स्वास्थ्य मन्त्री – Jana Aawaj News

जनताको शीर झुक्न दिने छैन : मन्त्री थापा
जनताको शीर झुक्न दिने छैन : मन्त्री थापा

भक्तपुर । शनिबार  नेपाल प्रेस सोसाईटीले भक्तपुरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरका जनताले दिनुभएको जनमतलाई उच्च मध्यनजर गर्दै आफु मन्त्री हुँदाको कार्यकालमा जनताको शीर झुक्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री थापाले आफ्नो कार्यकाल क्यालेण्डर बनाएर स्वास्थ्य क्षेत्रको नतिजामूखी र ऐतिहासिक कार्यहरु गर्ने बताउनुभएको छ । १३ वटै जिल्लाका जनताको आस्था र विश्वासको रुपमा यो वा त्यो नभनि नतिजामुखी काम गर्ने प्रतिवद्धता जनाउँदै उहाँले आफु मन्त्री भएर फर्कदाँ कुनै पनि दाग वा छिटा लाग्न नदिने बताउनुभएको हो।

कार्यक्रममा उहाँले कुन कुन महिनामा कुन कुन काम गर्ने हो, त्यसलाई क्यालेण्डर नै बनाएर काम गर्नेछु । अब एक हप्ता मन्त्रालयमा बसी आवश्यक कामहरु प्राथमिकताका आधारमा छुट्याउनेछौं । बजेट कसरी कार्यान्वयन गर्ने रु कार्यान्वयनमा समस्याहरु केके छन् रु अस्पतालहरुका समस्या केके छन् रु त्यसलाई केलाउनेछु । कतिपय अस्पतालहरुमा दक्ष चिकित्सक नभएका कारण समस्या भएका छन् । त्यसको समाधान हुन्छ । सूर्यविनायक नगर अस्पतालमा अब तत्काल दुई जना दक्ष चिकित्सकको व्यवस्था हुन्छ । चिकित्सकको अभावमा रिफर गर्नुपर्ने समस्यालाई क्रमिक रुपमा अन्त्य गर्दै जानेछौं । सूर्यविनायक नगर अस्पताललाई स्तरउन्नती गरी कम्तिमा ५० बेडको बनाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने प्रकृया अगाडी बढाइनेछ । चाँगुनारायण नगरपालिकामा बन्ने वीर अस्पतालको लागि आवश्यक पहल गर्नेछु ।’

मन्त्रालय र कर्मचारीको कमि कमजोरीलाई सुधार गरी अगाडी बढ्ने प्रतिवद्धता जनाउँदै उहाँले ६६ अर्व बजेटमा स्वास्थ्य क्षेत्रमा करिव ३४ प्रतिशत बजेट व्यवस्थापन भएको जानकारी गराउनुभयो । भदौदेखी नै कार्यान्वयन गर्ने उल्लेख गर्दै उहाँले कुनै स्वार्थ हुन नदिने बताउनुभयो । सवै नागरिकलाई समान व्यवहार हुने उल्लेख गर्दै उहाँले आफ्नो स्वभावमा कुनै परिवर्तन नहुने भन्दै भक्तपुरवासी जनताले दिएको सुझावलाई अक्षरस पालना गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफु मन्त्री हुँदा सेतो दैरा सुरुवाल लगाएकोमा फर्कदाखेरी कही कदै दाग वा छिटा लाग्न दिने छैन । धेरै मन्त्रीहरु फर्कदाँ दाग लागेर फर्कने गरेको सुनेका छौं तर मेरो त्यस्तो हुँदैन । मेरो कुनै पनि स्वार्थ छैन । राजनीतिक प्रति फरक धारणा हुने छैन । जनताको स्वास्थ्यको पहुँच विस्तारमा सहजीकरण हुनेछ । स्वास्थ्य क्षेत्रमा खेलो फड्को गर्न दिने छैन । म भक्तपुरको इज्जत राख्नेछु, भक्तपुरको मान र सम्मानमा कमि आउन दिनेछैन, जहिले पनि भक्तपुरको शिर उचो हुने काम गर्नेछ । स्वार्थ र विभेदमुक्त भएर काम गर्नेछु । पार्टी र जनताको विश्वासलाई टुट्न दिने छैन । वागमती प्रदेशका प्रत्येक क्षेत्रमा पुग्नेछु । १३ वटै जिल्ला, १३ वटै अस्पताल र १३ वटै आयुवेर्दिक अस्पताल लगायतका क्षेत्रमा पुगेर समस्या तथा आगामी दिनमा गर्नुपर्ने कामको बारेमा अस्पतालका नेतृत्वसँग छलफल गरी उचित निष्कर्षमा पुग्नेछु । नागरिकले स्वास्थ्यका पहुँचमा सहज र छिट्टै पाउने गरी काम गर्नेछु ।’

वागमती प्रदेशमा नर्सिङ कलेज सञ्चालन गर्न स्वास्थ्य विधेयक तयारी भइरहेको उल्लेख गर्दै उहाँले विधेयक पास गरी जतिसक्दो चाँडो नर्सिङ कलेजहरु सञ्चालन गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । भक्तपुरका अस्पतालहरुको सुधार र व्यवस्थापनको लागि बजेटको व्यवस्थापन भएको समेत उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्प बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्वसभापति पुष्करराज बुढाथोकी तथा सोसाईटीका अध्यक्ष उपेन्द्र केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

The post जनताको शीर झुक्न दिने छैन : मन्त्री थापा appeared first on Jana Aawaj News.

भक्तपुरका किरण थापालाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी
भक्तपुर । भक्तपुर क्षेत्र नं २ ‘क’ प्रदेश सभा सदस्य माननीय किरण थापा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको छ ।

एमालेको भागमा परेको ६ वटा मन्त्रालय मध्ये एमाले भक्तपुरका जुझारु एवं विकासप्रेमी युवा नेता किरण थापालाई नेकपा एमालेले स्वास्थ्य मन्त्रीमा सिफारिस गरेको छ ।

यसैगरी वागमति प्रदेश सरकारले आजै मन्त्रीमण्डल बिस्तार गर्ने भएको छ । जसमा एमालेबाट किरण थापा सहित काठमाडौंका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपंक्षी मन्त्रालय, काठमाडौंकै अमन कुमार मास्केलाई भौतिक पूर्वाधार मन्त्रालय, ललितपुरका प्रेम भक्त महर्जनलाई श्रम तथा रोजगार यातायात मन्त्रालय, सिन्धुलीका सुकमाया तामाङलाई उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र चितवनका कृष्णप्रसाद सिलवाललाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको बताइएको छ । यसका लागि एमालेले मन्त्रीमा सिफारिस गरेको हो ।

The post भक्तपुरका किरण थापालाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी appeared first on Jana Aawaj News.