भक्तपुरको कला – Jana Aawaj News

भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठी
भक्तपुर, २५ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजना र नेपाली इतिहास, संस्कृति तथा पुरातत्व, केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको सहकार्यमा भएको भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठीको आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

कार्यक्रमको समुद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको सम्पत्तिको रुपमा रहेको भक्तपुरको सांस्कृतिक सम्पदाहरु जोगाउने अभियानलाई निरन्तरता दिँदै जानुपर्ने बताउँदै ‘हाम्रो सम्पदा जोगाउने दायित्व हामी सबैको साझा कर्तव्य हो’ भन्नुभयो ।

नेपालको कला, संस्कृति, पुरातत्व, इतिहासबारे अध्ययन अनुसन्धानमा प्रज्ञाप्रतिष्ठान, विश्वविद्यालय र पुरातत्व विभागहरुबीच आपसी समन्वय आवश्यक भएको बताउँदै उहाँले यस किसिमका महत्वपूर्ण विषयका कार्यशालाहरु आयोजना गरी समाजका समस्याबारे छलफल गर्नु उपयुक्त हुने बताउनुभयो । कला, संस्कृति आदि विषयमा पनि भौतिकवादी दृष्टिकोणले अध्ययन गर्नुपर्नेमा जोड दिँदै उहाँले देश निर्माण मा विदेशीसँग माग्ने प्रवृत्तिले देशलाई झन् कमजोर र परनिर्भर बनाउँदै लगेको प्रष्ट पार्नुभयो ।

इतिहास, संस्कृतिका विद्यार्थीहरुले नेपाल र विभिन्न देशको इतिहास अध्ययनलाई पनि निरन्तरता दिनुपर्ने बताउँदै विद्यार्थीहरुलाई राजनीति गर्न प्रेरित गर्नुपर्छ भन्नुभयो । इतिहास अध्ययन र उत्खनन्मा भाषाको महत्वबारे प्रष्ट पार्दै उहाँले पुरातत्वको काम वैज्ञानिक काम हो, अन्धविश्वासलाई चिर्दै भौतिकवादी व्याख्या आवश्यक भएको बताउनुभयो । उहाँले सम्पदाको महत्वबारे विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै प्रशिक्षित गर्नुपर्ने बताउँदै भक्तपुरको ९९ चोक उत्खनन्मा पनि नपाले जोड दिनुपर्ने बताउनुभयो ।

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले समाजका विद्धत र बौद्धिक वर्गले समाजसँग जोडिएर यस किसिमको अन्तरक्रिया र गोष्ठी कार्यक्रमहरु आयोजना भएमा समाजले नवीनत्तम विचारको पाउने र समाजले परिवर्तनको आभास गर्ने बताउनुभयो । उहाँले सम्पदा संरक्षण र देश निर्माणमा विदेशीको भर पर्नु आफैमा उपनिवेशवादी सोच भएको बताउँदै मगन्ते प्रवृत्तिले देशलाई कता लान्छ भन्ने विषयमा शासक दलहरुले बेवास्ता गरिरहेको बताउनुभयो । भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षणलाई जीवन र समाजसँग जोडेर समाजलाई प्रगतिशील ढंगले अगाडि बढाउने विषयमा सोच्नुपर्ने बताउँदै समाजलाई सुन्दरीकृत गरी अब नयाँ युगको सेवा गर्ने ढंगले नगरपालिका अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलले भक्तपुर नपाले इतिहास, संस्कृति, भाषा आदि विषयमा स्नातकदेखि पीएचडीसम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आइरहेको अवगत गराउँदै हाल भक्तपुर नपाको छात्रवृत्तिमा ८ जना विद्यार्थीहरु एम.फिल र पी.एच.डी अध्ययन गरिरहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाको विषयमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरुलाई विषयवस्तुको आधारमा आर्थिक सहायता पनि प्रदान गर्दै आइरहेको र भक्तपुर नपाले लोपोन्मुख सम्पदाहरु संरक्षण गरी नयाँ पुस्तामा पुस्तान्तरण र हस्तान्तरण गर्ने कार्यमा जोड दिँदै आएको बताउनुभयो ।

भक्तपुर नपाले जनताको सहयोगमा सम्पदा पुनःनिर्माण गर्ने नीतिअनुसार २०७४ र २०७९ को स्थानीय तहको निर्वाचन पश्चात १५० वटा भन्दा बढी सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको बताउँदै उहाँले भक्तपुरमा सम्पदासम्बन्धी अध्ययन अनुसन्धान गर्ने विषय धेरै रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको कला–संस्कृति र इतिहासबारे प्रस्तुतीकरण देखाउनुभयो ।

त्यस्तै इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरबारे चार दशको आफ्नो अध्ययन अनुसन्धानबाट भक्तपुरको इतिहास, संस्कृतिबारे नुतन कुराहरु पत्ता लागेको बताउँदै भक्तपुर खुल्ला आकाशमुनिको संग्रहालय, विश्वविद्यालय र पुस्तकको रुपमा पाएको बताउनुभयो ।

उहाँले भक्तपुर नेपाल मण्डलको सांस्कृतिक राजधानीको रुपमा रहँदै आएको स्मरण गर्दै मूर्त र अमूर्त सम्पदाको अथाह ज्ञानको भण्डार पनि हो भन्नुभयो ।

कार्यक्रममा बोल्दै पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले कला, संस्कृति, इतिहासजस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्दै भक्तपुर नपाले यहाँको मौलिक स्वरुप बचाएर सम्पदा संरक्षण कार्यलाई अगाडि बढाएको विषय प्रशंसनीय भएको बताउनुभयो । सम्पदा संरक्षणको लागि अध्ययन अनुसन्धान भए पछि मात्र त्यसको मौलिकता जगेर्ना हुने कुरामा जोड दिँदै उहाँले विश्वविद्यालयहरुले विद्यार्थीहरुलाई उत्साहित गर्दै अनुसन्धानतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाले कार्यक्रमको पृष्ठभूमिबारे स्पष्ट पार्दै त्रिभुवन विश्वविद्यालयबाट नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषयमा स्नातक, एम.फिल र पीएचडीसम्म अध्ययन र सोधपत्र तयार गर्ने कार्य भइरहेको बताउँदै गोष्ठीबाट तयार भएका कार्यपत्रले भक्तपुरको सम्पदा संरक्षणमा समेत टेवा पुग्ने बताउनुभयो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्टार पेशल दाहालले सांस्कृतिक राजधानीको रुपमा रहेको भक्तपुरमा सम्पदा, संस्कृति र पुरातत्व विषयमा भएको कार्यक्रम निकै फलदायी हुने अपेक्षा गर्दै भक्तपुरको विगतको अवस्था र आजको अवस्थामा शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतका क्षेत्रमा धेरै विकास भइसकेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नपाका विविध गतिविधिबारे प्रष्ट पार्नुभयो ।

The post भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठी appeared first on Jana Aawaj News.