भक्तपुर साकोस – Jana Aawaj News

भक्तपुर साकोसको २४ औं साधारणसभा सम्पन्न
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं साधारणसभा एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभएको छ ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले सहकारी संस्थाको इमानदारिता र पारदर्शिताले जनताको विश्वास कायम हुने बताउनुहुँदै शिक्षा, स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमार्फत व्यापक जनताको सेवा गर्ने उद्देश्य सहकारी संस्थाहरुको हुनुपर्ने बताउनुभयो ।

भक्तपुर साकोसले आदर निकेतन सञ्चालनको तयारी गरिरहेको सराहनीय कार्य भएको औंल्याउनुहुँदै उहाँले भक्तपुर नगरपालिका नगरको सन्तुलित विकासमा ध्यान केन्द्रित रहेको बताउनुभयो । उहाँले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा भक्तपुर नगरबासीहरुले करिब एक महिनाभित्र ६ करोडभन्दा बढी आर्थिक सहयोग गरी हामीलाई जनताको सेवा गर्न हौसला मिलेको छ । जनताको साथ र सहयोगमा नगरपालिका आगामी दिनमा अगाडि बढ्ने समेत बताउनुभयो ।

विदेशी सहयोगबाट नेपालको विकास सम्भवै नभएको बताउनुहुँदै उहाँले विदेशीको सहयोगविना नै भक्तपुर नगरपालिकाले भूकम्पबाट भत्केका सम्पदाहरु पुनःनिर्माण तथा जीर्णोद्धार गरिरहेको बताउनुभयो । जनताको सहयोगका कारण यो सम्भव भएको उहाँले बताउनुभयो । एमसीसीको नाममा आर्थिक सहयोगलाई हतियारको रुपमा प्रयोग गरी संरा अमेरिकाले नेपाललाई आफ्नो उपनिवेश बनाउने षड्यन्त्रबारे सारा जनताका एकजुट हुनुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले शासक दल आफू सरकारमा जान नेपाललाई अरुको उपनिवेश बनाउन लागिपरेको यथार्थबारे प्रष्ट पार्नुभयो ।

भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर साकोसप्रति जनताको विश्वास बढ्दै गइरहेको र जनताको असल साथीको रुपमा संस्थाले भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । कोभिड महामारीसँगै भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउनुहुँदै वडाध्यक्ष ज्याख्वले छिटै भेन्टिलेटर र आइसीयुसहितको ख्वप अस्पताल सञ्चालनको तयारीमा नगरपालिका जुटेको बताउनुभयो ।

भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापतिले काम गरिखाने वर्गलाई आर्थिक र सामाजिक रुपले सबल बनाई गुणस्तरीय जीवन यापन गर्न टेवा पुर्याउने संस्थाको उद्देश्य रहेको प्रष्ट पार्नुहुँदै संस्थाको उद्देश्यअनुरुप प्रगति र विकास भइरहेको बताउनुभयो ।

नेफस्कुनका सञ्चालक समिति सदस्य मन्दरा मिश्रले राज्यले सहकारी क्षेत्रलाई उचित संरक्षण र सहयोग गर्न नसकेको बताउनुहुँदै विना स्वीकृति सञ्चालनमा आएका बहुउद्देश्यीय सहकारी संस्थाहरुले सोझा साझा जनतालाई ठग्ने कार्य भइरहेकोतर्फ सचेत गराउनुभयो । समुदायमा आधारित सहकारीको रुपमा भक्तपुर साकोस परिचित भएको बताउनुहुँदै उहाँले भन्नुभयो, भक्तपुर साकोस जनताको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव लक्ष्मीप्रसाद कुसीले आ.व. २०७७÷७८ को सञ्चालक समितिको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद प्रजापतिले आ.व. २०७७÷७८ को वित्तीय विवरण तथा २०७८÷०७९ को अनुमानित वार्षिक बजेट र लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्णसुन्दर प्रजापतिले समितिको आ.व. ७७÷७८ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला संघका कोषाध्यक्ष कान्छाभक्त घजु, सल्लाहकार रत्नप्रसाद प्रजापति, उपाध्यक्ष निर्मल प्रजापति, सदस्यद्वय जगन्नाथ प्रजापति र रामेश्वरी कोजुले संस्थाका तर्फबाट भइरहेका गतिविधि र उद्देश्यमाथि प्रष्ट पार्नुभयो ।

The post भक्तपुर साकोसको २४ औं साधारणसभा सम्पन्न appeared first on Jana Aawaj News.