मध्यपुर थिमि नगरपालिका – Jana Aawaj News

मध्यपुर थिमि नगरपालिकाको रु.३ अर्ब २५ करोड ६६ लाखको बजेट पारित
जन आवाज न्यज/भक्तपुर । असार मध्यपुरथिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि कूल ३ अर्ब २५ करोड ६६ लाख ७० हजार एक सय रुपैंयाको बजेट पारित गरको छ ।

सोमबार नगरपालिकाको १२ औं नगरसभामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरसभामा पेश गर्नु भएको नीति तथा कार्यक्रम र उपप्रमुख विजयकृष्ण श्रेष्ठले पेश गर्नु भएको बजेट नगर सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

उपप्रमुख श्रेष्ठले नगरपालिकाको सञ्चितीकोषबाट व्यहोर्ने योजना र कार्यक्रमका लागि एक अर्ब ५२ करोड ८३ हजार ५ सय, कमेरोटार जग्गा एकिकरण आयोजनाको रु.७० करोड २३ लाख, १३ हजार ७ सय, सिन्टिटार जग्गा एकिकरण आयोजनाको रु.२० करोड ४० लाख १७ हजार एक सय, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको रु.६० करोड ३२ लाख ५५ हजार ८ सय, सडक बोर्डको रु.७० लाख र सामाजिक सुरक्षाभत्तामा रु.२२ करोड विनियोजन गरेको छ ।

नगरपालिकाको पुँजीगत तर्फ रु।७७ करोड ७७ लाख २८ हजार ५ सय र चालु तर्फ रु।७४ करोड २३ लाख ५५ हजार विनियोजन गरेको छभने कुल विनियोजनको पुँजीगत तर्फ ५१ दशमलव १६ र चालु तर्फ ४८ दशमलव ८४ प्रतिशत बजेट विनियोजन गरेको छ ।

खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक आयबाट रु।३७ करोड २४ लाख ५७ हजार ९७९, राजश्व बाँडफाँडबाट रु। ४० करोड १३ लाख ७५ हजार ५२१, अन्तरसरकारी वित्त हस्तान्तरण संघीय सरकारबाट रु.६० करोड ५३ लाख, बागमती प्रदेश सरकारबाट रु.७ करोड ९ लाख ५० हजार, लागत सहभागिताबाट रु. एक करोड आय हुने भएको छ ।

मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि सोमवार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरसभाको १२ औं बैठकमा नीति तथा कार्यक्रम र उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट सार्वजनिक गर्नुभएको हो ।

नगर प्रमुख श्रेष्ठले नगरबासीलाई शिक्षा, स्वास्थ्य बिमा मार्फत निःशुल्क स्वास्थ्य सेवा, पूर्वाधार विकास, सिपविकास गरी स्वरोजगारमार्फत आर्थिक समृद्ध हासिल गर्ने, नगरको मूर्तअमूर्त कलासँस्कृति, जात्रा पर्वको संरक्षण, पुरातात्विक सम्पदाहरुको मौलिक शैलीमा संरक्षण गरी मध्यपुर थिमि बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धन मार्फत यहाँको कलासँस्कृतिलाई आर्थिक आयआर्जनको माध्यम बनाउने योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

“सुशासन तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र खेलकुद, समाजिक समावेशीकरण, कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य, सहकारी तथा रोजगारी प्रवद्र्धन नीति तथा कार्यक्रमको प्राथमिकताको क्षेत्र रहेको छ,” नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “वन वातावरण, जलवायु परिवर्तन तथा विपद व्यवस्थापन, कला, सँस्कृति, सम्पदा तथा पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास र सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छु ।”

भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता, गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यलाई प्रभावकारी बनाउने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । एघारौं नगरसभाबाट नक्सापास फुकुवा गरी नियमित र अभिलेखीकरण गर्न तोकिएको जरिवानामा छुटको व्यवस्था गरिएको छ । परम्परागत बस्तीमा पुरानो शैलीमा घर बनाउने घरधनीहरुलाई नगरपालिकाको प्रचलित कानून र नियमानुसार आर्थिक अनुदान तथा नक्सापासको समयमा सहुलियत दिइनेछ । सार्वजनिक सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गर्ने, भित्री सडकहरुमा समेत सार्वजनिक नीजि साझेदारीमा सार्वजनिक यातायातलाई सुलभ र सहज बनाउने नीति मध्यपुर थिमिको रहेको छ ।

सार्वजनिक नीजि साझेदारी अवधारणाको नीति अनुसार सम्भाव्यता अध्ययन प्रतिवेदनको आधारमा तोकिएको स्थानमा जग्गा विकास तथा जग्गा एकिकरण आयोजनाहरु सञ्चालन गरिनेछ । नगरपालिकाभित्रका दाहसंस्कार स्थल र माटाका भाँडाहरु पोल्ने स्थललाईवातावरणमैत्री बनाईने भएको छ । प्रत्येक वडामा विपद व्यवस्थापन अन्तर्गत खोज तथा उद्धार सामग्री भण्डारको व्यवस्था मिलाइने छ ।

शिक्षामा आ।व। २०८२÷०८३ भित्र नसिङ कलेज र पारामेडिक्स कोर्स सञ्चालन गर्ने, ई–लाइब्रेरी सहितको पुस्तकालय स्थापना तथा सञ्चालन गर्ने, मध्यपुर थिमि नगरपालिकालाई शैक्षिक गन्तव्य र २१ औं शताब्धीको ज्ञानविज्ञान केन्द्र बनाउने उद्देश्यसहित एक दिर्घकालिन परियोजना अगाडि बढाईने छ । कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरी पठनपाठन गराईने भएको छ ।

बालश्रम मुक्त नगर स्थापना गर्दै प्रतिवद्धता जाहेर भएको समय सीमा भित्रै बालमैत्री स्थानीय शासन नगर घोषणा गरिनेछ । रोजगारी र उद्यमशिलताको लागि आवश्यक तालिम सहित बिउ पुँजीको व्यवस्था गरी लैङ्गिक सशक्तिकरणमा जोड दिईनेछ । लैङ्गिक हिँसा विरुद्ध शून्य सहनशिलताको नीति अवलम्बन गरिनेछ ।

स्वास्थ्य बिमा कार्यक्रमलाई बिस्तार गर्दै लैजाने, क्षयरोगमुक्त नगरपालिका अभियान सञ्चालन गर्ने, लागूऔषध दुव्र्यसनको रोकथाम तथा नियन्त्रण, आत्महत्या रोकथाम र नियन्त्रणलगायतका मानसिक स्वास्थ्य प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गर्ने, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सेवा सुविधामा थप बिस्तार गरी देशकै नमूना अस्पतालको रुपमा विकास गर्ने नीति मध्यपुर थिमिको रहेको छ ।

स्वच्छ मासु, स्वस्थ जीवन भन्ने नारा सहित पशु वधस्थललाई वैज्ञानिक र व्यवस्थित ढंगबाट सञ्चालनको लागि नीजि क्षेत्रसँग सहकार्य गरिनेछ । कौशी खेतीलाई प्रभावकारी बनाउन आवश्यक तालिम प्रदान गरिनेछ । व्यवसायिक तरकारी खेती तथा कृषि व्यवसाय गर्ने कृषक एवम् कृषक समूहलाई उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न आधुनिक कृषि यन्त्र र उपकरणलगायतका सामग्री खरिदमा अनुदान दिईनेछ ।

घरेलु तथा साना उद्योग मार्फत स्थानीय स्रोत साधनको उपयोग गरी आयमूलक रोजगारी सृजना गर्दै लागत साझेदारीमा नवप्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिईनेछ ।

नगरभित्रका सहकारी संस्थाहरुलाई सवल सक्षम बनाइ जोखिमको न्यूनीकरणको लागि नियमित अनुगमन र सुपरिवेक्षणका साथै तालिमको व्यवस्था गरिनेछ ।

मध्यपुर थिमिलाई पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्न नगरभित्र रहेका ऐतिहासिक, धार्मिक, साँसकृतिक र प्राकृतिक स्थलहरुको संरक्षण, प्रवद्र्धन र सौन्दर्यकरणका लागि कार्यक्रमहरु सञ्चालन गर्ने, नगरभित्रका पार्क पोखरीहरुलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने, नगरभित्रका परम्परागत र मौलिक नामको अभिलेखीकरण र पुनःस्थापनको कार्यलाई निरन्तरता दिईने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

The post मध्यपुर थिमि नगरपालिकाको रु.३ अर्ब २५ करोड ६६ लाखको बजेट पारित appeared first on Jana Aawaj News.

मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न
जन आवाज न्युज/ भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

बिहिवार नगरपालिकाका कर्मचारी, करदाता, उपभोक्ता समिति, ज्येष्ठ नागरिक र सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरेको छ । साथै विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने नगरबासीहरुलाई पनि सम्मान गरेको छ ।

यसवर्ष मध्यपुर थिमि नगरपालिकाले उत्कृष्ट कर्मचारीको रुपमा आर्थिक विकास महाशाखा प्रमुख तुलसी भक्त तकोलाई सम्मान गरेको हो । तको जागिरे जीवनको २४ वर्षमा तेस्रो पटक उत्कृष्ट कर्मचारी घोषित हुनुभएको हो । उहाँ पहिलो पटक २०६१ मा, दोस्रो पटक २०७७ मा उत्कृष्ट कर्मचारी घोषित हुनुभएको थियो ।उहाँले यसवर्ष मौलिक स्थान नाम प्रतिस्थापन गर्ने, मध्यपुर महोत्सवलाई सफल बनाउन, नगरपालिकाको आन्तरिक राजश्व बृद्धिलगायतका कार्यमा गरेको योगदानको कदर गर्दै उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले उत्कृष्ट करदाताको रुपमा मध्यपुर थिमि वडा नंं ३, चारदोबाटो सुन्दरनगरस्थित जगदिश किराना पसल, उत्कृष्ट उपभोक्ता समितिको रुपमा शंखधर पार्क गुरु योजना निर्माण उपभोक्ता समितिलाई सम्मान गरेको हो ।यस्तै सामुदायिक विद्यालयतर्फ आदर्श मा.वि (सानो थिमि), संस्थागत विद्यालयतर्फ मातृभुमी स्कुल, जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने ब्यक्ति विरेन्द्रभक्त गजु श्रेष्ठ र सुजन बाग श्रेष्ठ, सगरमाथा आधार शिविर चढ्न सफल मध्यपुर थिमि ७ नगदेशका दुई जुमल्याहा दाजुभाई त्रिनेश कवाडी र त्रिजल कवाडी, नेवा आइडल सिजन २ गायन प्रतियोगिताका विजेता आश्रेय रन्जितलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी प्रत्येक वडाबाट एक महिला र एक पुरुष गरी दुई÷दुई जना सबैभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरु र सेवा निर्बित्त कर्मचारीहरु रामे खत्री, गंगा थापा, पुर्ण ज्योती शाक्य, कुमार पौडेल तथा हिरा काजीलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले लोकतन्त्रले सबै नागरिकलाई राजा बनाउने अधिकार दिएको उल्लेख गर्दै मुलुकमा कुनै राजा आवश्यक नरहेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेको व्यवस्था संसारकै सुन्दर व्यवस्था भएकाले अर्को व्यवस्था आवश्यक नभएको बताउनुभयो ।उहाँले भन्नुभयो, “नेपालमा न कुनै आन्दोलनको आवश्यकता छ, न त व्यवस्था परिवर्तनको आवश्यकता न राजाको आवश्यकता छ, न त कुनै रानीको आवश्यकता । प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ । त्यसकारण तपाईंहरु सबै राजा हुनुहुन्छ ।”उहाँले प्रधानमन्त्री तथा आफ्ना प्रतिनिधिले चित्तबुझ्दो र जनआकांक्षाअनुसार काम गर्न नसके अर्को पटकको चुनावमा उक्त प्रतिनिधि र दललाई जनताले स्वीकार नगर्ने बताउँदैं सबै जनप्रतिनिधिहरुले जनहितमा काम गर्न जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले एकथरी पार्टीहरू मिसन ०८४ भन्दै हिँडेको उल्लेख गर्दै काम गर्न कुनै वर्ष कुर्न नपर्ने टिप्पणी गर्नुभयो । उहाँले मुलुकले थप अन्धकार र आन्दोलन थेग्न नसक्ने उल्लेख गर्दै संविधानले नचिन्ने राजा ल्याउन लहलहैमा नलाग्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर महोत्सव २०८१ को सफलताले नगरमा पर्यटन उद्योगको सम्भावना बढेको बताउनुभयो । उहाँले मध्यपुर महोत्सव देशकै नमूना साँस्कृतिक महोत्सव बनेको जिकिर गर्नुभयो । उहाँले महोत्सवपछि नगरमा कसरी दैनिक पर्यटक भित्र्याउन सकिन्छ भन्ने योजना निर्माणमा अघि बढाउने बताउनुभयो ।उहाँले चालु आर्थिक वर्षको ९ महिनामा नगरपालिकाले डेढ किलोमिटर सडक कालोपत्रे, ढलान एक किलोमिटर, ढुंगा र ब्लक छपाई डेढ किलोमिटर, ढल बिच्छ्याउने डेढ किलोमिटर निर्माण सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।उहाँले सुशासन र पारदर्शी सेवा प्रवाहका लागि चालु आर्थिक वर्ष ऐन, निती नियम, कार्यविधि, निर्देशिका १९ वटा निर्माण भएको, सूचनाको हक प्रयोग गरी सूचना माग संख्या ३४ वटामा सबै माग बमोजिम सूचना उपलब्ध गराएको, हेलो सरकारमा मध्यपुर थिमि नगरपालिकाको कामकाजको विषयमा परेको उजुरी गुनासोको संख्या १५ वटामा सबै गुनासो र उजुरीको सुनुवाई भएको बताउनुभयो ।उहाँले मध्यपुर थिमि स्वास्थ्यमा उत्कृष्ट भएको स्मरण गराउँदैं ६० वर्ष माथिका ज्येष्ठ नागरिक, एकल महिला, ख वर्गका अपांगता भएका व्यक्ति, दलित परिवार र दर्ता सहयोगी गरी २ हजार ७३३ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको, २८३ जना बिरामीलाई ४६१ प्रिन्ट रगत उपलब्ध गराएको, सुत्केरी पोषण सामग्री वितरण ५६५, विपन्न नागरिक औषधी उपचार वापत प्रतिव्यक्ति ५ हजारका दरले १८८ जना, विपन्न नागरिक औषधी उपचार वापत प्रतिव्यक्ति १ लाखका दरले ९६ जना, ज्येष्ठ नागरिक सुस्वास्थ्य कार्यक्रम अन्तर्गत १ हजार १ सय जना लाभान्वित भएको र पाठेघरको मुखको क्यान्सर निःशुल्क स्क्रिनिङ १ हजार ३६ जनाको गरिएको बताउनुभयो ।

उहाँले विगतमा ७ करोड बिमाको रकम बाँकी हुँदा ९ महिना तलव खुवाउन नसकेको अवस्था रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा अहिले २५ करोड भुक्तानी नहुँदा पनि समस्या नभएको बताउनुभयो ।उहाँले चालु वर्ष नपा प्रशासकिय भवनको टेण्डर, वडा नं. २ को प्रशासकिय भवन निर्माण, थिमि लायकू दरवार मूल प्रवेशद्धार, नगदेश लायकू दरवार, बोडे महालक्ष्मी मन्दिर गरुयोजना, दिव्यश्वरी मन्दिर गुरुयोजना, बालकुमारी प्रवेश उकालो गुरुयोजना, करुणामय लोकेश्वर मन्दिर पुनःनिर्माण, निलबाराही मन्दिर संरक्षण तथा पहिरो नियन्त्रणका लागि टेण्डर प्रक्रिया, हात्ति महांकालमा शौचालय निर्माण, स्वंगा पुखु पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

यसैगरी नेपाली कांग्रेस मध्यपुर थिमि नगर सभापति हरीदास प्रजापति नगरपालिका संघले मध्यपुर थिमिलाई उत्कृष्ट घोषणा गरेकोमा सबै जनप्रतिनिधिहरुलाई बधाई दिँदैं बाँकी कार्यकालमा थप नौलो र उत्कृष्ट कार्य गर्न सुझाव दिनुभयो ।मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले नगरपालिकाले तत्काललाई भन्दा पनि भविष्यलाई सोचेर योजना बनाई कार्य गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भौतिक पूर्वाधार मात्र होइन यहाँको साँस्कृतिक पक्षको संरक्षण र जगेर्ना गर्न पनि जोड दिनुपर्ने बताउनुभयो ।

यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख सुजाता बादे बैद्यले मध्यपुर थिमि नगरपालिकाले साँस्कृतिक क्षेत्र, स्वास्थ्य क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको चर्चा गर्नुभयो ।बागमती प्रदेशका सांसद धनेश्वरी प्रजापति प्रदेशका विभिन्न निकायबाट मध्यपुर थिमि नगरपालिकामा विभिन्न योजना सञ्चालन भइरहेको जानकारी दिनुभयो । बागमती प्रदेशका अर्का सांसद भुवनकेशरी श्रेष्ठले मध्यपुर थिमि नगरपालिका आफ्नो मूलनारालाई आत्मसाथ गर्दै अघि बढेको बताउनुभयो । उहाँले मध्यपुर थिमिका एक पुस्ताले यहाँको कला सँस्कृतिका बारेमा जानकारी पाउन नसक्ने अवस्था बनेको अवस्थामा मध्यपुर महोत्सव आयोजना गरेर नयाँ पुस्तालाई मध्यपुर चिनाउन सफल भएको चर्चा गर्नुभयो । उहाँले अहिलेको जनप्रतिनिधिको टोलीले शिक्षा, स्वास्थ्य, कला सँस्कृति, वातावरण एवम् सरसफाईको क्षेत्रमा उल्लेख्य कार्य गरेको बताउँदैं त्यसैको कदर गरी नगरपालिका संघले वातावरण, सँस्कृति र पर्यटनमा देशकै उत्कृष्ट नगरपालिका घोषणा गरेको बताउनुभयो ।

यस्तै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी, वडा नं. ३ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता कृष्णहरी आचार्यले नगरका विभिन्न बिकासका कार्यका बारेमा बताउनुभएको थियो ।

The post मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न appeared first on Jana Aawaj News.

वृहद् र विशेष योजनाअन्तर्गत नयाँ पहिचान स्थापित गर्दै मध्यपुर थिमि नगरपालिका
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रभित्र शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्द्धन गर्न यस वर्षको नीति तथा कार्यक्रमले विशेष जोड दिएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले आज शुक्रबार भक्तपुरमा आयोजित “नगरपालिकाको विकास–निर्माण र सेवा प्रवाहसम्बन्धी अन्तर संवाद कार्यक्रममा उनले भने “हाम्रो दुई बर्षे कार्यकालमा पहिलो वर्ष नीति, नियम बनाउन लागेको र त्यही नीति, नियमको आधारमा अहिले नगरवासी लाभान्वित भइरहेका छन् । पहिले सिद्धान्त प्रतिपादन गरेका कारण आज विकास निर्माणका कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ ।”

प्रमख श्रेष्ठले नगरको शिक्षा क्षेत्रको चर्चा गर्दै भने, “हामी निर्वाचित भइसकेपछि शिक्षामा संस्थागत र सामुदायिक विद्यालयमा व्यापक अन्तर ९बेमेल० थियो, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार्नु थियो भने संस्थागत विद्यालयमा जथाभावी शुल्क निर्धारणसम्बन्धी व्यापक गुनासो थियो, त्यसलाई हामीले व्यवहारिक उपायका माध्यमबाट सहजीकरण गर्‍यौं । र, यो हाम्रो महत्वपूर्ण उपलब्धि हो ।”

प्रमख श्रेष्ठले जेहन्दार विद्यार्थीलाई छात्रवृत्तिका साथै सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान गरेपछि अहिले मथिनपामा पठनपाठन सुचारु भएको जानकारी दिँदै भने, “सामुदायिक विद्यालयमा पिउने पानीको रोम्रो प्रवन्ध थिएन, हामीले बजेट छुट्याएर खानेपानीको गुणस्तर सुधार्‍यौं र टेण्डर आह्वान गरेर प्रत्येक सामुदायिक स्कुलमा दिनको दुई पटक शौचालयमा सरसफाइ गर्ने प्रवन्ध गरेका छौं । त्यसका अतिरिक्त विद्यार्थीको पोषण शिक्षालाई ध्यानमा राख्दै जनही विद्यार्थी तीस रुपैयाँका दरले दिवा खाजाको व्यवस्था गरेका छौं । इसिडीका लागि १५ जना शिक्षक नियुक्तिका साथै मथिनपाभित्र चारदेखि पाँचवटा बालविकास केन्द्र खोलेका छौं ।”

प्रमुख श्रेष्ठले नगरको पूर्वाधार विकासको चर्चा गर्दै भने, “मथिनपाको केन्द्रीय प्रशासनिक भवन आउँदो दशैंसम्म शिलान्यास गर्ने योजना छ । यस्तै नेपाल-कोरिया मैत्री अस्पतालको विस्तारित भवनको पनि शिलान्यास गर्ने योजना छ । यस्तै थिमिको मुख्यचोकदेखि नीलबाराहीसम्म दैनिक सरसफाइ, नयाँँ थिमिबाट पुरानो थिमिमा प्रवेश गर्दा मध्यपुर थिमिको प्राचीन पहिचान स्वरूप दायाँबायाँ बनेका निजी वा गुठी घरमा पुरातात्विक शैली झल्किने गरी परिवर्तन गरिने छ । थिमिको लायकु ९दरवार० मा रहेको विद्यालयलाई स्थानान्तरण गरेर पुरानो स्वरूपमा लायकु दरवारलाई पुनःस्थापित गर्नेछौं ।”

उनले सम्पदा क्षेत्रको संरक्षणात्मक कार्यको विशेष उल्लेख गर्दै भने, “ आजकल मध्यपुर थिमि एक आधुनिक र परम्परागत रूपमा स्थापित भएको नगर बन्दै गएको छ । यसलाई दृष्टिगत गरी आफ्नो परम्परागत पहिचानलाई बचाउन पोटरी स्क्वायर, सेरामिक्स हबका साथै माटाका भाँडाकुँडाको एक जीवन्त संग्रहालय बनाउने योजना छ । उनले काठमाडौं उपत्यकाको आस्था र श्रद्धाको स्थलको रूपमा रहेको नील बाराही मन्दिरको करिब २४ करोड रुपैयाँँको लागतमा संरक्षण गर्ने योजना रहेको छ ।”

मेयर श्रेष्ठले भने, “नगर सौन्दर्ययीकरण योजनाअन्तर्गत राधेराधेदेखि मनोहरा खोलासम्म १ करोडको लागतमा फराकिलो पेटी र सार्वजनिक शौचालय निर्माणलगायत खाली जग्गामा स–साना विश्रामस्थल बनाएका छौं ।”

प्रमुख श्रेष्ठले नगरमा पर्यटन पूर्वाधारको विकासको प्रयत्नको चर्चा गर्दै भने, “थिमिमा रात्रिकालीन पर्यटन विकासका लागि सम्पदा क्षेत्रलगायत पर्यटकीय स्थलमा अत्याधुनिक सडक बत्तीको व्यवस्था गरिँदैछ । सडक बत्ती पुरानो थिमिदेखि एसओएससम्म ९१६ किलोमिटर० विस्तार गरिने छ ।” उनले हाल मथिनपामा ६० देखि ७० वर्षका ज्येष्ठ उमेर समूह, अपांग, अशक्त, दलित र एकल महिला गरी २० हजार नागरिक स्वास्थ्य बीमाको लाभको दायरामा आएको जानकारी दिए ।

उनले नगरमा उपलब्ध स्वास्थ्य सुविधाको उल्लेख गर्दै भने, “नगरको नौवटै वडामा शहरी स्वास्थ्य क्लिनिक खोलिएको, अहिले त्यहाँँ स्वास्थ्य सुविधा लिनेहरूको लाम लागेकाले सेवा विस्तार गर्न पूर्वाधारहरूको विस्तार गर्दै ज्येठ नागरिक, गर्भवती महिलाका लागि घरदैलोमै सुविधायुक्त अल्ट्रासाउन्ड र ल्याब टेस्ट सेवा उपलब्ध गराउने योजना रहेको छ । नेपाल कोरिया मैत्री नगर अस्पतालको भौतिक क्षमता अभिवृद्धि गर्दै २५ वटा शल्यक्रिया कक्ष विकास गरिने छ । त्यस अस्पतालमा आइसियु र थप शल्यक्रिया कक्षको विस्तार गरिने छ । यसको सार्थ लायन्स ब्लबको १ लाख अमेरिकन डलरको सहयोगमा अत्याधुनिक ब्लड बैंकको स्थापना गरिने छ । साथै अस्पतालको अपातकालीन वार्डमा माइनर अपरेसन कक्षको विकास गरिने छ ।”

नगर प्रमुख श्रेष्ठले स्वास्थ्य भौतिक पूर्वाधारको विकास र विस्तार गर्ने क्रममा थिमिमा संघीय सरकारबाट दुई सय शय्याको अस्पतालको स्वीकृति लिएर नगरभित्रै नर्सिङ शिक्षा सञ्चालन गरिने जानकारी दिए ।

उनले मथिनपामा सञ्चालित कमरोटार, दिव्यश्वरी, मनोहरा, राधेराधे जग्गा एकीकरण आयोजनालाई वैज्ञानिक र व्यवहारिक ढंगबाट सम्पन्न गर्ने लक्ष्य राखिएको विशेष उल्लेख गरे । प्रमुख श्रेष्ठले नगरमा निर्मित घरहरूलाई नियमित गर्ने कार्य सुरु गरिएको र यो अभियानअन्तर्गत दुईदेखि तीन हजार घरहरू नियमितको दायरामा आउने बताए । श्रेष्ठले नगरको सार्वजनिक जग्गाको संरक्षण गर्नेतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको पनि चर्चा गरे ।

मेयर श्रेष्ठले आगामी कात्तिक महिनामा थिमि महोत्सव आयोजन गर्नुका साथै दिव्यश्वरी र राधेराधेमा सडक खाना महोत्सव गर्ने विशेष योजना रहेको उल्लेख गरे । उनले नगर क्षेत्रभित्र खेलकुद, पुरानो नक्साको डिजिटाइजेसन, भ्रष्टचार न्यूनीकरण, करसमबन्धी गुनासो सुनुवाइ, आन्तरिक प्रशासनिक सुधार र सुशासनका लागि धेरै प्रयत्नहरूको थालनी गरेको चर्चा गरे ।

The post वृहद् र विशेष योजनाअन्तर्गत नयाँ पहिचान स्थापित गर्दै मध्यपुर थिमि नगरपालिका appeared first on Jana Aawaj News.