महिलाको स्तन – Jana Aawaj News

पुरुषलाई महिलाको स्तन किन मनपर्छ ? यस्ता छन् तथ्यहरु
महिलाको शारीरिक बनावटमा शरीरको अंगमध्य स्तन पुरुषको चासोकोे विषय हो पुरुषले महलाको स्तनको आकार अनुसार पनि आकर्षित हुने तथ्य पत्ता लागको छ । यसको सर्वमान्य विकासक्रमिक व्याख्या भने अहिलेसम्म उपलब्ध भएको छैन । यसमा अझै अनुसन्धान भने भइरहेका छन् ।

पुरुषलाई महिलाको स्तन किन यति धेरै मन पर्छ ?

साइकोलोजी टुडे नामक पत्रिकामा मानवशास्त्री रोबर्ट डी मार्टिनले यस विषयमा हालै एक स्तम्भ लेखेका छन् । महिलाले स्तनपान गराउनैका लागि स्तन बनेको हो, भनिन्छ तर दुग्ध उत्पादन गर्ने महिलाको क्षमता स्तनको आकारसँग सम्बन्धित छैन् कम्तीमा गर्भाधान अघि त छैन् । हार्मोनको स्तर र स्तनको आकारबीच स्पष्ट सम्बन्ध देखिएको छैन् । त्यसोभए किन पुरुषले महिलाको स्तन मन पराउन थालेका हुन् त ? अलि पहिलेको वैज्ञानिक अनुमान अनुसार स्तनहरूले बोसो सञ्चिति गर्छन् । त्यसैले हाम्रा शिकारी–संकलक पूर्खाहरूले खान नपाउने स्थितिमा त्यो सञ्चिति उपयोगी हुन्थ्यो । तर त्यो कुरा सत्य हुन्थ्यो भने पुरुषहरूले महिलाको शरीरका अन्य भागमा जमेका बोसोलाई पनि उत्तेजक मान्नुपर्ने हो । त्यसैले यो अनुमान पत्याउन सकिन्न ।

अर्को एक लोकप्रिय सिद्धान्त चाहिँ जोडीहरूबीचको निकट सम्बन्ध सँग जोडिएको छ । स्नायुविज्ञानका अध्ययनहरूले महिलाका निप्पलहरूलाई दुग्धपान गर्ने बच्चाले वा यौनसाथीले उत्तेजित पार्दा उनीहरूमा ओक्सीटोसिन भरपूर हुने र त्यो निकट सम्बन्ध बनाउने हर्मोन भएको साबित गरेका छन् । त्यसैले स्तनमा अतिरिक्त ध्यान दिने पुरुषले आफ्नो यौनसाथीलाई प्रभावित पार्न सक्छन् र महिलालाई आफ्नो सन्तान जन्माउनका लागि विश्वस्त तुल्याउन सक्छन् । बेलायती मानवशास्त्री एडवर्ड डट्टनले चाहिँ स्तनको विकास नितम्ब जस्तो देखिने हिसाबमा भएको बताएका छन् । हाम्रा परापूर्खाहरूले जनावर झैं पछाडिबाट यौनकर्म गर्ने गर्थे र समयको कुनै विन्दुमा आएर उनीहरूले आमनेसामने भएर यौनकर्म गर्न थाले । विकासक्रमको इतिहासको यो क्षण एकदमै महत्वपूर्ण थियो, किनकि अनुहार हेराहेर गरेर गरिने यौनकर्मसँगै लामो समयसम्म तथा तीव्रताका साथ गरिने चक्षु सम्पर्क आई–टु–आई कन्ट्याक्टको विकास भयो जुन कुरा सन्तानोत्पादनमा यसअघि उपयोग गरिँदैन थियो ।

मानव प्रजातिका लागि अनुहार हेराहेर गरेर गरिने यौनकर्मले ल्याएको गम्भीर मानवशास्त्रीय परिवर्तनका बारेमा धेरै किसिमका अनुमानहरू पाइन्छन् । यस्तो यौनकर्मले जोडीको सम्बन्ध गहिरो बनाउन राम्रो योगदान गरेको हुनुपर्छ । डट्टनले यस परिवर्तनको एक परिणामका रूपमा महिलाका स्तनहरू विस्तार भएर क्लीभेज बनेको हुन सक्ने तर त्यसले पुरुषलाई नितम्बको क्य्राकको अनुभव गराएको हुनसक्ने धारणा राखेका छन् । युगौंयुगपछि अनि हजारौं पुस्तापछि पुरुषहरूलाई जवान स्तन भएका महिलासँग यौनकर्म गर्नका लागि भित्रैबाट इच्छा आउन थाल्यो ।

विकासक्रम मनोवैज्ञानिक फ्र्यांक मार्र्लीले सम्भवत सबैभन्दा रमाइलो तर्क प्रस्तुत गरेका छन् । उनको न्युबिलिटी हाइपोथेसिस यौनका लागि तयार बन्ने उमेर सिद्धान्तले पूर्ण विकसित स्तनले जवानीको र ऊर्वरताको संकेत दिने कुरा राख्छ । हाम्रा परापूर्खाहरूले कम्मर माथिको भाग नढाकिकन हिँड्ने गरेका थिए अर्थात महिलाका स्त’नहरू पनि खुलै हुने गर्थे । भाषाको विकास हुनुअघि कुनै पनि वयस्क मानवको उमेर जान्ने कुनै उपाय थिएन, देखिने शरीरविज्ञानका संकेत मात्रमा भर पर्नुपथ्र्यो ।

महिलाहरूको उमेर बढ्दै जाँदा गुरुत्वाकर्षणको भारले स्तनहरू झोल्लिन थाले । त्यसैले महिलाको छातीमा भएका मांसपिण्डबाट पुरुषहरूले उनको उमेरको अनुमान गर्न थाले यद्यपि त्यो अनुमान अचेतन तहमा गरियो । युगौंयुगपछि अनि हजारौं पुस्तापछि पुरुषहरूलाई जवान स्तन भएका महिलासँग यौनकर्म गर्नका लागि भित्रैबाट इच्छा आउन थाल्यो र त्यसले सन्तानोत्पादनमा सफलता दिलाउने औसत बढायो अनि उनीहरू अलि जवान महिलासँग यौनकर्म गर्न थाले ।

पुरुषले चाहेको जस्तो स्तन भएका महिलाले सन्तानोत्पादनमा पनि राम्रो सफलता पाए र त्यसले गर्दा मानवहरूमा स्थायी रूपमा फुलेका स्तन देखिन थाले जुन अन्य कुनै पनि स्तनधारीमा देखिँदैन । मानवजातिको लाखौं वर्षको विकासपछि अहिले स्तनप्रतिको आकर्षण सबै विषमलिंगी पुरुष र समलिंगी महिलाहरूमा पाइन्छ ।

The post पुरुषलाई महिलाको स्तन किन मनपर्छ ? यस्ता छन् तथ्यहरु appeared first on Jana Aawaj News.