्वागत गर्दछ र राजनीति तथा शासकीय स्थिरताका लागि सबैमा हार्दिक आग्रह गर्दछ ।

२. नेकपा एमाले प्रदेश कमिटी नयाँ सरकारलाई केपी ओली नेतृत्वको सरकारले अधि बढाएका योजना सुचारु गर्ने , वजेट कटौति गरिएका योजनामा वजेट राख्ने र भुक्तानीको व्यवस्था गरि अघि बढ्न माग गर्दछ ।

३. मधेस प्रदेशका विभिन्न जिल्ला र स्थानहरुमा खानेपानीको समेत समस्या देखिएको छ । समस्याग्रस्त जिल्ला र स्थानहरुमा खानेपानीको योजना कार्यन्वयन गर्न माग गर्दछौं । साथै चुरे क्षेत्रको मरुभूमिकरण रोक्न विशेष योजना ल्याउन समेत माग गर्दछौं ।

४. मधेस प्रदेश भूमिहिन, सुकुम्वासीहरु अत्याधिक रहेको प्रदेश हो । कानुन बमोजिक भूमिहिन, सुकुम्बासी, दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या समाधानतर्फ गम्भिरतापूर्वक लाग्न माग गर्दछौं ।

५. नेकपा एमाले अहिले मधेस प्रदेशको पहिलो पार्टी हो । यसले प्रतिनिधी सभा र प्रदेश सभामा सबैभन्दा धेरै सिटमा विजय हासिल गरेको छ । यो बैठक आगामी दिनमा नेकपा एमालेलाई मधेस प्रदेशमा बहुमत सहितको पार्टी बनाउने संकल्प गर्दछ ।

६. कृषि उत्पादनको दृष्टिले सर्वाधिक उर्भरभूमी रहेको मधेस प्रदेशका किसानको हकको निम्ति सुलभ कृषि रिन, मलखाद तथा सिचाँइको लागि आवश्यक व्यवस्था अहिलेको आवश्कता हो । नयाँ सरकारले किसानको समस्याको बारे विशेष कार्ययोजना ल्याओस् भन्ने माग गर्दछौं ।

७. अत्यधिक उखु किसान रहेको यस प्रदेशका विरगंज चीनी कारखाना बन्दभयो । अहिले रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल बन्द भएको छ । यसले रौतहट, बारा, पर्साका उखु किसानहरु पिडित भएका छन् । यो बैठक सरकारसँग बन्द रहेका चिनी उद्योगहरु खोल्न जोडदार माग गर्दछ ।

८. मधेस प्रदेशमा जातीय विभेद, लिङ्गीय विभेद समेत चर्को समस्याको रुपमा देखिएको छ । कतिपय स्थानमा यो अझै जटिल सामाजिक समस्याको रुपमा प्रकट हुने गरेको छ । नेकपा एमाले सबै खाले विभेदको अन्त्य र सामाजिक न्यायको लागि काम गर्न सरकारसँग जोडदार माग गर्दछ ।

९. मधेस प्रदेशका कतिपय स्थानमा अहिले पनि हुलाकी राजमार्ग निमार्णमा समस्या देखिएको छ । तामागढी, सिम्रौनगढ सडकको मुअब्जा नपाएका कारण अझै केही समस्या देखिएको छ । हामी सबै समस्याको हल गरि हुलाकी राजमार्ग निमार्ण कार्य तत्काल सम्पन गर्न माग गर्दछौं ।

१०. देशका दुग्ध उत्पादक किसान आन्दोलनको क्रममा छन् । उनीहरुको दुधको रकम भुक्तानी गर्न बाँकी रहेको छ । माछा किसानहरुको समस्या यथावतै छ । कृषि उत्पादन क्षेत्रमा लागेका किसानहरुको खेतमा सिँचाइ पुर्याउने कुरा अरु चुनौतिपूर्ण छ । सुनकोशी –मरिन तथा सुनकोशी कमला ड्राइभर्सन सिचाँइ योजनालाई गति दिन आवश्यक छ । यसतर्फ तत्काल ध्यान दिन र समस्याको समाधान गर्न जोडदार माग गर्दछौं ।

११. कोशी टप्पु वन्यजन्तु आरक्ष र पर्सा राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्दछन् । कोशी टप्पु वन्यजन्तु आरक्षको सृदिढीकरण गर्नु आवश्यक छ भने पर्सा राष्ट्रिय निकुञ्ज आसपासका वस्तीहरुमा वन्यजन्तुको आक्रमणका कारण मानविय तथा पशुधनको क्षति भइरहेको छ । यसलाई रोक्न प्रभावकारी कदम चालियोस् ।

१२. मिटर व्याज पिडितहरु न्याय माग्दै काठमाडौंसम्म जानुपर्ने स्थिति बन्यो । यो राम्रो होइन । सरकारले मिटर व्याज पिडितहरुको समस्या तत्काल समाधान गर्नुपर्छ ।

१३. मुलुकको विकासको संभावनाका अनेक ढोकाहरु खोल्न सक्ने निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण जुनसुकै सरकार र राज्यका अंगहरुको प्राथमिकताको विषय हुनु आवस्यक छ । अहिलेको सरकार जनताको विकाशको चहाना पुरागर्ने सरकार हो । यसैले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु गर्नको सरकारसँग जोडदार माग गर्दछौ । यसैगरी तराई मधेशलाई काठमाडौंसँंग जोड्ने काठमाडौं निजगढ फास्टट्रयाक निर्माण कार्य समयमै सम्पन्न गर्न माग गर्दछांै ।

१४. बैठकले बर्तमान अवस्थामा केन्द्रमा नेकपा एमाले सहितको सत्ता समिकरण परिवर्तन भएको र मधेस प्रदेशमा नेकपा एमाले सबै भन्दा ठूलो पार्टी भएकोहुनाले मधेस प्रदेशका जनताको चाहनालाइ ध्यान दिदै प्रदेश सरकारको नेत्रीत्व गर्ने गरि आवश्यक पहलका लागि पार्टि केन्द्रलाइ आग्रह गरेको छ ।

१५. बैठकले नेकपा एमाले मधेस प्रदेश कमिटीको बैठकको व्यवस्थापनमा जुटेर बैठकलाई सफल बनाएकोमा नेकपा एमाले जिल्ला कमिटी रौतहट र नगर कमिटी चन्द्रपुरलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

योगेश भट्टराइको फेसबुकबाट

The post नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक सम्पन्न appeared first on Jana Aawaj News.