भक्तपुर नगरपालिका नगर सभा – Jana Aawaj News

भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभा उद्घघाटन
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभाको  एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सचिव सुवालले भक्तपुर नगरपालिकाका जनप्रतिनिधि जनभावनाबमोजिम कार्य गर्न निर्देशन दिनुहुँदै नगरपालिकाका कर्मचारीहरुले आफ्नो योग्यताअ र क्षमताअनुसारको काम गरी संस्थाको उन्नति र प्रगतिमा थप योगदान गर्न मार्गनिर्देशन गर्नुभयो ।

सफा, स्वच्छ र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले अगाडि बढिरहेको भक्तपुर नगरपालिकाभित्र अवस्थित औद्योगिक क्षेत्रका प्रदूषणयुक्त उद्योग तथा कलकारखानाहरु बन्द गराउनुपर्ने धारणा राख्दै भक्तपुरको सीप र श्रमसँग जोडिएका उद्योगहरुलाई पुनःस्थापना गर्नु आवश्यक रहेको बताउनुभयो ।

नेपालको अनुमतिविना भारतीय दूतावासले नेपालमा २० करोड खर्च गर्न पाउने सम्झौताले नेपाल भारतको उपनिवेश बन्ने खतरा भएको बताउँदै उहाँले सरकारले उक्त सम्झौता तत्काल खारेज गर्नुपर्ने धारणा राख्नुभयो ।

युद्ध र नरसंहारको विरोध गर्नेहरु देशभक्त हुन सक्दैन उहाँले संरा अमेरिकाको आडमा इजरायलले प्यालेष्टाइनमाथि गरेको युद्धको विरोधमा नेमकिपाले देशका विभिन्न जिल्लाहरुमा विरोध र भत्र्सना कार्यक्रमको आयोजना गरी प्यालेष्टाइनी जनताप्रति ऐक्यबद्धता जनाउने कार्य गर्दै आएको विचार राख्नुभयो ।

सांसद सुवालले सरकारले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिमा ढिलाइ गर्दा भक्तपुरका जनता विश्वविद्यालय शिक्षाबाट बञ्चित भइरहेको बताउँदै उहाँले नयाँ पुस्तालाई विद्यालयतहदेखि नै देशभक्तिपूर्ण भावनाबाट शिक्षित गर्नु आवश्यक भएको बताउनुभयो ।

सफा र स्वच्छ सरह निर्माणको लागि देशको सन्तुलित विकास आवश्यक भएको बताउँदै सांसद सुवालले ५५ वर्ष अगाडिदेखि सञ्चालनमा रहेको भक्तपुरको सल्लाघारीस्थित दुग्ध चिस्यान केन्द्र हाल बन्द अवस्थामा रहेको र केन्द्रलाई पुनःसञ्चालन गर्नुपर्ने माग जनताहरुको रहेको बताउनुभयो ।

निजी गरिएका सार्वजनिक जग्गाहरुको प्राप्त प्रमाणका आधारमा पुनः सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले नेपालका प्रधानमन्त्री तथा मन्त्रीहरुसँग देश विकासको खाका नै नभएको र शासकहरु कुनै सिद्धान्त र नैतिकता विना नै राजनीति गरिरहेकै कारण देशले बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०८० साउन १ गतेपछि भक्तपुर नगरपालिकाले गरेका विभिन्न कार्य तथा गतिविधिहरुबारे संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय जनताको लागि छिटो छरितो सेवासुविधा प्रदान गर्न अधिकार सम्पन्न स्थानीय तहबाट मात्र सम्भव भएको बताउनुभयो ।

उहाँले स्थानीय तहको स्वायत्ततामाथि कर्हींकतैबाट हुने हस्तक्षेप स्वीकार्य नभएको बताउँदै स्थानीय तह बलियो हुनु भनेको प्रजातन्त्रको जग बलियो हुनु हो भन्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो ।

संघ र प्रदेश सरकारहरु संविधानले स्थानीय तहलाई प्रदान गरिराखेका अधिकारहरु समेत विभिन्न बहानामा फिर्ता गर्ने कोसिस भइरहेको बताउँदै उहाँले संविधानले संघीय राज्य घोषणा गरे पनि स्थानीय तहहरुले संघीयता कार्यान्वयनमा निकै चुनौतीहरु भोग्दै आएको बताउनभुयो । उहाँले संघ र प्रदेश सरकार सञ्चालन गर्नेहरुले एकात्मक र केन्द्रीकृत सोच नत्यागेसम्म संघीयताको राम्रो कार्यान्वयन हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले अहिलेको नयाँ पुस्ता सुसंस्कृत जीवनको खोजीमा रहेको बताउँदै नयाँ पुस्ताले परिकल्पना गरेको समाज नेपालमै निर्माण गर्न सकेको खण्डमा उनीहरुले आफ्नै देशमा परिवर्तनको आभाष गर्ने बताउनुभयो । भक्तपुरको सम्पदा संरक्षण सँगसँगै नगरको सुन्दरीकरण, हरियाली व्यवस्थापन, पार्क निर्माणलगायतका विषयमा पनि नपाले ध्यान दिनु आवश्यक भएको बताउँदै सांसद गोसाइँले समाजवादी विचार र व्यवस्थाबारे व्यापक जनतामाझ प्रचारप्रसारबाट नै नेपालमा समाजवादी व्यवस्था स्थापनामा टेवा पुग्ने बताउनुभयो ।

उहाँले भक्तपुरमा समाजवादको अभ्यास भइरहेको चर्चा व्यापक रहेको बताउँदै भक्तपुर अहिले अध्ययनको केन्द्रको रुपमा पनि विकास भइरहनु सकारात्मक सन्देश भएको बताउनुभयो । भक्तपुरका वाचनालय, पुस्तकालय व्यवस्थित गर्नु आवश्यक रहेको बताउँदै सांसद गोसाइँले भक्तपुर प्रजातन्त्रवादी पक्षधर, प्रगतिशील र क्रान्तिकारीहरुको नगरको रुपमा पनि परिचित रहेको धारणा राख्नुभयो ।

भक्तपुर नपाले आफ्ना गतिविधि र समयसान्दर्भिक लेखहरु समावेश गरी नियमित रुपमा पुस्तक प्रकाशन गरी सुन्दर र सुसंस्कृत अभ्यासको थालनी गरिरहेको बताउँदै उहाँले विचारको अनुभव आदानप्रदान गर्ने संस्कृति विकाससँगै समाज र नगर विकासमा समेत यसले उल्लेखनीय भूमिका खेलिरहेको बताउनुभयो ।

बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले नगरसभाको पूर्ण सफलताको शुभकामना दिँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका गरेका विविध गतिविधिबारे सिंहावलोकन गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपालमा संघीयता असफल हुनुमा शासक दलहरुको दुरदर्शीता र विषयवस्तुबारे जानकारी अभावको कारण भएको बताउँदै नेपाललाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा अगाडि बढ्न भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीति बाधकको रुपमा रहेको बताउनुभयो ।

भक्तपुर नपा लामो समयदेखि स्वायत्त निकायको रुपमा विकास गर्ने प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै सांसद सैंजुले प्रदेश सरकारहरु अहिले भागबण्डा र ठेक्कापट्टाको अखडाको रुपमा सञ्चालित रहेको प्रष्ट पार्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले यहांका सम्पदा, संस्कृति र सभ्यतासंग जोडिएका मूल्य मान्यता र धरोहरबारे विज्ञहरुमार्फत अनुसन्धान र अन्वेषण गराई नयां पुस्तालाई सिकाउंदै जानुको साथसाथै ज्ञान विज्ञानको केन्द्र बनाउन आधारहरु तय गर्दै जाने दिशामा अग्रसर भइरहेको बताउनुभयो । उपप्रमुख जोशीले सभ्य समाज निर्माण कार्यमा भक्तपुर नपा समयसापेक्ष ढंगले अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

भक्तपुर जिल्ला प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुर नपाले शिक्षा र स्वास्थ्य जस्ता विषयलाई प्राथमिकता राखी गरेको लगानीबाट नगरबासीहरु लाभान्वित भएको बताउँदै भक्तपुर नपाले गरेको व्यवस्थित बस्ती विकास यहाँको अर्को विशेषता रहेको बताउनुभयो । नपाभित्र रहेका सहकारी र सहकारी पीडितहरुको अनुगमन र समस्या समाधानतर्फ पनि भक्तपुर नपा क्रियाशील हुनुपर्ने बताउँदै पर्यटकमैत्री पूर्वाधार विकासतर्फ पनि नपाले ध्यान दिनुपर्ने बताउनुभयो ।

The post भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभा उद्घघाटन appeared first on Jana Aawaj News.