भक्तपुर महोत्सव – Jana Aawaj News

नवौं भक्तपुर महोत्सवः स्थानिय उत्पादन, पर्यटनको आधार
जन आवाज न्युज/भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसरमा भक्तपुरमा महोत्सव हुने भएको छ ।

पत्रकार सम्मेलन गर्दै भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ चैत २८ गतेदेखि २०८२ बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ भक्तपुरमा ११ दिनसम्म संचालन हुनेछ ।

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु हुनेछन् अध्यक्ष महतले भने । औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुनेछ ।

मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु रहनेछ । महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी आयोजको रहेको छ । महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुनेछ, संयोजक थापाले पत्रकार सम्मेलनमा भने । पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ ।

राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा फेशन र्‍याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने आयोजकले विश्वास लिएको छ । मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको र महोत्सवमा १ सय ५० स्टल रहने संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिए । मल्लका अनुसार करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने महोत्सवलाई व्यवस्थित गर्न रु. ५० र रु. ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ । यद्यपी विद्यार्थी ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । साथै बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगीतिक साँझ-२०८२ को समेत आयोजना गर्न लागेका संस्थाले जानकारी दिएको छ ।

The post नवौं भक्तपुर महोत्सवः स्थानिय उत्पादन, पर्यटनको आधार appeared first on Jana Aawaj News.

पाँच दिने भक्तपुर महोत्सव शुक्रबारदेखि शुरु
जन आवाज न्युज भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ शुक्रबारदेखि सुरु भएको छ ।

उक्त कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले पाँच दिने भक्तपुर महोत्सवको शुक्रबार एक भव्य समारोहबीच उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटन कार्यक्रम विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको दरबार क्षेत्रमा भएको थियो । सोही कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले महोत्सवको अवसरमा प्रकाशन गरेको स्मारिका र सांस्कृतिक नगरी भक्तपुरको फोटो पुस्तक बिमोचन गर्नुभएको थियो ।

अध्यक्ष बिजुक्छेँले पानसमा दीप प्रज्ज्वलन गरी महोत्सवको उद्घाटन गर्दै भक्तपुरको कला संस्कृति तथा सम्पदाहरु संरक्षण र प्रवद्र्धन गर्ने कामलाई नयाँ पुस्ताले आफ्नो कर्तव्यको रुपमा बोध गर्दै आएको बताउनुभयो ।

भक्तपुरको कला र संस्कृतिको मर्मत, सम्भार, पुनःनिर्माण र प्रवद्र्धन कार्यमा भक्तपुरका जनताको श्रमदान र सहयोग समेत प्राप्त भएको बताउँदै उहाँले देश र जनताको निःस्वार्थ रुपले सेवा गर्ने भावनाबाट यहाँका जनता अभिप्रेरित रहेको बताउनुभयो ।

स्थानीय पालिकाहरु प्रजातन्त्रका आधार हुन् भन्दै उहाँले देश र जनताको निःस्वार्थ रुपले सेवा गर्ने भावना नभएका गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रका निकाय, कार्यालय, विभाग र मन्त्रालयहरुमाथि भ्रष्टाचार, अनियमितता र अख्तियार दुरुपयोगका अनेक कानुनी र नैतिक प्रश्नहरु उठ्दै आएको बताउनुभयो ।

उहाँले शिक्षालय र शिक्षकहरु संकीर्ण स्वार्थबाट निर्लिप्त भएसम्म देश र जनताको इच्छा र आकांक्षालाई मूर्त रुप दिन सम्भव नहुने बताउनुभयो ।

२०४८ सालदेखि नै संसदमा भक्तपुरलाई‘ सांस्कृतिक नगर घोषणा गर्ने र सम्भव भएका नगरहरुमा प्लानेटोरियम वा नक्षत्र अध्ययनशाला बनाउनुपर्ने विषयलाई जोड दिँदै आएको उहाँले बताउनुभयो ।

नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले नेमकिपाले स्थानीय तह निर्वाचन घोषणापत्रमार्फत जनतालाई वाचागरेअनुसार भक्तपुर नपाले शिशुस्याहार केन्द्रदेखि कलेजसम्म सञ्चालन गरिरहेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालन गरी जनतालाई सुलभ रुपमा चिकित्सा शिक्षा अध्यापन गराउने पनि उद्देश्य लिएको बताउनुभयो ।

देशको सन्तुलित विकास गरी उपत्यकामा बढिरहेको बसाइँसराइँलाई रोक्ने विषयमा सरकारले ढिलाइ गर्न नहुने बताउँदै उहाँले भक्तपुर नपाले पर्यटकहरुबाट उठाएको पर्यटन शुल्कबाट भक्तपुरको विकास गरिरहेको बताउनुभयो । भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गरी नमुना नगरको रुपमा अगाडि बढाउनेतर्फ सरकारले जोड दिनुपर्ने उहाँको धारणा थियो ।

भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय सञ्चालनको लागि माग गरिरहेको बताउँदै उहाँले सरकारले ख्वप विश्वविद्यालय सञ्चालनको लागि छिटै स्वीकृति दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

भक्तपुर महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सव अवधिभर भक्तपुर पुरै महोत्सवमय देखिने बताउँदै अध्ययन अनुसन्धान गर्नेहरुको लागि भक्तपुर महोत्सव एक महत्वपूर्ण अवसरको रुपमा रहने बताउनुभयो ।

महोत्सवमा नगरपालिकाले तोकेका विभिन्न ३२ वटा स्थलहरुमा महत्वपूर्ण गतिविधि सञ्चालन हुने बताउँदै उहाँले भन्नुभयो, भक्तपुरका चोक र गल्लीहरुमा पनि स्थानीयबासीहरुले विभिन्न आकर्षक गतिविधिहरु सञ्चालन गरिरहने बताउनुभयो ।

विदेशी पर्यटकहरुसँगै आन्तरिक पर्यटकहरुको पनि प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर महोत्सवको आयोजना भएको बताउँदै उहाँले महोत्सवमा भक्तपुरका जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत विभिन्न गतिविधिहरु प्रदर्शन गरिने जानकारी गराउनुभयो ।

महोत्सवलाई थप आकर्षण गर्न महोत्सवकै बेला भक्तपुर नपा वडा नं. १० क्वाठण्डौंमा २०८१ मंसिर २९ गते खुल्ला बाँसुरी बाजा प्रतियोगिताको पनि आयोजना गरिएको बताउँदै उहाँले महोत्सव भव्य रुपमा सफल पार्न सबैको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।

कार्यक्रमका अर्का अतिथि ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्यले भक्तपुर महोत्सव उपत्यकाको लागि सिकाइको विषय भएको बताउँदै भक्तपुरलाई देशकै पर्यटकीय केन्द्रको रुपमा लिन सकिने बताउँदै यहाँका मौलिक वस्तुहरुलाई विज्ञानसँग जोडेर अन्तर्राष्ट्रिकरण गर्नु आवश्यक भएको बताउनुभयो ।

सांस्कृतिक नगर भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने भक्तपुरको उद्देश्य प्रशंसनीय भएको बताउँदै उहाँले भक्तपुरका सम्पदा जनताको अपनत्व, साथ र सहयोगमा पुनःनिर्माण सिकाइयोग्य विषय भएको बताउनुभयो ।

७५३ वटा स्थानीय तहको लागि भक्तपुर नमुनाको रुपमा प्रस्तुत भइरहेको बताउँदै उहाँले उपत्यकाका सांस्कृतिक सम्पदा संरक्षणको दायित्व सबै जनता एकजुट भएर गर्नुपर्ने बताउनुभयो ।

नेमकिपा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर महोत्सवलाई भक्तपुरको शैक्षिक, सामाजिक, राजनीतिक प्रगतिको आयामको रुपमा व्याख्या गर्न सकिने बताउनुभयो । भक्तपुरको प्रगति र उन्नतिमा महोत्सव दरिलो पाइला सावित हुने बताउँदै उहाँले भक्तपुर विभिन्न क्षेत्रमा अग्रदुत बनिरहेको बताउनुभयो ।

भक्तपुरमा अनुकरण गर्न लायक धेरै विषय भएको बताउँदै उहाँले महोत्सव सबैको लागि अविष्मरणीय हुने बताउनुभयो ।

भक्तपुर कलाकार, कलाकर्मी र सम्पदाप्रेमीहरुको सहर भएको बताउँदै उहाँले भक्तपुरमा श्रमवीरहरुको सम्मान निरन्तर चलिरहने विश्वास व्यक्त गर्नुभयो ।

हरेक सम्पदाको जगमा असंख्य कालिगढहरुको पसिना लुकेको विषय नयाँ पुस्तालाई अध्ययन अध्यापन गराउन जरुरी रहेको बताउँदै सांसद गोसाईले जीवन्त सहर निर्माणमा अग्रजहरूको भूमिका र भक्तपुर नपाले खेलेको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।

भक्तपुरले देशकै शान बढाउन मद्दत पुर्याइरहेको बताउँदै उहाँले भक्तपुरप्रतिको आस्था र विश्वास विश्वसामु बढ्दै गएको यथार्थ चित्रण गर्नुभयो ।

सांस्कृतिक र पुरातात्विक आधारमा मात्र नभई राजनैतिक आधारमा पनि भक्तपुरले छुट्टै गौरव बोकेको बताउँदै उहाँले भक्तपुरले विश्वसामु इज्जत र विश्वास एकैसाथ कमाइरहेको छ भन्नुभयो ।

त्यस्तै नेमकिपा बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले भक्तपुर सभ्यताको सहर, प्राचीन कला संस्कृतिको नगर, इतिहास जीवन्त बाँचेको सहर भएको बताउँदै पर्यटन अर्थतन्त्रमार्फत भक्तपुर अगाडि बढ्ने प्रयत्न गरिरहेको बताउनुभयो ।

उत्पादनसँग नजोडिएको पर्यटन दिगो नहुने बताउँदै उहाँले भक्तपुर एकै रातमा बनेको सहर होइन, यहाँका जनताले वैभवशाली भक्तपुरको निर्माण र पुनःनिर्माण गरेको सहर भएको बताउनुभयो ।

जनताको जीवनस्तर उठाउने महत्वपूर्ण पाइला भक्तपुर महोत्सवले दिने बताउँदै उहाँले सम्पदा पुनःनिर्माण र सभ्यता पुनःर्जागरणको अनुपम नमुनाको रुपमा भक्तपुर अगाडि बढिरहेको बताउनुभयो । १०० वर्षपछिको भक्तपुरलाई नजिक ल्याउने माध्यम बन्ने महोत्सवले प्रदान गर्ने बताउँदै उहाँले महोत्सव आयोजनाको लागि भक्तपुर नगरपालिकाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उत्सवै उत्सवको नगरमा भक्तपुर नपाले भक्तपुर महोत्सव आयोजना गरी यहाँको मौलिक कला, संस्कृति र सम्पदा विश्वसामु प्रदर्शन गर्ने अवसर मिलेको बताउनुभयो ।

उहाँले शिक्षामा भक्तपुर नपाले खेलेको महत्वपूर्ण भूमिकाले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन मद्दत पुर्याएको बताउँदै ख्वपविश्वविद्यालय सञ्चालनको लागि पनि नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानांगले महोत्सव पूर्ण सफलताको कामना गर्दै भक्तपुरको मूर्त अमूर्त सम्पदाहरु विश्वभर परिचित भएको बताउँदै उत्सवमार्फत भक्तपुरको सांस्कृतिकसँगै शैक्षिक र सांस्कृतिक पुनःजागरणको माध्यम पनि बन्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवले मनोरञ्जनको लागि मात्र नभई समाजको दिगो विकासको लागि बाटो खोल्ने महत्वपूर्ण आधार तयार गर्ने उहाँले बताउनुभयो ।

उहाँले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा नेपाल सरकार, मन्त्रालय, पुरातत्व विभाग, स्थानीय तह तथा विभिन्न संघसंस्थासँग सहकार्य गरी ८२० वटा सम्पदा मौलिक शैलीमा पुनःनिर्माण सम्पन्न गरिसकेको बताउनुभयो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुरको गौरवलाई देशीविदेशी पर्यटकमाझ प्रदर्शन गर्ने राम्रो अवसर महोत्सवले दिने बताउँदै देशको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । उद्घाटन कार्यक्रमपश्चात प्रमुख अतिथि तथा अतिथिहरुले भक्तपुर महोत्सवको अवसरमा प्रदर्शित विभिन्न प्रदर्शनीस्थलहरुको स्थलगत अवलोकन गर्नुभएको थियो । भक्तपुर महोत्सवकै अवसर पारेर नगरपालिकाले वडा नं. १० क्वाठण्डौंमा २०८१ मंसिर २९ गते शुक्रबार खुल्ला बाँसुरी बाजा प्रतियोगिताको आयोजना गरेको थियो ।

सांस्कृतिक कार्यक्रम, नगरा वादन, पौभा र तस्बिर प्रदर्शनी, चित्रकला, छ्वालीकला र तस्बिर प्रदर्शनी, परम्परागत पोशाक प्रदर्शनी, खाना महोत्सव, हलिमलि, परम्परागत वाद्यवादन सामग्री प्रदर्शनी, परम्परागत धागो रंगाउने, कुमारी (जीवित देवी) प्रदर्शनी, दिपंकर बुद्ध प्रदर्शनी, नवदुर्गा प्रदर्शनी, शैक्षिक प्रदर्शनी, नौका बिहार, मृत्तिका कलाको परम्परागत र नयाँ उत्पादनको जीवन्त प्रदर्शनी महोत्सवका प्रमुख आकर्षणहरु हुन् । त्यस्तै परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता, नेवार जीवनशैलीको गतिविधि प्रदर्शनी, नौ बाजा प्रदर्शनी, दही महोत्सव, दिपावली, बौद्ध प्रकाशन र तस्बिर प्रदर्शनी, सहकारीहरुको गतिविधि प्रदर्शनी, बालबालिकामैत्री गतिविधि तथा सांस्कृतिक कार्यक्रम, कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी, घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनी, व्यापार मेला, पुस्तक प्रदर्शनी, बुद्ध अस्तु तथा बौद्ध दर्शनसम्बन्धी प्रदर्शन, विभिन्न खेलकुद गतिविधि तथा प्रदर्शनी, परम्परागत तोरीको तेल बनाउने प्रदर्शनी, सांस्कृतिक जात्रा पर्व संस्कृतिको नमुना प्रदर्शनी र परम्परागत वाद्यवादन प्रतियोगिता एवम् प्रदर्शनी पनि महोत्सवका मुख्य आकर्षणभित्र पर्दछ ।

The post पाँच दिने भक्तपुर महोत्सव शुक्रबारदेखि शुरु appeared first on Jana Aawaj News.

हामी कसैको भर नपरी आफैले गर्नु पर्छ : मेयर प्रजापति
भक्तपुर । ‘हामी कसैको भरमा पर्नु हुँदैन, आफ्नै मेहनतले आवश्यकता अनुसार विकास गर्नुपर्छ’ भन्ने विचार भक्तपुर महोत्सवको तयारीको सीलसीलामा भक्तपुर नगरपालिका प्रमुख एवं भक्तपुर महोत्सव मूल समितिका संयोजक सुनिल प्रजापतिले मंगलबार सम्पन्न उद्यमी, व्यवसायी तथा संघ–सस्थाका प्रतिनिधिहरुको भेलामा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रजापतिले नेपाल भन्ने वित्तिकै भक्तपुरको सम्झना आउने गरि भक्तपुर महोत्सवले त्यसको जगको रुपमा विकास गराउन सकिने भएकोले महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न नगरवासीहरुमा उत्साहित भएर सहभागी हुन आग्रह गर्नुभयो ।

उहाँले भक्तपुर नगरपालिकाले समयसमय विभिन्न तालिमहरु सञ्चालन गर्दा नगरवासीको अप्रत्यक्ष रुपमा आर्थिक वृद्धि भईरहेको उल्लेख गर्दै महोत्सवले थप आर्थिक विकास गर्न सहयोग मिल्ने बताउनुभयो ।

उहाँले उच्च शिक्षा अध्ययनका लागि चीनमा गइरहेका विद्यार्थीहरुले भक्तपुरका मौलिक सीप, संस्कृति र हस्तकलाको बारेमा चिनीयाँ बजारमा प्रचारप्रसार गरि रहेको बताउँदै सरकारमा गएका शासक दलहरुले मौलिक उत्पादनलाई प्रत्साहन र प्रचारप्रसार गर्न नसक्दा समस्या उत्पन्न भएको बताउनुभयो ।

उहाँले काठमाडौँ उपत्यकामध्ये भक्तपुर जिल्लामा बढी पर्यटक आउने गरेको तथ्याङ्क रहेको बताउँदै भक्तपुर नगरपालिकाले कला, संस्कृति, सम्पदा संरक्षणमा गरिरहेको गतिविधिका कारण बाहिरी पर्यटक आर्कषित भएको बताउनुभयो ।

उहाँले साना उद्योग र व्यवसायीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरेको बताउँदै हस्तकलाको महत्वलाई उजागर गर्न सम्पूर्ण उद्योगीहरुलाई थप सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर महोत्सव भक्तपुरका जनता र उद्योगीहरुका आर्थिक विकासका लागि आयोजना गरेको हुनाले उद्योगीहरु निरुत्साहित हुन नपर्ने बताउनुभयो । उहाँले भक्तपुर महोत्सवले जनताको आर्थिक र सांस्कृतिस्तर उकास्न मद्दत गर्ने भएकोले विशेष गरी भक्तपुरका उद्योगीहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले महोत्सवले मौलिक उत्पादनलाई व्यवसायीकरण गराउन उत्साहित गर्ने बताउनुभयो । महोत्सवमा अवलोकन गर्न आउनुहुने अवलोकनकर्ताहरुलाई आत्मीय सम्बन्ध कायम राख्न सके अविष्करणीय हुने उहाँले बताउनुभयो ।

भनपा वडा नं. २ का वडाध्यक्षले हरिप्रसाद बासुकलाले महोत्सवमा नेवार समुदायको जीवनशैली प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटक थप आर्कषित हुने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर महोत्वस सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवको तयारीको जानकारी दिनुभयो भने सचिवालय सदस्य विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।

The post हामी कसैको भर नपरी आफैले गर्नु पर्छ : मेयर प्रजापति appeared first on Jana Aawaj News.

भक्तपुर महोत्सवबारे पत्रकार सम्मेलन सम्पन्न
भक्तपुर । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव हुने भएको छ ।

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न भक्तपुर महोत्सवबारे पत्रकार सम्मेलनमा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रुपैया बजेट बिनियोजन गरिएको बताउँदै महोत्सवबाट रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको बताउनुभयो । भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित महोत्सवको आयोजना भएको उहाँले बताउनुभयो ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको अर्को उद्देश्य हो भन्दै उहाँले भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरि व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने नीति पनि रहेको सोही क्रममा बताउनुभयो । भक्तपुर नगरपालिकाले पूर्खाले सिर्जेका अमूल्य सम्पदाहरुकोे सरंक्षण, प्रवद्र्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारिरहेको बताउँदै भक्तपुर महोत्सव अतिथि सत्कार समिति संयोजक एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई भक्तपुरका गतिविधिहरु प्रदर्शन गर्ने अवसरको रुपमा सञ्चालन गरिने बताउनुभयो ।

२०५४ सालको भक्तपुर महोत्सव पछिको भव्य महोत्सवको रुपमा भक्तपुर महोत्सव २०८१ सञ्चालन हुने बताउँदै उहाँले सिंगो नगरलाई उत्सवमय बनाउन विभिन्न सञ्चारमाध्यम र पत्रकारहरुबाट आवश्यक प्रचार प्रसार मार्फत विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

उहाँले २०७६ सालमा कोभिडका कारण स्थगित भएको भक्तपुर महोत्सवलाई यो वर्ष भव्य रुपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै महोत्सवको लोगो र स्टिकर नेपालभाषा, नेपालीभाषा र अंग्रेजी गरी तीनवटा भाषा प्रकाशन भएको अवगत गराउनुभयो । उहाँले आजबाट विधिवत रुपमा भक्तपुर महोत्सव सचिवालयको काम थालनी हुने बताउँदै महोत्सवमा ३२ वटा विधा ८० स्थानमा महोत्सव सञ्चालन हुने बताउँदै महोत्सवकै अवसर पारेर भक्तपुर नपाले स्मारिका र फोटो पुस्तक प्रदर्शनको तयारी गरेको बताउनुभयो । पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले भक्तपुर महोत्सवको सफलताको शुभकामना दिँदै महोत्सवबारे रचनात्मक सुझावहरु दिनुभएको थियो ।

The post भक्तपुर महोत्सवबारे पत्रकार सम्मेलन सम्पन्न appeared first on Jana Aawaj News.

भक्तपुर महोत्सव २०८१ हुने
भक्तपुर । भक्तपुर महोत्सव मूल समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ मूल समितिको बैठक बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले “भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको मात्र नभई सिड्डो भक्तपुरका जनताको महोत्सव हो” भन्नुभयो ।

उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने ५ दिने भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा समिति, उपसमितिह? गठन गरिएको जानकारी गराउनुभयो ।

भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न भक्तपुर महोत्सवको आयोजना भएको बताउनुहुँदै उहाँले महोत्सवले भक्तपुर नगरबासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेशा र व्यवसायीह?लाई सहयोग हुने अपेक्षा गरिएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई सबैको साझा उत्सवको ?पमा मनाउन आग्रह गर्दै भक्तपुरलाई महोत्सवमार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाउने अवसरको ?पमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महोत्सव अवधिभर नगरको शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखी काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले जिल्लाको शान्ति सुरक्षा, ट्राफिक, बजार व्यवस्थापन आदि विषयमा सम्बन्धित निकायबाट आपसी समन्वय र सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।

भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले महोत्सव सफल पार्न सम्पूर्णको सहयोग रहने अपेक्षा व्यक्त गर्दै पाँच दिने भक्तपुर महोत्सवलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर महोत्सव मूल समितिका सचिव गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिह?बारे संक्षेपमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न समितिका सदस्यहरुले भक्तपुर महोत्सव

The post भक्तपुर महोत्सव २०८१ हुने appeared first on Jana Aawaj News.

भक्तपुर महोत्सवमा पत्रकारलाई सम्मान, खेलाडी तथा नृत्य प्रतियोगीलाई नगद पुरस्कार
भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा भक्तपुरमा सम्पन्न ११ दिने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ सम्पन्न गरेको छ ।

लामो समय भक्तपुरमा पत्रकारिताको माध्यमबाट संस्कृति, पर्यटन तथा औधोगिक क्षेत्रको बिकासमा पुर्याएको योगदानको कदर गर्दै कार्यक्रममा प्रतिनिधिसभाका सांंसद एवं नेपाली काँग्रेसका नेता दूर्लभ थापाले राष्ट्रिय समाचार समितिका भक्तपुर समाचारदाता रमेश गिरी, पत्रकार पेशल आचार्य र हेमराज ढकाललाइलाई सम्मान गरेको छ ।

त्यसैगरि ११ दिने मेलामा आयोजना गरेको नृत्य प्रतियोतिामा प्रथम, द्धितिय, तृतिय, चौथो र पाँचौ हुनेलाई संस्थाले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेको छ । नृत्य प्रतियोगितामा प्रथम हुने विपिना तामाङलाई नगद रु. ३० हजार, दोश्रो हुने परिचित पुरी र दिपसन कार्कीलाई नगद रु. २० हजार, अजय थिङ लामा रु. १० हजार र चौथो तथा पाँचौ स्थान हुने विनर राई तथा मनधवज तामाङलाई रु। तीन–तीन हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ ।

प्रतियोगितामा निर्देशक, कलाकार एवं सञ्चारकर्मी सूर्य चन्द, नृत्य संयोजन एवं कोरियोग्राफर इन्द्र बिसुन्के र गायक तथा सञ्चारकर्मी सुमनकुमार श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । त्यसैगरि भक्तपुर जिल्लामा रहेर विभिन्न खेलकुद प्रतियोगितामा भाग लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल सात जना खेलाडीलाई जनही नगद रु. पाँच हजार सहित सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको छ ।

नगद पुरस्कारसहित सम्मानित हुनेहरुमा भारोत्तोलन खेलाडी रोशन मानन्धर, रतनसुन्दर नाखुसी, तारा सुवाल, कबड्डी खेलाडी सरमन प्रजापति, तेक्वाण्डो खेलाडी किरण सितुखु, सुस्मिता तामाङ, बक्सिङ खेलाडी बिजय बाटालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

त्यसै अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापा, संस्थाका अध्यक्ष सन्दिप महतले २०७१ सालदेखि भक्तपुरमा आयोजना गरेको भक्तपुर महोत्सव भक्तपुरको पर्यटन विकास, औधोगिक, व्यापारिक क्षेत्रको विकासमा टेवा पुर्याएको बताउनुभयो ।

The post भक्तपुर महोत्सवमा पत्रकारलाई सम्मान, खेलाडी तथा नृत्य प्रतियोगीलाई नगद पुरस्कार appeared first on Jana Aawaj News.

आजदेखि सुरु भयो सातौं भक्तपुर महोत्सव
भक्तपुर । नयाँवर्ष २०८० सालको अवसरमा हुने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ शुरु भएको छ ।

महोत्सवको आज कृषि तथा पशुपन्छी विकाश मन्त्री डा.वेदु राम भुषालले उद्घाटन गर्ने तयारी रहेको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको हो । यहिँ चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने महोत्सवका संयोजक थापाले बताउनुभयो ।

“हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौं,” थापाले भन्नुभयो । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सव हुनेछ, जहाँ २०० भन्दा बढी स्टल रहने भएका छन् ।

महात्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, विभिन्न्न प्रकारका लत्ताकपडाहरुका स्टलहरु हुने संयोजक थापाले बताउनुभएको छ ।

कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभएको छ ।

सो स्थानमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहनेछन् । “बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं,” औद्योगिक शान्ति नेपाल अध्यक्ष महतले भन्नुभयो ।

महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र करिब स्टलहरुबाट १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहनेछ । मनोरञ्जनात्मक केही स्टलहरु भने आज तयार भइसक्ने अध्यक्ष महतले जानकारी दिनुभयो ।

महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुनेछ । प्रवेश शुल्क रु. ५० र ७० रहेकोका विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताउनुभयो ।

बैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम हुने सो कार्यक्रममा टिकटको मुल्य रु. २०० रहेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले यसबाट लाभ लिनसक्ने आयोजकले बताएका छन् ।

The post आजदेखि सुरु भयो सातौं भक्तपुर महोत्सव appeared first on Jana Aawaj News.