श्रमजीवी साकोस – Jana Aawaj News

श्रमजीवी साकोसको २३ औं साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न
भक्तपुर । भक्तपुर नपा वडा नं. ६ याछेँस्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसीसी सम्झौतामा भएका बुँदाहरुले देशलाई उपनिवेश बनाउने खतरा भएको बताउनुभयो । एमसिसी सम्झौता नेपालको संसदले अनुमोदन गरेको खण्डमा नेपाल अमेरिकी सैन्य गठबन्धनमा जानेछ बताउनुहुँदै उहाँले त्यो हाम्रो असंलग्न परराष्ट्रनीति विपरीत भएको बताउनुभयो ।

समाज अगाडि बढाउन सहकारी संस्थाहरुले क्रियाशीलता देखाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले सहकारी संस्थाहरुले सीपमूलक तालिम सञ्चालन गर्दै उत्पादन मूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

युवाहरुलाई प्रगतिशील विचारबाट प्रशिक्षित गर्नुपर्ने र सामूहिक भावनाको विकास उनीहरुमा गराउनुपर्छ भन्दै प्रमुख प्रजापतिले नेपालको सम्पदा संरक्षणमा भक्तपुरले सांस्कृतिक क्रान्ति नै गरेको औंल्याउनुभयो । भक्तपुर नपाले शिक्षालाई प्राथमिकतामा राख्दै खोलेका कलेजबाट आज देशभरिका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाइरहेको बताउनुहुँदै उहाँले नक्साबमोजिम घर निर्माण गर्न र नगरपालिकालाई तिर्नुपर्ने कर समयमै तिर्न आग्रह गर्नुभयो ।

भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले नाफा कमाउन र व्यक्तिगत हितको लागि खोलिएका बहुउद्देश्यीय सहकारी संस्थालाई निषेध गर्दै लाने उद्देश्य रहेको बताउनुभयो । देको मिवा इतापाके आवास योजनाको सन्दर्भ जोड्दै उहाँले जग्गाधनीहरुको जायज माग पूरा गर्ने कोसिस नगरपालिकाले गर्दै आइरहेको प्रष्ट पार्नुभयो ।

संस्थाका अध्यक्ष गणेशलाल फोँजुले विश्वव्यापी महामारी काभिड १९ का कारण संस्थाको व्यवसायिक तथा सामाजिक क्रियाकलापमा नकारात्मक असर पुगेको बताउनुहुँदै श्रमजीवी साकोसले जनताको हितमा आफ्ना गतिविधि अगाडि बढाइरहेको बताउनुभयो ।

नेपालभाषा साहित्य तःमुंज्या ग्वाखलका अध्यक्ष गणेशराम थुसाले ४१ औं नेपालभाषा साहित्य तःमुंज्या यस वर्ष ख्वप कलेजको प्रांगणमा भौतिक उपस्थिति र अनलाइनमार्फत हुने जानकारी गराउनुहुँदै साहित्य सम्मेलन भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विकुलाल सुवालले स्वागत गर्नुभएको थियो भने भक्तपुर जिल्ला बचत संघका जगन्नाथ प्रजापतिले शुभकामना मन्तव्य, श्रमजीवी साकोसका लेखा सुपरीवेक्षण समितिका संयोजक वीणा त्यातले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नारायणप्रसाद लागेले आर्थिक गतिविधि तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुुभयो ।

कार्यक्रमको सञ्चालन श्रमजीवी साकोसका सचिव पुन्यराम दुवालले गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष मदन खाताखोले पनि बोल्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले संस्थाका असल ऋणी श्यामकृष्ण ह्यौंमिखा, पुन्यश्वरी खर्बुजा र असल बचतकर्ता राधेश्याम अवाल र रमिला कुसीलाई सम्मान गर्नुभएको थियो ।

The post श्रमजीवी साकोसको २३ औं साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न appeared first on Jana Aawaj News.