पूर्ण खोप सुनिश्चित – Jana Aawaj News

भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
जन आवाज न्युज/भक्तपुर । भक्तपुरलाई शनिबार एक कार्यक्रममाबिच पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।

सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यसअघि जिल्लाको चारवटै स्थानीय तह पूर्ण खोप सूनिश्चित घोषणा गरिएको थियो । उहाँले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन घरदैलोमै अब नसर्ने रोगको पहिचानका लागि स्वास्थ्यकर्मीसहितको स्वयंसेविकाको टोली परिचालन गरिने समेत बताउनुभयो । “मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम सोचेअनुसार प्रभावकारी हुन सकेन, त्यसैले नसर्ने रोगको निवारणका लागि रोग पहिचान गर्ने उद्देश्यले स्वास्थ्यकर्मीसहित स्वयंसेवक परिचालन गरेर घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने उहाँले बताउनुभयो । त्यसबापत स्वयंसेविकाहरुलाई पारिश्रमिकको व्यवस्था र एक हजार सञ्चारखर्चको व्यवस्था समेत गरेको बताउनुभयो ।”

यसैगरी भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हब बनाएर २४ सै घण्टा सेवा सञ्चालन गर्नेगरी प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको बताउँदै प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति, जनशक्ति थप र उपकरणहरुको वितरणलाई मन्त्रालयले प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिनुभयो ।

अब प्रदेश सरकारले पनि एमडी र एमबिबिएसको पढाइ सुरु गरेको बताउँदै उहाँले भक्तपुर अस्पताललगायत प्रदेश अस्पताल भवन, अधुरो स्वास्थ्य चौकीका भवनलाई पूर्णता दिनेगरी बजेटको व्यवस्थापन गरेको बताउनुभयो ।

यसैगरि कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले खोप सुनिश्चिततालाई दिगोपन बनाउन चुनौती रहेको बताउँदै कोही पनि खोपबाट छुट्न नहुने बताउनुभयो । खोप प्रभावकारी हुँदा बालमृत्युदर हरेक वर्ष कम हुँदै गएको बताउँदै उहाँले नियमित खोप कार्यक्रमको प्रभावकारीताले ८० प्रतिशत बाल मृत्युदर घटेको समेत जानकारी दिनुभयो ।

बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, खोप महाशाखा प्रमुख डा. अभियान गौतमलगायतले खोप कार्यक्रमलाई आगामी दिनमा पनि प्रभावकारी बनाएर लैजानुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले घरघरमा गएर खोप सुनिश्चितता गरेर शून्यमा झारेको बताउदै भक्तपुरमा कोही पनि बालबालिका खोपबाट वञ्चित हुन नपरेको बताउदै आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी बनाउने र कोही पनि खोपबाट बञ्चित हुन नपर्ने बताउनुभयो । उक्त कार्यक्रममा चार वटा नगरपालिकाका र खोप सुनिश्चित घोषणामा सहयोग पुर्याउने निकायलाई सम्मान गर्नुका साथै महिला स्वयंसेविकाहरुलाई मन्त्री थापाले सम्मान समेत गर्नुभएको थियो ।

The post भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा appeared first on Jana Aawaj News.