सूनपा वडा नम्बर ३ – Jana Aawaj News

ढल र बाटो निर्माणको कार्य ९५/९८ प्रतिशत कार्य सम्पन्न : वडा अध्यक्ष केसी
भक्तपुर । राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र केसीले वडामा निर्माणाधिन अवस्थामा रहेको ढल निर्माण र बाटो निर्माण कार्य तथा व्यवस्थापनको काम ९५/९८ प्रतिशत कार्य सम्पन्न भइसकेको केसीले जानकारी दिनुभयो ।

केसीले वर्षा ऋतु सुरु हुनुभन्दा अगाडि नै हनुमन्ते खोला सफा गरेर खोला वरिपरिका बस्तीमा डुबान हुनबाट जोगाएको दाबी गर्नुभयो । सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा वडाध्यक्ष केसीले खोला वरिपरिको बस्तीमा डुवान नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘खोलामा २ देखि ३ मिटरसम्म माटो जमेर बसेको थियो । नगरपालिकाको सहयोगमा वडाले डोजर लगाएर खोलाभित्र जमेको माटो र लेदो खोलाको दायाँबायाँ राखेका छौं ।’ उहाँले भन्नुभयो । वडाको सोही कदमका कारण वर्षनी बस्तीमा पस्ने गरेको बाढी यसपटक भने नपसेको वडाध्यक्ष केसीले बताउनुभयो ।

सूर्यविनायकको वडा नम्बर ३ ले भौतिक पूर्वाधार निर्माणका कार्यमा रफ्तार लिएको छ । अबको केही वर्षमा नै सूर्यविनायक–२ का सबै सडकलाई पिच र ढलान गरेर धुलो र हिलोरहित बनाउने लक्ष्य लिइएको वडाध्यक्ष केसीले बताउनुभयो ।

वडाले स्वास्थ्य क्षेत्र सुधारलाई पनि प्राथमिकतामा राख्दै आएको छ । स्वास्थ्य चौकीमा विश्व स्वास्थ्य संगठन फ्रिज ल्याइएको उहाँले बताउनुभयो । सो उपकरणका कारण वरिपरिका स्वास्थ्य संस्थाका लागि खोप जम्मा गर्ने केन्द्रका रुपमा स्थापित हुन सकिने उहाँले बताउनुभयो ।

अबका दिनमा वडाले शिक्षा क्षेत्रको स्तरोन्नतिका कार्यलाई पनि प्राथमिकतामा राखेको छ । ३ नम्बर वडामा एउटै मात्र सामुदायिक विद्यालय रहेको र त्यसमा पनि कक्षा कोठाको अभाव भएको हुँदा अबका समयमा नयाँ भवन बनाउने र यही वर्षमा नै कक्षाकोठाहरु थप्ने योजना बनाइएको वडाध्यक्षले जानकारी दिनुभयो । सांस्कृतिक महत्वका स्थलको स्तरोन्नतिका लागि वडाले ब्रह्मानगरको पञ्चायन भगवतीको मन्दिर, हनुमन्तेश्वर मन्दिर, गिरीजापाटीमा गणेश मन्दिर आदिको निर्माणमा सहयोग पुर्याएको उनले जानकारी दिनुभयो ।

नगरपालिका र वडाले भौतिक निर्माणका कार्य र सामाजिक विकासलाई समानान्तर रुपमा अगाडि बढाइरहँदा वडा बासीले हाल खानेपानीको समस्या भने भोग्नुपरेको केसीले बताउनुभयो । खानेपानीका लागि नगरले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरेको र वैशाखमा नै पानी वितरण गर्ने भनिएको भएतापनि पूर्वाधार तयार नभएकाले तत्कालका लागि त्यो विकल्प नरहेको उहाँले बताउनुभयो ।

अब दशैंसम्ममा पानी वितरण भइसक्ने र वडाबासीले पानीको अभावबाट सधैंका लागि मुक्त हुने उहाँले दाबी गर्नुभयो । वडामा फोहोर व्यवस्थापनका लागि भने तत्काल कुनैपनि समस्या नदेखिएको वडाध्यक्षले दाबी गर्नुभयो । कुहिने फोहोर प्रायः घरैमा व्यवस्थापन हुने गरेको र नकुहिने फोहोर नेपाल फूलबारी प्रदूषण नियन्त्रण सेवाले संकलन गर्ने गरेको हुँदा फोहोर व्यवस्थापनमा भने कुनैपनि समस्या नदेखिएको केसीले जानकारी दिनुभयो ।

The post ढल र बाटो निर्माणको कार्य ९५/९८ प्रतिशत कार्य सम्पन्न : वडा अध्यक्ष केसी appeared first on Jana Aawaj News.