बौडेश्वर झरना – Jana Aawaj News

जाउँ है घुम्न बौडेश्वर झरना र पार्कमा
काठमाडौँ । काठमाडौँको धुलोधुलाबाट टाढा रहने सोचाइ बनाइ रहनु भएको छ भने टोखा नगरपालिका वडा नंं १ स्थित बाडेश्वर पार्क जाउँ है । तपाईँका लागि उपर्युक्त गन्तब्य बन्न सक्छ बौडेश्वर झरना र पार्क ।

शामाखुसीचोकबाट करिब १० किलोमिटर दुरीमा रहेको बौडेश्वर झरना काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक पर्ने पर्यटकीय स्थल हो । साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको बौडेश्वर क्षेत्र हेर्दा मनमोहक मात्र होइन धार्मिक दृष्ट्रिकोणले पनि उतिकै चिरपरिचित छ ।

काठमाडौंको टोखा नगरपालिका १ झोरमा अवस्थित बौडेश्वर झरना पछिल्लो समय सबैको रोजाई बनेको छ । निश्चल, स्वच्छ र गडगडाहट छहराहरु छर्केर बहेको बौडेश्वर झरनाको सौन्दर्यतामा जो कोहि पनि मन्त्रमुग्ध हुन्छन् । प्राकृतिक संरचनामै यथावथ रहेको यो झरनाको मनोरञ्जन र आनन्द लिन दिनहुँ आन्तरिक र बाह्य पर्यटकहरुको चाप बढ्दै गएको छ । टोखा नगरपालिकाले यस क्षेत्रलाई प्रमुख पर्यटकीय गतव्यको केन्द्र बनाएकाले पार्क पर्यटकी आकर्षकको केन्द्र बनेको हो ।

यस क्षेत्रमा कर्मचारीहरु शनिबारे बिदा मनाउन होस्, साथीहरु मिलेर पिक्निक खान होस् वा परिवारजन धार्मिक संस्कार गर्नकै लागि भएपनि मानिसहरु मनोकाक्षां पुरा गर्ने विश्वासका साथ झोर पुग्ने गरेका छन् । बौडेश्वर पर्यटकिय क्षेत्रका रुपले मात्र होइन धार्मिक हिसावले पनि महत्वपूर्ण क्षेत्रका रुपले चिन्ने गरिन्छ । भगवान महादेवको शक्ति पिठका रुपमा लिएको बौडेश्वरमा मानिसहरु ब्रतबन्ध, विवाह र धार्मिक कार्यका लागि पनि पुग्ने गरेका टोखा नगरापलिकाले जनाएको छ ।

मनमोहक र सुन्दर झरनाको छेउमै एउटा अलौकिक गुफा पनि छ । जसभित्र छिरे भगवान महादेवलाई मागेको बर पाइने धार्मिक विश्वास रहि आएको छ । गुफा भित्र भगवान महादेवको मन्दिर पनि छ । हिँउदको समयमा भन्दा पनि बर्खायाममा बढि पर्यटकहरु बौडेश्वरमा पुग्ने गरेको एक स्थानियहरु बताउँछन् । ‘हिउँदमा पानी अलि कम हुने गरेको छ’, उनले भने,बर्खामा पानी बढि भएका कारण पर्यटकहरु पानी सँग रमाउन बढि आउने गर्दछन् ।’ यो समय पर्यटकका लागि बौडेश्वर उचित पर्यटकिय स्थल हो । काठमाडौं कोलाहल र धुलोधुवाँबाट छुट्कारा पाउन अहिले बौडेश्वरमा जाने मानिसहरुको भिँड लाग्ने गरेको छ ।

टोखा नगरपालिकाले झोर क्षेत्रको पूर्वाधार विकासका लागि उच्च प्राथमिकता दिएर पर्यटकीय गन्तव्य निर्माण गरेको छ । बौडेश्वर क्षेत्रमा पर्यटकहरुको आकर्षित गन्तब्य बनाउनका लािग नगरपालिकाले सो रकमको गुरुयोजना तयार परी पार्क लगायतका भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको हो ।

नगरपालिकाले गुरुयोजनामा मनोरञ्जनपार्क, मन्दिर, रक क्लाइम्बिङ, पिक्निक स्पोट्स र फुटवल ग्राउण्ड निर्माण गर्ने गुरुयोजनामा उल्लेख गरेको छ । बौडेश्वर क्षेत्रमा सडक स्तरोन्नती गरिएको छ भने झरनाको ड्याम निर्माण, मनोरञ्जनात्मक पार्क,पिक्निक स्पोट र बालमैन्त्री पार्क नजिकै अन्य संरचनाहरुका कार्य भएका जनाइएको छ ।

चार रोपनी जग्गामा निर्माणाधीन पार्कमा टोखा नगरपालिका, काठमाडौं महानगरपालिका र संघीय सरकारको समेत सहयोग छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बौडेश्वरमा प्राकृतिक झरना मात्र भएकोले पर्यटकहरुलाई भुलाउन र मनोरञ्जन गराउनको माध्यमका रुपमा पार्कले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘काठमाडौंमा पर्यटकका लागि निशासिने अवस्था छ’, उहाँले भन्नुभयो, “बौडेश्वर प्राकृतिक सुन्दरताले रमणिय भएकोले यहाँ आएर जोकोही पनि पर्यटकले आनन्द लिन सक्छन् ।”

नगरपालिकाको झोरमा अवस्थित बौडेश्वर क्षेत्र प्राकृतिक रुपमा मात्र होइन साँस्कृतिक र धार्मिक रुपले पनि भरिपूर्ण छ । सरकारले बौडेश्वरलाई उचित प्राथमिकताका साथ भौतिक संरचनाहरु निर्माण गरे पर्यटकहरुको आकर्षण बढ्ने कुरामा दुईमत छैन ।

The post जाउँ है घुम्न बौडेश्वर झरना र पार्कमा appeared first on Jana Aawaj News.