सुकुन्दा साकोस – Jana Aawaj News

सुकुन्दा साकोसको १४ औं वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ७ जगातीस्थित सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरु रकम लेनदेनमा मात्र सीमित भए बैंक तथा वित्तीय संस्था भन्दा कुनै भिन्नता नहुने बताउनुहुँदै समुदायमा आधारित सहकारी संस्थाहरु नाफामा केन्द्रित हुनुहुँदैन भन्नुहँुदैं उहाँले सहकारीका सदस्यहरुको आर्थिक उन्नति र सामूहिक हितको लागि सहकारी संघ–संस्थाले इमानदार र पारदर्र्शी ढंगले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले समाजवादी अर्थतन्त्र निर्माणमा सहकारी संस्थाहरुको उल्लेख्य भूमिका रहने बताउनुहुँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा निर्मित अक्सिजन प्लान्टको निम्ति भक्तपुरका सहकारी संस्थाहरुले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । सहकारी संस्थाहरुले नयाँ नयाँ प्रविधिको प्रयोग गर्न किसानहरुलाई सक्षम बनाउने काममा ध्यान दिनुपर्ने बताउनुहुँदै सहकारी संस्थाहरु लेनदेनमा मात्र सीमित नभई सदस्यहरुको सर्वाङ्गीण विकासका लागि सम्भव भएका कार्यहरुमा जनशक्ति तयार गर्ने र विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्न पनि जोड दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले संस्थाको व्यवस्थापन पक्ष राम्रो र बलियो भएर संस्थाको विकास पनि दिगो हुने बताउनुहुँदै भक्तपुरलाई सभ्य र सुसंस्कृत समाजको रुपमा रुपान्तरण गर्न सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले परनिर्भरताले नेपाललाई कहिल्यै पनि विकास हुन नदिन बताउनुहुँदै एमसीसी सम्झौता नेपालको हितविपरीत भएको र यो निकै घातक भएको हुँदा यसको विरोध गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । भक्तपुर नगरपालिकाले नगरबासी जनताको स्वास्थ्य सुरक्षा प्रत्याभूत गर्न सामुदायिक स्वास्थ्यअन्तर्गत घरदैलो नर्सिङ सेवालाई सञ्चालन ल्याइरहेको अवगत गराउनुभयो ।

कार्यक्रमका सभापति एवं सुकुन्दा साकोसका अध्यक्ष सानुकाजी त्वानाबासुले निम्न आयस्तरका समुदायका सदस्यहरुको जीवनस्तर उकास्नु नै सहकारीको मुलभूत उद्देश्य भएको बताउनुहुँदै संस्थाले कृषि सेवातर्फ अन्नबाली, फलफूल र तरकारीको रोगको समस्या पहिचान गरी समाधानको लागि कृषि परामर्श सेवा सुरु गरिसकेको अवगत गराउनुभयो । कार्यक्रममा जिल्ला बचत संघका प्रतिनिधि जगन्नाथ प्रजापतिले ‘एक व्यक्ति एक सहकारी’ ले ठूला सहकारीहरुलाई पोस्ने सम्भावना भएको बताउनुहुँदै स्थानीय तहको स्वीकृति विना सञ्चालित सहकारी तथा बहुउद्देश्यीय सहकारी संस्थाहरुको समयमै अनुगमन गरी नियन्त्रण गर्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सुकुन्दा साकोसका सल्लाहकारहरु नाति कवां, विष्णुभक्त मारिखु र विश्वराम कवांले समाजका तल्लो वर्गको जविनस्तर उकास्नुपर्छ भन्ने उद्देश्यले संस्था स्थापना भएको बताउनुहुँदै सहकारी संस्थामार्फत देश विकास गर्न प्राविधिकहरुको तालिम सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो । उद्घघाटन सत्रमा सुकुन्दा साकोसका सचिव राजाराम लवजूले आ.व. २०७७÷७८ को प्रतिवेदन, कोषाध्यक्ष राजभाइ माकले आ.व. २०७७÷७८ को आर्थिक प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक श्रीकृष्ण गोसाइले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साथै सुकुन्दा साकोसका उपाध्यक्ष सबिनभक्त कायष्ठ, सिद्धि गणेश साकोसका प्रतिनिधि विष्णुप्रसाद दुमरु, संस्थाका कृषि प्राविधिक सबिन ख्याजु, कृषि उपसमितिका संयोजक राजाराम लवजू, व्यवस्थापक सानुकाजी चिकंबन्जार र महिला उपसमितिका संयोजक निर्जला प्रजापतिले पनि संस्थाबाट सञ्चालित सेवा सुविधाहरुबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

The post सुकुन्दा साकोसको १४ औं वार्षिक साधारण सभा सम्पन्न appeared first on Jana Aawaj News.