प्रोक्सिमा स्कुल – Jana Aawaj News

प्रोक्सिमा स्कुलमा अभिभावक दिवस एवं प्रथम शिक्षा प्रदर्शनी
भक्तपुर । भिमसेनथानस्थित प्रोक्सिमा ईन्टरनेशनल एकेडेमीमा अभिभावक दिवस एवं प्रथम शिक्षा प्रदर्शनी २०८० सम्पन्न भएको छ ।

एकेडेमीका संस्थापक एवं प्रबन्ध निर्देशक धर्मरत्न खाईतुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बाल मनोविज्ञ अध्यक्ष डा.ईन्द्रकुमार प्रसाईले पानसमा दिप प्रज्वलित गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले विद्यालयका शिक्षकशिक्षिकाले दिनुभएको ज्ञान, सीप, शिक्षाले विद्यार्थी भाइबहिनीहरुको भविष्य उज्वल त बनाउँछ तर उनीहरुको मुख्य गुरु भनेको अभिभावक नै रहेको बताउनुभयो ।

तपाईंहरुले दिनुभएको संस्कार, शिक्षा उनीहरुको लागि प्रेरणा स्वरुप हुने भएकाले सम्पूर्ण अभिभावकहरुलाई विद्यालयमा आमन्त्रित गरेर यो दिवस मनाइएको उहाँले बताउनुभयो । उहाँले कार्यक्रममा आउनुभएका सम्पूर्ण अभिभावकहरुलाई आफ्ना नानीबाबुहरुले विद्यालयमा पढाइसँगसँगै के–कस्ता क्रियाकलापहरु सिकेका छन् त्यो कुरा आज भइरहेको शिक्षा प्रदर्शनी २०८० मा अवलोकन गर्न पनि हार्दिक अनुरोध गर्नुभयो ।

कार्यक्रममा एकेडेमीका संस्थापक एवं प्रबन्ध निर्देशक धर्मरत्न खाईतुले अभिभावक दिवसमा आउनुभएका सम्पूर्ण अभिभावकहरुलाई स्वागत गर्दै उहाँहरु प्रतिको सम्मानमा यो अभिभावक दिवस आयोजना गरेको बताउनुभयो । उहाँले विद्यार्थी भाइबहिनी प्रति हाम्रो विद्यालय र शिक्षकशिक्षिकाहरुले आफ्नो कर्तव्य निर्वाह गर्दैगर्दा सम्पूर्ण अभिभावकहरुलाई पनि आफ्नो व्यस्त समयबाट घरमा १ घण्टा आफ्ना नानीबाबुहरुलाई दिन विनम्र अनुरोध गर्नुभयो ।

उहाँले सम्पूर्ण अभिभावकहरुलाई अभिभावक दिवसको अवसरमा भइरहेको शिक्षा प्रदर्शनी र स्वास्थ्य शिविरमा सहभागि हुन अनुरोध गर्दै हजुरहरुको साथ, सल्लाह र सुझावलाई समेटर अगामी दिनमा अझ राम्रो गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता एवं नेपाल कानुन आयोगका पूर्व अध्यक्ष बाबुराज जोशीले जुनसुकै क्षेत्रमा पनि अवल व्यक्तिको हात भयो भने त्यो क्षेत्रलाई उचाइसम्म पुग्न कसैले रोक्न सक्दैन भने झै यस एकेडेमीलाई यहाँसम्म ल्याउन यस एकेडेमीका संस्थापक एवं प्रबन्ध निर्देशक धर्मरत्न खाईतुको ठूलो हात रहेका बताउँदै २८ वर्ष पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस विद्यालयले बिस्तृत रुपमा शैक्षिक एवं अन्य क्रियाकलापमा प्रगति गर्दै आइरहेको छ र भविष्यमा अझ प्रगति गरेको देख्न पाउँ भनी शुभकामना दिनुभयो । त्यस्तै शिक्षासेवी लक्ष्मीप्रसाद दुकुचुले यस एकेडेमीले हरेक वर्ष अभिभावक दिवस मनाइरहँदा शिक्षा प्रदर्शनी २०८० र स्वास्थ्य शिविर गर्नु एउटा उदाहरणीय रहेको बताउनुभयो । उहाँले अभिभावक एवं शिक्षकशिक्षिका र विद्यालयले विद्यार्थीहरुको परीक्षाको प्रतिशत भन्दा पनि उज्जवल भविष्यका लागि उनीहरुको मनोविज्ञान बुझ्न अति आवश्यक रहेको पनि जनाउनुभयो ।

कार्यक्रममा सिद्धिस्मृति प्रतिष्ठान भक्तपुरका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेलले आज भइरहेको यस अभिभावक दिवसमा समय व्यस्तताका बाबजुद पनि अभिभावकहरु आफ्नो नानीबाबुहरुका लागि समय मिलाएर उपस्थित हुनभएकोमा विद्यालय र विद्यार्थीहरुको हौसला बढाउन प्ररेणा मिलेको बताउनुभयो । उहाँले अहिले टेक्नोलोजिको जमनामा आफ्ना छोराछोरीहरुले मोबाइल, कम्प्युटर चलाउँदा के–कस्ता जानकारी लिइरहेका छन् त्यो विषयमा अभिभावकहरुले विशेष ध्यान दिन अनुरोध गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम एवं शिक्षा प्रदर्शनीमा विभिन्न शैक्षिक सामग्री एवं शैक्षिक खेलको पनि प्रदर्शन गरेका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, अभिभावक, विद्यार्थी भाइबहिनीहरुलाई यस एकेडेमीका प्रबन्धक सल्लाहकार सरोज भट्टराईले स्वागत गर्नुभएको थियो भने कार्यक्रम संचालन शिक्षक आशिष मानन्धर र शिक्षिका जिना त्वत्तिले गर्नुभएको थियो ।

The post प्रोक्सिमा स्कुलमा अभिभावक दिवस एवं प्रथम शिक्षा प्रदर्शनी appeared first on Jana Aawaj News.