सुमधुर साकोस – Jana Aawaj News

सुमधुर साकोसको आफ्नै भवनबाट सेवा सुरु
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित रहेको सुमधुर बचत तथा ऋण सहकारी संस्था लि.ले अब आफ्नै भवनबाट सेवा सुचारु गर्ने भएको छ । ९ करोड ५० हजार कारोबार गर्न सफल रहेको यस साकोसले लगभग २ करोड लागतमा भवन सम्पन्न गरी शनिबार बिहान रुद्री पूजा गर्नुका साथै सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईद्वारा पानसमा दिप प्रज्जवलन गरी रिवन काटी भवनको उद्घाटन गरिएको हो । कार्यक्रममा उपप्रमुख सरिता भट्टराईले अहिलेको अवस्थामा विभिन्न सहकारीहरुले शेयरधनीहरुको पैसा लिएर भाग्दा यस सहकारीले शेयरसदस्यहरुको साथसहयोग र विश्वासमा आफ्नै भवन बनाउन सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले सहकारी संविधानको अर्थतन्त्रमा लेखिएको ३ खम्बा मध्ये एउटा दरिलो खम्बा हो । जसले आर्थिक पार्जनको निमित्त तल्लो तहसम्म गएर, गाउँगाउँसम्म गएर छरिएर रहेको पूँजीलाई एकीकृत गरेर समुदायमा रहेका हरेक क्षेत्रका व्यक्तिको जीवन शैली सहज बनाएको छ । देशभरि २८ हजार भन्दा बढी सहकारी संस्था छन् । ८० लाख भन्दा बढी व्यक्तिहरुले सहकारीमा रोजगार पाएको उहाँले जानकारी दिनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाले सहकारीहरुसँग साझेदारी कार्यक्रमको निमित्त ३१ लाख बजेट छुटाएको बताउनुभयो । उहाँले यस नगरपालिकामा जति पनि कम शेयर पूँजी भएका सहकारीहरु छन् उहाँहरुलाई १ अर्ब कारोबार हुने सहकारीहरुसँग साझेदारी गरी कार्यक्रम र कारोबार गराउने उद्देश्य रहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा साकोसका अध्यक्ष सुरेश प्रसाद पहाडीले संस्थापक सदस्य २७ जनाले २००० को दरले ५४ हजारबाट सुरु गरेको यो संस्था आजको दिनसम्म ९ करोड ५० हजार भन्दा माथिको कारोबार गर्न सफल भएको बताउनुभयो । उहाँले हाल साकोसको शेयरपूँजी १ करोड ३७ लाख भन्दा बढी र १७०० शेयरसदस्य रहेको जानकारी दिनुभयो । उहाँले सहकारी क्षेत्रलाई शेयरपूँजीको आधारमा मात्र सहकारी बलियो हुँदैन,बचतको आधारमा मात्र सहकारी बलियो हुँदैन सबै कुरा मिलेर जानुपर्ने उद्देश्य राखेर शेयरसदस्यहरुको साथ र सहयोगमा आफ्नै भवन निर्माण सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले हाम्रो सहकारी सामुदायिक आधारित संस्था हो । यहाँ सबै शेयरसदस्यहरुलाई समान व्यवहार, र सेवा दिँदै आएको बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष लक्षुराम न्यौपानेले साकोसले आफ्नै भवनबाट सेवा सुरु गर्न लागेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस साकोसले विभिन्न कार्य गर्दा आयमूलक कार्यमा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडा सदस्य एवं कार्यपालिका सदस्य तारा सापकोटाले यस साकोसले समुदायमा रहेर आफ्नो शेयरसदस्यहरुलाई ऋण प्रवाह गर्नुको साथै हरेक कुरामा अगाडी रहनुभएकोमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले सहकारीको निमित्त नगरपालिका र वडा साथ र सहयोगमा सधै अगाडी रहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा ओमनगर ढल समितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं.७ का पूर्व वडा सदस्य कृष्णजित माकाजुले साकोसले आगामी दिनमा उत्तरोतर प्रगति गर्दै जावस् र कारोबार गर्दै गर्दा कुनै सामाजिक संघसंस्थासँग समन्वय गरेर बेरोजगारहरुलाई कसरी रोजगार उपलब्ध गराउन सक्छौं भन्ने कुरा पनि सहकारी आगामी दिनमा योजना मूलक ढंगले अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा साकोसका लेखा सुपरिवेक्षण समिति सदस्य एवं कार्यक्रम सञ्चालिका अनिता पाण्डेले यस साकोसले हालसम्म ९ करोड भन्दा बढी कारोबार गर्न सफल हँुदा हर्ष व्यक्त गर्दै शेयर सदस्यहरुलाई लाभांश दिन सक्ने भएको र विभिन्न सामाजिक कार्यमा पनि साकोस सधैं अगाडी रहेको बताउनुभयो । उहाँले साकोसको महिला विभागले महिला समूहलाई संस्थाको नेतृत्वमा रहेर कम व्याजदरमा उत्पादनमूलक कार्य गर्न ऋण प्रवाह गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा समाजसेवी विष्णु अर्याल, साकोसका उपाध्यक्ष नरबहादुर घिमिरे, सचिव प्रकाश बुढाथोकी, कोषाध्यक्ष राजकिरण खुलिमुलि,सञ्चालक समितिका सदस्यहरु लव खड्का,दिपा अर्याल,रजिना कसपाल,लेखा सुपरिवेक्षणका संयोजक पुष्पराज भुजु,लेखा समिति सदस्य हरिगोपाल भुजु, ऋण बिभाग सदस्य राधेश्याम माकाजु र संस्थापक सदस्य, शेयरसदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्त्व्य साकोसका संचालक समिति सदस्य दिपा अर्यालले व्यक्त गर्नुभएको थियो ।

The post सुमधुर साकोसको आफ्नै भवनबाट सेवा सुरु appeared first on Jana Aawaj News.