मृर्गौला प्रत्यारोपण – Jana Aawaj News

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको दशौं वर्षिकोत्सव सम्पन्न
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले दशौं वर्षिकोत्सव सम्पन्न भएको छ । स्थापना भएको १० वर्ष भित्र धेरै उपलब्धी हाँसील गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वार्षिक अधिकतम दुई सय जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको तर ४०० जना मृर्गौला प्रत्यारोपणको लागि प्रतिक्षारत रहेको भन्दै उहाँहरु सबैको प्रत्यारोपण गर्न कम्तीमा २ वर्ष लाग्ने हुँदा ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गराउन सरकारलाई सघाउन तयार रहेको बताउनुभयो । हालको मृर्गौला प्रत्यारोपण संख्याबाट देशको १ अरब रुपैया बचाउन सकिएको र समग्र देशमा वार्षिक तीनहजार जनाको प्रत्यारोपण गर्नु पर्नेे अवस्था रहेको बताउनुभयो ।

प्रत्यारोपण र डाइलाइसिसको लागि प्रतिक्षा सूचीमा रहेका विरामी लाई तत्काल सेवा दिन स्थान अभाव भएको हुँदा डाइलाइसिस बेड संख्या १०० पु¥याउने योजना अगाडी बढाइएको हुँदा निकट भविष्यमा दैनिक ३०० जनको डाइलाइसिस गर्ने योजना रहेको जनाकारी गराउनुभयो । त्यस्तै ३०० बेडको भौतिक संरचना विकास गरिएमा दैनिक चार जना व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न सकिने उल्ल्ेख गर्नुभयो । उहाँले प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल तथा भक्तपुर अस्पतालई प्रतिष्ठानको मान्यता दिन सके राज्यलाई थप व्ययभार विनानै दक्ष चिकित्सक अन्य जनशक्ति उत्पादन भई प्रत्यारोपण तथा क्यान्सर उपचारको सेवा देशको विभिन्न भागमा विस्तार गर्न सघाउ पुग्ने बताउनुभयो ।

उहाँले सिमित व्यक्तिले मात्रै अंगदान गर्ने भएका कारण मस्तिष्क मृत्यू भएका व्यक्तिबाट अंग प्राप्त गर्न सके अंग अभाबमा ज्यान जोखिममा परेका विरामीहरुको प्रत्यारोपण सहज हुने कुरा बताउनुभयो । अंग प्रत्यारोपण गर्ने उद्देश्यले १० वर्ष अगाडी सरकारको लगानीमा स्थापना भएको केन्द्रले नौ महिनामै मिर्गौला प्रत्यारोपण शुरु गरी ९ वर्षमा ८४० जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ । वि.सं. २०७२ मंशिरमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हाल सम्म ८ जनाको कलेजो प्रत्यारोपण गर्नका साथै मुटुको शल्यक्रिया समेत गरिरहेको जानकारी गराउनुभयो । उक्त केन्द्रमा चिकित्सा विज्ञानमै जटिल मानिने मृर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण तथा मुटुको शल्यक्रिया एउटै तल्लामा सम्पन्न हुने गरेको र विश्वमा यस्तो विरलै हुने तथ्य पनि औंल्याउनुभयो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले स्थापनाको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा स्मारिका बिमोचन समेत गरेको छ । १० औं वर्षिकोत्सवको अवसरमा वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने विषयमा मन्त्रालय सकारात्मक रहेको बताउनु भएको छ साथै प्रतिष्ठानको रुपमा् स्थापना भए प्रत्यारोपण क्षेत्रमा थप परिवर्तन ल्याउन सकिने कुरा उल्लेख गर्दै सात वटै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापनाका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । स्वास्थ्यलाई मौलिक हकमा व्यवस्था भएको हुँदा सरकार त्यसमा दत्तचित्त रहेको भई मृत्युपछि अंगदान दिने विषय अति नै उपयोगी भएको हुँदा अंगदान गर्नेहरुको रेकर्ड राख्नुपर्ने बताउदै प्रत्यारोपणका लागि केन्द्रले खेलेको भूमिका उत्कृष्ट भएको भन्दैं प्रशंशा गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले सात वटै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र र हृदय रोग केन्द्रको विस्तारमा सरकार गम्भीर रहेको र यसका लागि बजेटको अभाव नहुने बताउनुभयो । उहाँले हाल केन्द्र रहेको स्थान साँघुरो भएकोले अर्को ठाउँमा विस्तार गर्नुपर्ने बताउनुभयो । केन्द्रलाई आवश्यक बजेट उपलब्ध गराउनका लागि अर्थ मन्त्री र अर्थ सचिवसँग कुरा भएको र यसमा उहाँहरु सकारात्मक रहेको समेत बताउनुभयो ।

The post शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको दशौं वर्षिकोत्सव सम्पन्न appeared first on Jana Aawaj News.