भक्तपुर क्यान्सर अस्पताल – Jana Aawaj News

भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी, मोडुलर ओ.टी र अत्याधुनिक सिटी स्क्यानद्धारा सेवा शुरु
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु गरेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री मा. प्रदिप पौडेलले बुधबार एक समारोहबीच उक्त मेसिनहरूको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरु तत्पर रहनुपर्ने बताउनुभयो ।

विशिष्टकृत सेवा सुविधा सरलीकृत ढंगबाट प्राप्त गर्न नसकिरहेको बताउँदै उहाँले विशिष्टीकृत सेवा सरलीकृत ढंगबाट सहज माध्यमबाट प्राप्त गर्ने माध्यम स्वास्थ्य बीमा भएको बताउँदै आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुमा चिनी करको व्यवस्था गरी त्यसबाट प्राप्त हुने रकम बीमामा जम्मा गर्न सकिने उल्लेख गर्नुभयो ।

१६ लाख घरपरिवार नेपाल सरकारको स्वास्य बीमामा आबद्ध रहेको बताउँदै उहाँले बीमा गरेबापत जम्मा हुने प्रिमियमलाई बीमा कोषमा जम्मा गर्न सके बीमामार्फत स्वास्थ्य सेवालाई व्यवस्थित र सर्वसुलभ ढंगले सेवा प्रदान गर्न सकिने उहाँले बताउनुभयो ।

प्रमुख पौडेलले बीमाको स्रोत सुनिश्चित गर्न आवश्यक भएको भन्दै स्वास्थ्य उपचारकै कारण लाखौं जनता गरिबीको रेखामुखि पुगेको हुँदा नसर्ने रोगहरुबारे नागरिकलाई रोग नलाग्ने उपाय र चेतना जगाउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का माननीय सांसद प्रेम सुवालले अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा अस्पताल विकास समिति, कर्मचारी, डाक्टर, नर्सको योगदान महत्वपूर्ण हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाको व्यवस्थापनमा सल्लाघारीमा ख्वप विश्वविद्यालय स्थापना गरी देश विदेशका विद्यार्थीहरुलाई सर्वसुलभ ढंगले उच्च शिक्षा अध्ययन गर्ने व्यवस्थाको योजना रहेको उहा“ले सोही क्रममा बताउनुभयो ।

भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एउटै बनाएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने विषयमा यसअघि पनि छलफल भइसकेको प्रसंग जोड्दै उहाँले दक्ष चिकित्सक र दक्ष जनशक्ति तयार गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठापन सञ्चालन गर्नु आवश्यक भएको बताउनुभयो ।

योग्यताअनुसारको काम र कामअनुसारको पारिश्रमिकको बन्दोबस्त भयो भने चिकित्सक र कर्मचारीहरु उत्साहित हुने बताउँदै उहाँले सेवाको स्थायित्व र बढुवाले कर्मचारीहरुको मनोबल अझ उँचो हुने बताउनुभयो ।

उहाँले नाफा कमाउने भन्दा पनि सेवाको भावनाले स्वास्थ्य संस्थाहरु सञ्चालन हुनु आवश्यक भएको उल्लेख गर्दै रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रु खानाको सेवनले पनि नसर्ने रोगको जोखिम बढाउँदै लगेको भन्दै सांसद सुवालले पत्रु खाना (जंक फुड) को उत्पादन र बिक्री वितरणमा रोक लगाउनु आवशयक छ भन्नुभयो ।

नेपाली जनता घरखेत बेचेर रोगको उपचार गर्न बाध्य छन् भन्दै उहाँले मन्त्री, प्रधानमन्त्री र सरकारका मुख्य मुख्य व्यक्तिहरुले नेपालमै स्वास्थ्य उपचार गर्ने वातावरण सिर्जना गर्नु आवश्यक भएको बताउनुभयो ।

त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा सुविधायुक्त स्वास्थ्य उपकरणहरु थप भएसँगै क्यान्सर पीडित जनतालाई स्वास्थ्य सेवा पाउन सहज भएको बताउँदै नेपाल सरकारले क्यान्सरका बिरामीहरुको निःशुल्क उपचार गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सातवटै प्रदेशमा क्यान्सर अस्पताल सञ्चालन गर्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण गर्दै सरकारी अस्पतालहरु सुविधासम्पन्न भए निजी अस्पतालमा गएर उपचार गर्नुपर्ने बाध्यताबाट मुक्त हुने बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पताल स्थापना गर्न भक्तपुर नपाले जग्गा उपलब्ध गराइ सहयोग गरेको, अस्पतालमा ब्याप्त भ्रष्टाचार र अनियमितलाई रोक्न भक्तपुर नपाले गरेको पहल आदि प्रसंग स्मरण गर्दै उहाँले कुनै पनि संस्थाको भवन र उपचारलाई सुविधायुक्त बनाई जनशक्तिलाई दक्ष बनाउन सके संस्था दिगो रुपमा सञ्चालन हुने बताउनुभयो ।

प्रमुख प्रजापतिले आधुनिक र सुविधासम्पन्न भवन निर्माणको लागि बजेटको व्यवस्था गर्नुपर्ने, कानुन बमोजिम दर्ता नभएका एनजीओ तथा आइएनजीओका प्रतिनिधि कुनै सरकारी संस्थाहरुको सदस्य मनोनयन गर्न नहुने, कर्मचारी विनियमको तत्काल संशोधन गरी कर्मचारीलाई स्थायित्व दिनुपर्ने, संघले सबै सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाउन सहयोग गर्नुपर्ने, सबै प्रदेशहरुमा क्यान्सर अस्पताल निर्माण गर्नुपर्ने र क्यान्सरका सबै उपचार निःशुल्क गर्नुपर्नेलगायतका विषयमा स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापा, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक उज्ज्वल चालिसेले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा मन्त्री पौडेलले नेपाल सरकारको सहयोगबाट स्थापना भएको मोडुलर ओ.टी र २५६ स्लाइसको सीटी स्क्यान मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो भने नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारबाट भक्तपुर क्यानसर अस्पतालको लागि अनुदानस्वरुप उपलब्ध भएको रेडियोथेरापी मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

The post भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी, मोडुलर ओ.टी र अत्याधुनिक सिटी स्क्यानद्धारा सेवा शुरु appeared first on Jana Aawaj News.