भक्तपुर नपा – Jana Aawaj News

भक्तपुर नपाको बेखालमा स्वास्थ्य सेवा केन्द्रबाट शेवा शुरु
जन आवाज न्युज/भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिका वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्रको बिहिवार एक कार्यक्रमबीच उद्घघाटन गर्नुभयो ।

स्वास्थ्य सेवा केन्द्रको उद्घघाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित बेखाल स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवाको शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै सांसद सुवालले नगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य सेवा केन्द्र जनताको साझा संस्था भएकोले यसको संरक्षण र संवद्र्धनमा जनताको सहभागिता आवश्यक भएको बताउनुभयो ।

निःस्वार्थपूर्वक जनताको सेवा गर्ने उद्देश्यले नेपाल मजदुर किसान पार्टीको स्थापना भएको बताउँदै उहाँले सरकारले जनताको सहभागिता र अमानतमा काम गराउनु नै सामाजिकीकरणको नीति लिएको ठहर्ने बताउनुभयो ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा ब्याप्त भ्रष्टाचारका कारण आयोजनाको काममा ढिलाइ भइरहेको बताउँदै उहाँले भारतनिर्भर अर्थतन्त्रले नेपालको कहिल्यै हित नहुने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई स्वर्णिम युगमा प्रवेश गरेको घोषणा गरी अहंकार प्रदर्शन गरिरहेको बताउँदै उहाँले विश्व स्वास्थ्य संगठन र पेरिस सम्झौताबाट बाहिरिने घोषणाबाट ट्रम्पको विश्वव्यापी रुपमा आलोचना भइरहेको बताउनुभयो । उहाँले विश्वलाई नै एकसाथ माथि उठाउने नीतिमा अमेरिकाले आफ्नो आवाज बुलन्द बनाउनुपर्ने बताउनुभयो ।

नेपालले उत्पादन गरेको बिजुली आफैले खपत गर्ने रणनीति बनाउनुपर्ने बताउँदै सांसद सुवालले सस्तोमा नेपालको बिजुली भारतलाई बेचेर महँगोमा भारतीय उत्पादन किन्ने नीतिले देशको कहिल्यै भलो नहुने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टी स्थापनाको ५१ औं वर्षको अवसरमा बेखाल स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको बताउँदै पद र पैसाको लोभ नगरी कामदार वर्गलाई शासक वर्गको रुपमा उठाउने उद्देश्यका साथ नेमकिपाको स्थापना भएको बताउनुभयो ।

भक्तपुर नपाले लामो समयदेखि प्रतिक्षारत ख्वप विश्वविद्यालय स्थापनाको लागि संसदबाट विधेयक पारित गराउन निरन्तर जोड दिँदै आएको बताउँदै भक्तपुर नपाले हाल ६ वटा वडामा स्वास्थय सेवा केन्द्र सञ्चालन गरिसकेको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा भक्तपुर नमुनाको रुपमा विकास भइरहेको बताउँदै उहाँले सरकारले सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेे धारणा व्यक्त गर्नुभयो ।

भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले भक्तपुर नपाले चुनावी घोषणापत्रअनुसार कामदार वर्गको हितमा काम गरिरहेको बताउँदै भक्तपुर नपा जनताका आधारभूत समस्याहरू समाधानको निम्ति प्रयासरत रहेको बताउनुभयो ।

स्वास्थ्य केन्द्र व्यवस्थापन वडाबासीहरुको साझा कर्तव्यअन्तर्गत पर्ने बताउँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित सीपमूलक तालिमबाट धेरै नगरबासीहरु लाभान्वित भएको बताउनुभयो ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बेखाल स्वास्थ्य सेवा केन्द्र हाललाई दिउँसो ३ बजेदेखि ६ बजेसम्म सञ्चालन गरी आगामी दिनहरुमा विशेषज्ञ सेवा थप गर्दै लाने बताउनुभयो ।

स्वास्थ्य बीमा बोर्डले ख्वप अस्पताललाई रु. २५ करोड भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउँदै उहाँले स्वास्थ्य बीमाको भुक्तानी नपाउँदा अस्पताल सञ्चालन र व्यवस्थापनमा समेत समस्या भएको बताउनुभयो ।

कार्यक्रममा नेमकिपा भनपा वडा नं. १० का पार्टी इन्चार्ज लक्ष्मीप्रसाद चवाल र वडा सदस्य जितेन्द्र मुनंकर्मीले पनि बोल्नुभएको थियो ।

कार्यक्रमको उद्घाटनपश्चात प्रमुख अतिथि सुवाल र नगर प्रमुख प्रजापतिलगायतले बेखाल स्वास्थ्य केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

The post भक्तपुर नपाको बेखालमा स्वास्थ्य सेवा केन्द्रबाट शेवा शुरु appeared first on Jana Aawaj News.

भक्तपुर नपाको १७ औं नगरसभा सम्पन्न
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको सत्रौं नगरसभाको आज एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घघाटन गर्नुभयो ।

कार्यक्रममा सचिव सुवालले भक्तपुरलाई सुन्दर र स्वच्छ नगरको रुपमा विकास गर्न कुहिने र नकुहिने फोहोर अलग अलग संकलनको लागि नगरबासीहरुलाई सचेत पार्नुपर्ने बताउँदै भक्तपुरको सांस्कृतिक र पर्यटकीय महत्वको विषय स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो ।

शिशुस्याहार तथा बालविकास केन्द्रलाई प्राथमिकतामा राख्नुपर्ने र शिक्षक तथा आयालाई समयसापेक्ष तालिमहरु दिनुपर्नेमा जोड दिँदै उहाँले पुरानो नगरभित्र भूकम्पबाट क्षतिग्रस्त घरहरु पुनःनिर्माणको लागि नगरबासीहरुलाई प्रोत्साहन गर्नुपर्ने र नागरिकहरुलाई देशभक्त बन्न उत्साहित गर्नुपर्छ भन्नुभयो ।

विद्यार्थीहरुलाई सातै घण्टा अध्ययन अध्यापन गराउने भन्दा पनि अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले जोड दिनुपर्ने बताउँदै उहाँले नगरपालिकामा दर्ता नभएका सहकारी संस्थाहरुको सञ्चालनमा रोक लगाउनुपर्ने धारणा राख्नुभयो ।

भक्तपुर नपाले परम्परागत खेल र नृत्यलाई पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने, तीन–तीन महिनामा विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था राख्नुपर्ने, प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने, शिक्षण विधिबारे शिक्षकहरुलाई तालिम दिनुपर्ने, श्रमप्रति सम्मान गर्न विद्यार्थी सिकाउनुपर्ने, मादकपदार्थ, लागूपदार्थ, पत्रुखाना र पेयपदार्थहरुको बिक्री वितरणलाई निरुत्साहित गर्नुपर्ने जस्ता सकारात्मक र रचनात्मक सुझावहरु पनि दिनुभयो ।

देशको समसामयिक विषयमाथि प्रष्ट पार्दै उहाँले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नेतर्फ सत्तासीन दलका नेताहरु लागिपरेको बताउँदै देशका कम्युनिष्ट भनिने शासकहरु पनि निजीकरणको विरोधमा आवाज नउठाउनु देशको लागि बिडम्बना भएको बताउनुभयो ।

देशका उद्योग तथा कलकारखानाहरुलाई डुबाएर देशका युवाहरुलाई रोजगारीको बहानामा विदेश पठाउने सरकारको नियोजित षड्यन्त्र भएको बताउँदै उहाँले सरकारले ल्याएको निजीकरणको नीतिको देशप्रेमी जनताले विरोध गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका थुप्रै चुनौतिहरुबीच संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादउन्मुख बाटोमा अगाडि बढिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माण र युवाहरुलाई रोजगारलक्षित कार्यक्रमहरु गरेर त्यही लक्ष्य प्राप्तिका आधारहरु निर्माणमा जोड दिँदै आएको बताउँदै उहाँले नेपाल मजदुर किसान पार्टीको सिद्धान्त, नीति र निर्देशनअनुसार देश र जनताको सेवा गर्नुलाई नै आफ्नो कर्तव्य ठानेको बताउनुभयो ।

पारदर्शिता, इमानदारिता र आर्थिक अनुशासनलाई ध्यानमा राखेर भक्तपुर नपाले काम गरिरहेको बताउँदै प्रमुख प्रजापतिले देश र जनताको सेवा गर्नेबाहेक जनप्रतिनिधिहरुको अर्को कुनै स्वार्थ नभएको स्पष्ट पार्नुभयो ।

ख्वप विश्वविद्यालय स्थापना गर्ने भक्तपुरबासी जनताको चाहना भएको बताउँदै उहाँले ख्वप विश्वविद्यालय विधेयक पारित भएमा भक्तपुर नपाले चिकित्सालगायत अन्य क्षेत्रमा पनि सेवा गर्ने अवसर पाउने बताउनुभयो ।

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले नगरसभा पूर्ण सफलताको शुभकामना दिँदै नगरलाई थप उचाइमा पु¥याउन नगरसभा क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुरको नयाँ बस्तीहरुको नामांकरणमा विशेष जोड दिन आग्रह गर्दै उहाँले पुराना बस्तीमा पनि मौलिक नाम जगेर्ना गर्न तदारुकता अपनाउनुपर्ने जनताको चाहना रहेको बताउनुभयो ।

इतिहाससँग जोडिएको भक्तपुरको जगातीको महत्वपूर्ण पक्षलाई अध्ययन अनुसन्धान गरी त्यसको महत्व उजिल्याउन आवश्यक भएको बताउँदै सांसद गोसाईंले भक्तपुर नपाले एकीकृत विकास प्रणालीमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले च्याम्हासिंहदेखि कमलविनायकको फुटपाथ व्यवस्थापन गर्नुपर्ने बताउँदै भूकम्पीय जोखिम न्युनीकरणमा नपाले आवश्यक तयारी पनि गर्नुपर्ने देखिएको छ भन्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपालाई उत्कृष्ट नगर बनाउन मार्गनिर्देश गर्नुहुने नेमकिपाका अग्रज र नपाका हरेक काममा साथ र सहयोग दिने नगरबासीहरुमा हार्दिक धन्यवादज्ञापन गर्नुभयो ।

भक्तपुर नपाले सांस्कृतिक गतिविधि संरक्षण, सम्बर्दन र प्रवद्र्धनको लागि प्रत्येक वर्ष सांस्कृतिक बाजा प्रतियोगिताका साथै सांस्कृतिक गुरु सम्मान कार्यलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।

भक्तपुर जिल्ला प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुर नपाले नागरिकहरुलाई सेवा प्रदान गर्न समर्पणभावले काम गरिरहेको बताउँदै शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रमा गरेको उपलब्धी प्रशंसनीय भएको बताउनुभयो ।

उहाँले नगरमा सुशासन कायम र समृद्धि हासिल गर्ने विषयमा पनि नपाले प्राथमिकताका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले पर्यटन क्षेत्रमा उपलब्धी हासिल गर्न नगरसभाले पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप ईन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेजबाट प्रवाहित सेवा सुविधा र कलेजमा अध्ययन गरेका विद्यार्थी संख्याबारे अवगत गराउनुभयो भने ख्वप अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ल अस्पतालका सेवाहरुबारे जानकारी गराउनुभयो ।

नगरसभाको उद्घघाटन कार्यक्रममा भ.न.पा.का प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो भने भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

The post भक्तपुर नपाको १७ औं नगरसभा सम्पन्न appeared first on Jana Aawaj News.

प्रवासबाट फर्केका चिनियाँहरुको महासंघको प्रतिनिधिमण्डलद्वारा भक्तपुर अवलोकन भ्रमण
भक्तपुर । प्रवासबाट फर्केका चिनियाँहरुको महासंघको प्रतिनिधिमण्डलद्वारा बिहीबार भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासंघका उपाध्यक्ष छङ स्युएयुआनको नेतृत्वमा आएको टोलीलाई भक्तपुरको दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गर्नुभएको थियो । टोलीलाई पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैलीले स्वागत गरिएको थियो ।

नगर प्रमुख प्रजापतिले चिनियाँ नेताहरुले भक्तपुरलाई प्राथमिकतामा राखेर भ्रमण गर्नु खुशीको कुरा भएको बताउँदै भक्तपुर नपाले यहाँका कला संस्कृति संरक्षणलाई विशेष ध्यान दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो–नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्ध यस्ता भ्रमणहरुले थप मजबुत हुँदै जानेछ ।’ भ्रमणका क्रममा प्रवासबाट फर्केका चिनियाँहरुको महासंघका उपाध्यक्ष छङ स्युएयुआनले महासचीव सी चीनफीङले सभ्यता र साँस्कृतिकको आदान–प्रदान मार्फत देशहरुबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताउँदै भक्तपुर गहिरो साँस्कृतिक जग भएको कलात्मक शहर भएको बताउनुभयो । उहाँले चीन–नेपालबीचको सम्बन्ध इतिहास जत्तिकै पुरानो छ भन्नुभयो ।

साँस्कृतिक आदान प्रदान मार्फत चीन र नेपालबीचको सम्बन्धलाई अझ अगाडि बढाउनुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो ‘भक्तपुरको सम्पदा संरक्षणको कामबाट हामी धेरै प्रभावित छौं ।’ प्रमुख प्रजापतिले उपाध्यक्ष स्युएयुआनलाई मयुरको झ्याल’ र नगरपालिकाका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलमा महासंघका चु ल्यउ, लीन सियाओफान, चाओ रूओछन्, वाङ सङ हुई र चिनियाँ दुतावासबाट काउन्सीलर छिन वनछ्, वाङ तोङ, नेपाल प्रावासी चिनियाँ संगठनका अध्यक्ष चीन सियाओतोङलगायतको उपस्थिति रहेको थियो । प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्धार, पचपन्न झ्याल दरबाबर, सिद्धिलक्ष्मी मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैवनाथ मन्दिर, गःहिटीको लक्ष्मीनरसिंह मन्दिर हुँदै तालाक्व क्षेत्रमा मृत्तिका कलाको पनि अवलोकन गरेको थियो ।

The post प्रवासबाट फर्केका चिनियाँहरुको महासंघको प्रतिनिधिमण्डलद्वारा भक्तपुर अवलोकन भ्रमण appeared first on Jana Aawaj News.