बिजुक्छेँद्धारा भक्तपुरको ऐतिहासिक भाजु पुखू उद्घघाटन – Jana Aawaj News

बिजुक्छेँद्धारा भक्तपुरको ऐतिहासिक भाजु पुखू उद्द्घाट्न
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा हाल पुनःनिर्माण सम्पन्न गरिएको भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भाजु पुखू र मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको एक भव्य कार्यक्रमबीच उद्दघाटन छ ।

सोही अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाबाट प्रकाशित ‘भाजु पुखू र जलेश्वर मन्दिर पुनःनिर्माण — २०८०’ पुस्तक पनि विमोचन गर्नुभयो ।

भाजु पुखू उद्घघाटन गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुरको भाजु पुखू मानव सभ्यताको एक महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो ।

लोपोन्मुख अवस्थामा रहेका राष्ट्रिय धरोहरहरुलाई पुनःजीवन दिने काममा पुरातत्व विभाग, प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालहरु अग्रसर हुनुपर्ने बताउँदै उहाँले भक्तपुरको इतिहास, कला संस्कृति नयाँ पुस्तालाई पाठ्यक्रममार्फत अध्ययन गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्राचिन सांस्कृतिक र वास्तुकलाको संरक्षण र उत्खनन्मा बौद्धिक व्यक्तित्वहरुको सक्रियता आवश्यक भएको बताउँदै उहाँले भाजु पुखू पुनःनिर्माणमा सहभागी सम्पूर्ण डकर्मी, सिकर्मी र महिला कालिगढहरुमा धन्यवाद ज्ञापन गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अन्य सम्पदा निर्माणमा जस्तै भाजु पुखू पुनःनिर्माणको क्रममा पुरात्त्वविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको सल्लाह र सुझावअनुसार पुनःनिर्माण कार्यलाई अगाडि बढाएको बताउनुभयो ।

भाजुपुखूको मौलिकतामा आच पुग्ने कुरामा भक्तपुर नपाले अत्यन्त सचेतनापूर्वक काम गरेको बताउँदै उहाँले पोखरीमा जनताको अपनत्व कायम होस् भन्ने उद्देश्यले अन्य सम्पदाहरूमा जस्तै स्थानीय जनताबाट गठित उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

भाजुपुखू र भक्तपुर क्याम्पस दुबै जनताका साझा सम्पत्ति भएको बताउँदै उहाँले पोखरीको दक्षिण भाग भक्तपुर क्याम्पसतर्फ बाटो खोल्न बाँकी नै रहेको उल्लेख गर्दै क्याम्पसका पदाधिकारीहरुसित त्यसबारे पटक पटक छलफल गरिसकेको र छलफलको क्रम अगाडि बढिरहेको बताउनुभयो ।

नेमकिपा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले लोप हुनै लागेको भाज्या पुखूलाई भक्तपुरको सुन्दर र मनमोहक अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने वडाबासी, कालिगढ, जनप्रतिनिधि, पुरातत्व विभाग, प्राविधिक सम्पूर्णमा उच्च सम्मान व्यक्त गर्नुभयो ।

भाजु पुखू पुनःनिर्माणको सपनाले साकार रुप लिसँगै सम्पदाप्रेमीहरुमा उत्साह पुगेको बताउँदै उहाँले मौलिकता र सम्पदा संरक्षित सहरको रुपमा देश–विदेशमा परिचित भक्तपुरको सांस्कृतिक, सम्पदा संरक्षण अभियान र भाजु पुखूको पुनःनिर्माण कार्य भक्तपुरको लागि कोसेढुंगा सावित भएको बताउनुभयो ।

सार्वजनिक सम्पत्ति अतिक्रमण र नास हुँदै जाने क्रम बढ्दै गएको सन्दर्भमा देश अत्यन्त लज्जित भइरहेको छ । भक्तपुरले गरेको सार्वजनिक सम्पत्ति संरक्षण कार्य प्रशंसनीय भएको बताउँदै उहाँले भाजु पुखू पुनःनिर्माण नयाँ पुस्ताको लागि सुन्दर उपहारको रुपमा रहेको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पोखरी सुकेर घाँसेमैदानमा परिणत भएको पोखरीलाई २०७४ सालको स्थानीय तहको निर्वाचनपश्चात भक्तपुर नगरपालिकामा नेमकिपाका जनप्रतिनिधि निर्वाचित भएर आएपछि भाजु पुखु पुनःनिर्माण कार्य अगाडि बढेको बताउनुभयो ।

भक्तपुरका सबै सांस्कृतिक सम्पदाहरु यहाँका मौलिक पहिचान मात्र नभई नगरबासीहरुको आर्थिक र सामाजिक विकासको आधार पनि भएको बताउँदै उहाँले सम्पदा संरक्षणको सन्दर्भमा भक्तपुर नपाले स्थानीय उपभोक्तामार्फत संरक्षण गर्दै आएको अवगत गर्नुभयो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले २०५८ सालदेखि उत्खनन् हुँदै आएको भक्तपुरको भाज्या पुखू पुनःनिर्माण कार्यमा भक्तपुर नगरपालिकाको अग्रणी भूमिका रहेको उल्लेख गर्दै पानीका स्रोतहरु संरक्षण गर्न यहाँ रहेका पोखरीहरुको जगेर्ना गर्नु आवश्यक रहेको बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधाना·ले सम्पदा निर्माण पनि मावन सभ्यतासँग जोडिएको विषय भएको बताउँदै भक्तपुरमा रहेका पोखरीहरु जनसमुदाय र समाजको लागि आवश्यक पानी आपूर्ति र आगलागीजस्ता विपद्मा प्रयोग गर्नको लागि बनेको बताउनुभयो । भाजु पुखु अरु पुखूको तुलनामा महत्वपूर्ण भएको बताउँदै उहाँले पोखरीहरु भक्तपुरको सिंचाइ र हिटी प्रणालीसँग पनि जोडिएको छ भन्नुभयो ।

पुरातात्विक सम्पदाहरुले भरिएको जीवन्त संग्रहालयको परिचित भक्तपुरलाई ८०० वर्ष पुरानो पोखरी पुनःनिर्माणबाट अझ गौरव गर्ने अवसर मिलेको उहाँले बताउनुभयो ।

इतिहासविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाज्या पुखूको ऐतिहासिक पक्षमाथि उजागर गर्दै अन्वेषण र उत्खनन्कै सिलसिलामा भाग्या पुखूको मध्यभागमा पश्चिमाभिमुख जलेश्वर मन्दिर रहेको थाहा हुन आएको बताउनुभयो ।

जलेश्वर मन्दिर जीर्णोद्धारको अभावमा भत्किएर डम्फूमा परिणत भएको बताउँदै भाज्या पुखू पुनःनिर्माणसँगै पोखरीको इतिहास पनि जीवित भएको छ भन्नुभयो ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीले पुरातात्विक महत्व बोकेको भाजु पुखू पुनःनिर्माण कार्यमा संलग्न सबैमा उच्च सम्मान व्यक्त गर्दै भक्तपुरकै आकर्षक पोखरीको रुपमा भाजु पुखू रहेको बताउनुभयो ।

दरबार हेरचाह तथा स्मारक संरक्षण अड्डा भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मीले भक्तपुर सांस्कृतिक सम्पदा र पोखरीहरुले सम्पन्न नगर भएको बताउँर्दै भाज्या पोखरी पुनःनिर्माण कार्यमा कालीगढहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक कविता लुइँटेलले भाजु पुखु र भक्तपुर क्याम्पस दुवै जनताको साझा सम्पत्ति भएको बताउँदै भाज्या पुखू पुनःनिर्माणले भक्तपुरको शानलाई अझ उँचो बनाएको बताउनुभयो ।

कार्यक्रममा भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भाजु पुखू पुनःनिर्माणको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभयो भने भनपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराइले धन्यवादज्ञापन गर्नुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले भाज्या पुखू पुनःनिर्माणका लागि गठित कार्यदलका पदाधिकारी र उपभोक्ता समितिका अध्यक्षहरुलाई धन्यवादज्ञापन पत्र वितरण गर्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले भाजु पुखू पुनःनिर्माण र सरसफाइ कार्यमा विशेष योगदान पुर्याउने श्रमिक महिलाहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

The post बिजुक्छेँद्धारा भक्तपुरको ऐतिहासिक भाजु पुखू उद्द्घाट्न appeared first on Jana Aawaj News.