सूनपा वडा नम्बर ८ – Jana Aawaj News

भौतिकसँगै मानवीय विकासलाई प्राथमिकता दिएको छौं : वडाध्यक्ष बस्नेत
भक्तपुर । सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले आफ्नो वडाले भौतिकसँगै मानवीय विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । वडाध्यक्ष बस्नेतले विकासका सबै आयामलाई उत्तिनै प्राथमिकता दिई कार्य गरिरहेका बताउनुभयो ।

‘भौतिक विकाससँगै मानवीय विकासलाई पनि मध्यनजर गर्दै अगाडि बढ्नुपर्छ भनेर आएको अवधारणा अनुसार नै हामी अगाडि बढिरहेका छौं ।’ बस्नेतले भन्नुभयो । सो अवधारणालाई संस्थागत रुपमा नै अगाडि बढाउने प्रयास गरिरहेकोबारे उनले कार्यक्रममा बताउनुभयो

सूर्यविनायक नगरपालिकाको ८ नम्बर वडाले मानवीय तथा सामाजिक विकासलाई वास्तवमा नै उच्च प्राथमिकतामा राखेको छ । शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सुधार साथसाथै धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थानहरुको संरक्षण, जगेर्ना र स्तरोन्नतिसमेत वडाले गर्दै आएको छ । त्यति मात्र नभएर वडाबासीको आर्थिक विकास र फरक क्षमता भएका मानिसहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनसमेत वडाले विभिन्न कार्यहरु गर्दै आएको छ ।

‘वडाबासीको सामाजिक विकासका लागि हाम्रो ८ नं वडाले विभिन्न युवा लक्षित, महिला लक्षित साथै अपाङ्ग लक्षित कार्यक्रमहरु सञ्चालन गरेको छ । त्यसले उहाँहरुलाई केही हदसम्म आत्मनिर्भरतातर्फ डोहोर्याएको छ ।’ उहाँले भन्नुभयो । वडाले युवालाई लक्षित गरि ड्राइभिङ, बारिस्टा र कुकको तालिम दिएको बस्नेतले जानकारी दिए । तालिम पाएकाहरुले आफ्नो सीपको उपयोग गरिरहेको र आयआर्जनमा टेवा पुर्याइरहेको बताउनुभयो । त्यस्तै, महिलाहरुको सामाजिक विकासका लागि नेतृत्व विकास कार्यक्रमको समेत आयोजना गरिएको उहाँले बताउनुभयो । महिलाहरुको सामान्य खर्चका लागि पनि पुरुषमा आश्रित रहनुपर्ने अवस्थाको अन्त्य गर्न धुप, कुशन आदि बनाउने तालिमसमेत दिइएको उनले जानकारी दिनुभयो । साथै, शारीरिक रुपमा असक्षम रहेकाहरुका लागि गुडिया, पोते आदि बनाउने तालिम दिइएको बताउनुभयो ।

तालिममार्फत विभिन्न वर्गहरुमा नयाँ नयाँ कामको सीप विकास गर्न सहयोग पुर्याइरहेको वडाले विद्यालयस्तरीय शिक्षाको स्तरोन्नतिका लागि पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । विद्यालयको भौतिक संरचनाको स्तरोन्नति सँगसँगै विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा दिनका लागि आवश्यक पूर्वाधार र सामग्री खरिदमा समेत वडाले सहयोग पुर्याएको छ । विद्यालयमा सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा परीक्षण गर्नका लागि आवश्यक पर्ने ल्याबहरु निर्माणका लागि समेत वडाले सहयोग गरिरहेको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

शिक्षासँगै वडाले स्वास्थ्य क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको छ । ८ नम्बर वडाको तल्लो भेगमा बस्ने मानिसहरुले नगर अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्ने र बिचका बस्तीहरुमा बस्ने मानिसहरुका लागि सिपाडोल स्वास्थ्य चौकी सहज पर्ने बस्नेतले बताउनुभयो। माथिल्लो भेगका मानिसहरुका लागि भने दुबै स्वास्थ्य संस्थाहरु टाढा पर्न गएको वास्तविकतालाई मध्यनजर गर्दै गत वर्ष मात्रै पाटीभञ्ज्याङमा आधारभूत स्वास्थ्य चौकी निर्माण गरिएको उनले जानकारी दिनुभयो ।

स्वस्थ जीवनयापनका लागि आवश्यक पर्ने खानेपानीको समान वितरणका लागि पनि वडाले विभिन्न कार्यहरु गरेको छ । वडाले ‘एक घर एक धारा’ को नीतिलाई मध्यनजर गर्दै त्यसका लागि आवश्यक पर्ने पाइपसञ्जाल र अन्य पूर्वाधारहरु निर्माण गरिरहेको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । खानेपानीकै लागि भनेर बागमती प्रदेशबाट छुट्याइएको १९ करोड रुपैयाँ रकमको ठेक्का लागेर अहिले कामसमेत सुरु भइसकेको उहाँले बताउनुभयो । वडाले डिप बोरिङ, मूल संरक्षण आदिका कामहरु पनि गरिरहेको उहाँले बताउनुभयो । साथै, सबै वडाबासीलाई खानेपानीको समान वितरणका लागि छरिएर बसेका उपभोक्ता समितिलाई एकीकरण गरेर ‘वडास्तरीय जलस्रोत समिति’ गठन गरि वृहत् खानेपानी अवधारणामा लैजाने योजनासमेत रहेको बस्नेतले बताए । ८ नम्बर वडामा हाल फोहोर व्यवस्थापनका लागि नेप्से म्याक र क्लिन इनर्जीले सहयोग गरिरहेको वडाध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो ।

मानवीय विकासका लागि यथासक्य प्रयास गरिरहेको ८ नम्बर वडामा प्रसिद्ध धार्मिक पर्यटकीय स्थल केदारनाथको शिर मानिने डोलेश्वर महादेवको मन्दिर रहेको छ । धार्मिक आस्थाका कारण अत्यन्तै पवित्र तिर्थस्थल मानिने उक्त मन्दिरमा आउने पर्यटकहरुका कारण आसपासका स्थानीयहरुको आर्थिक विकासमा पनि टेवा पुग्दै आएको छ ।

धार्मिक महत्व साथै पर्यटकको आकर्षणको केन्द्रका रुपमा समेत स्थापित भएको सो मन्दिर संरक्षणका साथै त्यहाँसम्मको सहज यात्राका लागि पनि वडाले विभिन्न कार्यहरु गरिरहेको छ । उपत्यका विकास प्राधिकरणको ४ करोड १० लाख रुपैयाँ सहयोगमा डोलेश्वर जाने बाटोको स्तरोन्नति भइरहेको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । त्यस्तै, हालैमात्र नगरपालिकाको र मन्दिर विकास कोषको क्रमशः ६० प्रतिशत र ४० प्रतिशत लागत अर्थात् ५५ लाख रुपैयाँ र ३५ लाख रुपैयाँ गरि ८५ लाख रुपैयाँ खर्च गरेर मन्दिर परिसरभित्र ढुंगा छाप्ने कार्य गरिएको उहाँले बताउनुभयो । डोलेश्वर मन्दिर साथै वडाका अन्य धार्मिक महत्वका स्थललाई संरक्षण गर्न वडााले सहयोग गरिरहेको छ ।

त्यस्तै, सूर्यविनायक नगरपालिकाले लिएको ‘एक वडा एक फल्चा’ नीतिको पनि ८ नम्बर वडाले पूर्णरुपमा पालना गरेको छ । वडाले सूर्यविनायक गणेश मन्दिर र दार्जिलिङ हाइटमा २५ लाखको लागतमा मौलिक कलात्मक शैलीको फल्चा निर्माण गरेको छ । साथै, सूर्यविनायक गणेश मन्दिरमा वडाले १७ लाख रुपैयाँ खर्चिएर शौचालयसमेत निर्माण गरेको छ । त्यस्तै, काभ्रे र भक्तपुरको सिमानामा पर्ने आशापुरी महादेव मन्दिरमा समेत वडाले शौचालय निर्माण गरेको बस्नेतले जानकारी दिनुभयो ।

सामाजिक र मानवीय विकासलाई प्राथमिकतामा राख्दै गर्दा वडाले पूर्वाधार विकासका कार्यलाई पछि छाडेको भने छैन । सडक, ढल, खानेपानी आदि क्षेत्रलाई पनि वडाले समानान्तर रुपमा अगाडि बढाउँदै लगेको छ ।

२०७९ सालमा आफू निर्वाचित भएर आएपछिका २ वर्षमा हरेक वर्ष २० करोड भन्दा धेरैका पूर्वाधार विकासका काम भएका वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । आफू भन्दा पहिलेका जनप्रतिनिधिहरुले सुरु गरेका कामहरुलाई निरन्तरता दिँदै अन्य क्षेत्रहरुमा समेत कार्यहरु गरिरहेको उहाँले बताउनुभयो ।

विगतका दुई वर्षमा पाटीभञ्ज्याङ देखि घ्याम्पेडाँडा सडक पूर्ण रुपमा कालोपत्रे गरिसकिएको बस्नेतले बताउनुभयो । वडाले गत वर्ष बासीडोलमा पक्की मोटरेबल पुल बनाएकासमेत उहाँले जानकारी दिनुभयो । त्यस्तै, आदर्शदेखि वडा कार्यालयको सडकका केही स्थानमा कालोपत्रे गरिएको र सो सडकको बाँकी स्थानको कालोपत्रे आफ्नो कार्यकालभित्रै पुरा गरिसक्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । ती बाहेक अन्य सडकहरुको पनि स्तरोन्नतिका कामहरु भइरहेको बस्नेतले बताउनुभयो । अबका समयमा सडक स्तरोन्नति र पुल निर्माणका लागि १ करोड ५४ लाख रुपैयाँमा ठेक्का लागिसकेको र चाँडै नै त्यसको काम सुरु हुनेसमेत उहाँले जानकारी दिनुभयो ।

The post भौतिकसँगै मानवीय विकासलाई प्राथमिकता दिएको छौं : वडाध्यक्ष बस्नेत appeared first on Jana Aawaj News.