भक्तपुर काण्ड – Jana Aawaj News

भक्तपुर काण्ड : सरकारी तवरबाट भएको नियोजित षड्यन्त्र
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा पञ्चायती राज्यस्तरबाट रचित २०४५ सालको भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘भक्तपुर काण्ड’ सरकारी तवरबाट भएको नियोजित षड्यन्त्र भएको स्पष्ट पार्नुभयो । जनप्रतिनिधि र राजनीतिक कार्यकर्ताहरू पद र पैसाको निम्ति नभई देश र जनताको निःस्वार्थ सेवामा लाग्नुपर्ने बताउँदै उहाँले अन्यायको विरोध नगर्ने कम्युनिष्ट नहुने बताउनुभयो ।नगरपालिकाका कर्मचारीहरूले आफ्नो पदअनुसार इमानदारीपूर्वक काम गर्न मार्गनिर्देश गर्दै उहाँले नैतिक रुपमा पतन भएका व्यक्तिको समाजमा कुनै इज्जत हुँदैन भन्नुभयो । राजनीतिक कार्यकर्ताहरू सैद्धान्तिक रुपमा परिपक्व हुनुपर्ने भन्दै उहाँले जनप्रतिनिधि र कार्यकर्ताहरूले व्यक्तिगत फाइदा भन्दा पनि समाजको हितको निम्ति काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सम्पत्तिको लागि झुट काम गर्ने र जनप्रतिनिधि भएर व्यक्तिगत फाइदा लिनेहरू गलत हुन् भन्नुभयो । उहाँले भन्नुभयो, ‘राजनैतिक कार्यकर्ता र कर्मचारीहरूले निरन्तर अध्ययन गर्नुपर्छ । देशमा क्रान्ति भएमा सबै जनताको लागि राम्रो हुन्छ ।’

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्डबारे नयाँ पुस्तालाई सचेत पार्ने उद्देश्यले यस घटनाबारे चर्चा परिचर्चा आवश्यक भएको बताउनुभयो । पुँजीवादी व्यवस्थामा छालछाम, जालझेल र षड्यन्त्र स्वाभाविक विषय भएको बताउँदै उहाँले भक्तपुर काण्डलाई न्यायपालिकामाथि हस्तक्षेप भएको घटनाको रुपमा स्मरण गर्नुभयो ।

भक्तपुर काण्डमा समातिएकाहरूलाई युद्धमा हारेकालाई भन्दा पनि दर्दनाक यातना दिइएको बताउँदै उहाँले शासकहरू आफ्नो सत्ता टिकाउन जस्तोसुकै कठोर निर्णय गर्न पनि पछि नहट्ने विचार राख्नुभयो ।

शासकहरूले जस्तोसुकै कठोर नीति अवलम्बन गर्नसक्ने, शत्रुहरूले साम, दाम, दण्ड र फुटको नीति अवलम्बन गर्ने, इमानदार कार्यकर्ताहरू शासकहरूको आँखाको तारो बन्न सक्ने, संख्याभन्दा विचार र सिद्धान्त महत्वपूर्ण हो भन्ने भक्तपुर काण्डले शिक्षा दिएको छ’ – उहाँले भन्नुभयो ।

त्यस्तै उपप्रमुख रजनी जोशीले भक्तपुर काण्डबाट भक्तपुरका महिलाहरूलाई राजनीतिक र सामाजिक रुपमा साक्षर र संगठित गर्ने अभियानको सुरुवात भएको बताउँदै भक्तपुर काण्डलाई संघर्षको रुपमा स्मरण गर्नुपर्ने बताउनुभयो ।

भनपा वडा नं. १० का पूर्व वडाध्यक्ष चन्द्रबहादुर उलकले भक्तपुर काण्डबारे आफ्नो अनुभव सुनाउँदै नेमकिपाविरुद्ध अहिले पनि शत्रुहरू सक्रिय रहेको हुँदा पार्टी कार्यकर्ताहरू सचेत र संगठित हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नेमकिपालाई समूल नष्ट गर्न राज्यस्तरबाट रचिएको नियोजित षड्यन्त्र भएको बताउनुभयो ।

कार्यपालिका सदस्य रोशनमंैया सुवालले समाज परिवर्तनको निम्ति महिलाहरू राजनैतिक रुपमा सचेत हुनुपर्ने पाठ भक्तपुर काण्डबाट प्राप्त भएको बताउँदै भक्तपुर काण्डमा महिलाहरूमाथि निकै अभद्र व्यवहार भएको बताउनुभयो ।

नेपाल नगरपालिका कर्मचारी एशोसियसन भ.न.पाका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर काण्डमा भक्तपुर नपाका कर्मचारीहरूलाई झुटो मुद्दा लगाई क्रुर यातना दिइएको बताउनुभयो ।

उक्त कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

The post भक्तपुर काण्ड : सरकारी तवरबाट भएको नियोजित षड्यन्त्र appeared first on Jana Aawaj News.