भोट भाषा – Jana Aawaj News

सरकारी सञ्चार माध्यमहरुमा भोट भाषाको समाचार सेवा सुरु गरिदिन नेपाल बौद्ध महासंघको आग्रह
जन आवाज न्युज/काठमाडौँ, २८ जेठ । नेपाल बौद्ध महासंघले सरकारी सञ्चार माध्यमहरुमा भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन तथा प्रसारण व्यवस्था गरिदिन ध्यानर्कषण गराएकोछ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष आज ज्ञापन पत्र हस्तान्तरण गर्दै महासंघले गोरखापत्र, रेडियो नेपाल तथा नेपाल टेलिभिजनजस्ता राष्ट्रिय प्रसारण सेवामार्फत भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन तथा प्रसारण व्यवस्थाको लागि पहल गरिदिनु हुन आग्रह गरेको हो ।

मन्त्री गुरुङकै कार्यकालमा सकारात्मक पहलको साथै आवश्यक नीति तथा कार्यक्रम ल्याई कार्यान्वयन गराई दिनुहुन ध्यानार्कषण गराएको महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा(गेशे थुप्तेन जिन्पा) ले बताउनुभयो । ज्ञापन पत्रमा नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक राष्ट्र भएकोले विविधतायुक्त समुदायहरूको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्धन गर्नु राज्यको संवैधानिक दायित्व रहेको उल्लेख छ ।

साथै, हिमाली र पहाडी क्षेत्रसहित नेपालका विभिन्न जिल्लामा बसोबास गर्ने समुदायहरूले मूलभाषाको रूपमा प्रयोग गर्दै आएको भोट भाषाको संरक्षण र प्रवर्धनका लागि सञ्चारमाध्यममार्फत प्रयास गर्न आवश्यक देखिन्छ ।

भोट भाषा केवल सम्प्रेषणको माध्यम मात्र नभई शैक्षिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको छ । बौद्ध धर्मका मूलशास्त्रहरू सातौं शताब्दीतिर नै भोट भाषामा अनुवाद गरिएको ऐतिहासिक तथ्य समेत ज्ञापन पत्रमा उल्लेख छ । हाल नेपालमा सञ्चालित गोन्पा शिक्षाको सन्दर्भमा, वि.सं. २०६५ सालदेखि पाठ्यक्रम विकास केन्द्रबाट सम्भोट लिपि, भोट भाषामा रहेका विषयहरू माध्यमिक तहसम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास गरिएको छ, जसको पठनपाठन नेपालका विभिन्न जिल्लाका गोन्पा तथा सामुदायिक विद्यालयहरूमा भइरहेको छ ।

विश्वविद्यालय स्तरमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा भोट बौद्ध अध्ययन विभाग स्थापना गरी वि.सं. २०७६ भदौ २० गतेबाट स्नातक र स्नातकोत्तर तहमा भोट भाषाको माध्यमबाट बौद्ध शास्त्रहरूको प्राज्ञिक अध्ययन अध्यापन भइरहेको छ । यस अतिरिक्त, वि.सं. २०७५ सालमा भाषा आयोगले भोट भाषालाई “शास्त्रीय भाषा को मान्यता दिएको तथ्यले यसको वैज्ञानिकता, गाम्भीर्य, उपयोगिता र संरक्षणको आवश्यकता पुष्टि गर्दछ ।

बौद्ध धर्मावलम्बीहरुको लागि यति ठुलो महत्व रहेको भोट भाषाको संरक्षण र प्रवद्र्धनका लागि गोरखापत्र, रेडियो नेपाल तथा नेपाल टेलिभिजनजस्ता राष्ट्रिय प्रसारण सेवामार्फतसमाचार, सूचना तथा कार्यक्रम उत्पादन तथा प्रसारण गर्न सकेमा हिमाली र पहाडी क्षेत्रका नागरिकहरूलाई सूचना, शिक्षा र चेतनाको पहुँच सुनिश्चित हुनुको साथै नेपालको सांस्कृतिक विविधताको सम्मान र सामाजिक समावेशीकरणमा योगदान पुग्ने महासंघको ठम्माई छ ।

The post सरकारी सञ्चार माध्यमहरुमा भोट भाषाको समाचार सेवा सुरु गरिदिन नेपाल बौद्ध महासंघको आग्रह appeared first on Jana Aawaj News.