बालेन – Jana Aawaj News

काठमाडौं महानगरका प्रमुख बालेन भक्तपुर भ्रमणमा
भक्तपुर । विभिन्न स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुखहरुले भक्तपुर भ्रमण गर्नुभएको छ । आइतबार इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आउनुभएका उक्त भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित नगरपालिका सभाकक्षमा उहाँहरुको स्वागतमा एक कार्यक्रम आयोजना गरेको थियो ।

उक्त टोलीलाई नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगो अंकित परम्परागत खादा र महिला अतिथिहरुलाई सुर्के थैली उपहारसहित स्वागत गर्नुभयो । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपामा वैज्ञानिक समाजवादप्रति आस्थावान जनप्रतिनिधि कार्यरत रहेको बताउनुहुुँदै भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्यहरु गर्दै संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख बाटोतर्फ अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देख्नुभएको १०० वर्षपछिको भक्तपुरको आधारहरु निर्माण गरिरहेको पनि सो अवसरमा बताउनुभयो । जनप्रतिनिधिहरुबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने बताउनुहुँदै उहाँले जनतासँग नजिकमा बसेर काम गर्ने स्थानीय सरकारहरुले निर्वाचनको समयमा दिएको वचनअनुसारको काम इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

आत्मनिर्भरतालाई जोड दिएर विदेशीको सहयोगलाई अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार भइरहेका छन् – उहाँले भन्नुभयो । उहाँले जुनसुकै काम ठेक्कामार्फत गराउनुपर्ने कानुनी व्यवस्थाले राज्य कमजोर र व्यक्ति बलियो हुँदै गइरहेको बताउनुहुँदै निर्वाचन विचारको प्रतिस्पर्धा हुनुपर्नेमा धन र डनको प्रतिस्पर्धा हुनु बिडम्बनाको विषय भएको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको संक्षिप्त प्रस्तुतीकरण देखाउनुहुँदै कला संस्कृतिमा धनी भक्तपुर नगरलाई विश्वकै हेर्न लायक सहरको रुपमा विकास गर्न नगरपालिका अग्रसर रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाईबाट आफू निकै प्रभावित भएको बताउनुहुँदै ठेक्कापट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिहरुको नियमित अनुगमन हुनुपर्ने धारणा राख्नुभयो ।

विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणको रुपमा रहेको बताउनुहुँदै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरिनुपर्ने र जनताको आधारभूत आवश्यकतामा पर्ने विषयहरुको जिम्मा राज्यको हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै बिराटनगरका महानपाका प्रमुख नागेश कोइरालाले महानपा—नपाबीचको समन्वय र सहकार्य आगामी दिनहरुमा अझ प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो । मूर्त र अमूर्त सम्पदाहरु काठमाडौं उपत्यकाको विशेषता नै रहेको बताउनुहुँदै उहाँले भक्तपुर र बिराटनगरबीच कृषि क्षेत्रमा समानता रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौं माहानगरपालिका, बिराटनगर महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, धनकुटाको पाख्रीबास नपा, डडेलधुराको अमढरगढी नपा र विदेशी पाहुनाहरु नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ तथा महानगर तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलगायत ७५ जनाको समूहले शनिबार भक्तपुरको दरबार क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।

कार्यक्रममा भ्रमण्ममा रहनुभउका नगर प्रमुखहरुलाई नगर प्रमुख प्रजापतिले प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका प्रकाशनहरु उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।

The post काठमाडौं महानगरका प्रमुख बालेन भक्तपुर भ्रमणमा appeared first on Jana Aawaj News.