भिन्तुना साकोस – Jana Aawaj News

भिन्तुना साकोसको १९ औं साधारण सभा सम्पन्न
भक्तपुर । भिन्तुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विदेशीको सहयोगले नेपाललाई आर्थिक रुपमा उपनिवेश बनाउने खतरा रहेको औंल्याउनुहुँदै आर्थिक रुपले स्वतन्त्र नभएको देश राजनैतिक रुपमा पनि स्वतन्त्र नहुने बताउनुभयो । नेपालबाट विभिन्न कालखण्डमा हराएका वा चोरी भएका प्राचिन मूर्ति फर्काउन भक्तपुर नपाले संस्कृति मन्त्रालय, पुरातत्व विभागमार्फत आवश्यक पहल गरिरहेको बताउनुहुँदै उहाँले भक्तपुरका कला, संस्कृति जगेर्ना भए मात्र यहाँको पहिचान कायम हुने बताउनुभयो ।

२०७२ सालको भूकम्पबाट भत्केका सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारको काम अन्तिम चरणमा पुगिसकेको बताउनुहुँदै उहाँले भक्तपुर नगरपालिका नगरबासीहरुको साझा संस्था हो र यस संस्थाको विकासमा सबैजना एकजुट हुनुपर्ने बताउनुभयो । भक्तपुर नगरमा सुविधायुक्त, सुन्दर र व्यवस्थित सहर निर्माण गर्न नपाले देको मिवा इतापाके आयोजना सञ्चालनमा ल्याएको प्रष्ट पार्नुहुँदै उहाँले आवास योजनामा जग्गावालाले सुविधाअनुसारको योगदान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा सहकारी विभागका संयोजक एवम् भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले बचत तथा ऋण सहकारीमा प्रभावकारी अनुगमन नहुँदा संस्थाहरु समस्याग्रस्त भएको, व्यवस्थापक र सञ्चालकले रकम हिनामिनाका कारण सर्वसाधारणको बचत जोखिममा पर्दै आएको गुनासो सम्बोधन गर्दै भक्तपुर नगरपालिकाले नगरभित्रका सहकारी संस्थाहरुको अनुगमन र नियमनलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाबाट सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको उद्देश्यमाथि प्रष्ट पार्नुहुँदै वडाध्यक्ष बासुकलाले जग्गाधनीहरुको सुझाव र समस्यालाई सम्बोधन गरी आयोजना सम्पन्न गर्ने तयारीमा रहेको बताउनुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले भिन्तुना साकोसको आर्थिक कारोबार सन्तोषजनक रहेको बताउनुहुँदै सहकारी संस्था सहकारीका सिद्धान्तलाई आत्मसात गर्दै मूल्य र मान्यतालाई आधार बनाएर सञ्चालन हुनुपर्नेमा र साधारणसभामा शेयर सदस्यहरुको सक्रिय सहभागिताको खाँचो रहेको बताउनुभयो ।

भिन्तुना साकोसका अध्यक्ष शिवकृष्ण कोजु र भिन्तुना साकोसका सञ्चालक समितिका सदस्य जौबन कोजुलेले बचत गरौं भविष्य बनाऔं भन्ने आह्वानका साथ संस्थाको स्थापना भएको बताउनुहुँदै समाजको आर्थिक र सांस्कृतिक स्तरमा परिवर्तन गर्न संस्थाको भूमिका रहेको बताउनुभयो ।

The post भिन्तुना साकोसको १९ औं साधारण सभा सम्पन्न appeared first on Jana Aawaj News.