लोकेश्वर साकोस – Jana Aawaj News

लोकेश्वर साकोसको १४ औं साधारणसभा सम्पन्न
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं.२ इताछेँमा अवस्थित लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले युवा लक्षित तालिमहरु सञ्चालन गरी युवाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेश सरकारले कौसी खेतीमा दिइरहेको अनुदान रकम वास्तविक किसानले नपाएको गुनासो रहेको औंल्याउनुहुँदै उहाँले किसानको नाममा आएको अनुदान रकम वास्तविक किसानले नै पाउनुपर्नेमा जोड दिनुभयो ।

एक सहकारी एक सम्पदा सरसफाई अभियानमार्फत भक्तपुरका सांस्कृतिक सम्पदाहरुको सरसफाइमा सहकारीकर्मीहरुले उल्लेख्य भूमिका खेलेको बताउनुहुँदै प्रमुख प्रजापतिले नगरपालिकालाई तिर्नुपर्ने कर समयमै तिर्न र नक्सा तथा मापदण्डबमोजिम घर निर्माण गर्न उत्साहित गर्नुभएको थियो । ख्वप अस्पतालमा निर्मित अक्सिजन प्लान्ट निर्माणमा भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुका तर्फबाट उल्लेख्य सहयोग प्राप्त भएकोमा गौरवान्वित महसुस भएको बताउनुहुँदै आगामी दिनहरुमा पनि नगरपालिकाका गतिविधिहरुमा यहाँका संघ संस्थाहरुको साथ र सहयोग रहँदै जाने बताउनुभयो ।

भक्तपुर नपा वडा नंं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुरका सहकारी संस्थाहरुको गतिविधिहरु नियमन र अनुगमन नियमित रुपमा भइरहेको बताउनुहुँदै सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । देको मिवा इतापाके जग्गा एकीकरणको मुख्य उद्देश्य भनेकै उक्त क्षेत्रलाई व्यवस्थित र सुविधासम्पन्न बनाउनु रहेको औंल्याउनुहुँदै वडाध्यक्ष बासुकलाले जग्गाधनीहरुको गुनासो सुनुवाई गरी रिप्लटिङ नक्सा छिटै वितरण गर्ने तयारीमा रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व अध्यक्ष रबिन्द्र खर्बुजाले देशघाती एमसीसी सम्झौता नेपालको हित विपरीत भएको र एमसीसीविरुद्ध सम्पूपर्ण देशभक्त जनताले आवाज उठाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष राजन जतिले संस्थाका सदस्यहरुलाई व्यवसायिक, आत्मनिर्भर र प्रविधिमैत्री बनाउँदै संस्था अगाडि बढिरहेको र संस्थाले संख्यात्मक भन्दा पनि गुणात्मक सेवा प्रदान गर्न जोड दिइरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका सञ्चालक समिति सदस्य चन्डिका छुकां, संस्थाका उपाध्यक्ष प्रनेश बाटीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रबन्धक प्रशान्त मानन्धर, संस्थापक अध्यक्ष श्यामसुन्दर मातां र सदस्य राजु छुकांले पनि बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष पुन्यराम स्वंगमिखाले आर्थिक प्रगति प्रतिवेदन, सचिव कृष्णराम तुकंबन्जारले वार्षिक प्रगति प्रतिवेदन र लेखासुपरीवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख प्रजापतिले संस्थाका ज्येष्ठ ५० जना सदस्यहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

The post लोकेश्वर साकोसको १४ औं साधारणसभा सम्पन्न appeared first on Jana Aawaj News.