स्व. अखण्डप्रसाद धौभडेल – Jana Aawaj News

स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण
भक्तपुर । समाजसेवी एवम् शिक्षाविद् स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण तथा स्व. धौभडेलकी जीवन संगिनी चन्द्रलक्ष्मी धौभडेल १०१ वर्ष पूरा गरी १०२ वर्षमा प्रवेश गरेको शुभ जन्मउत्सवको अवसरमा शताब्दी नारी अभिनन्दन कार्यक्रम आज एक समारोहबीच सम्पन्न भएको छ ।

कार्यक्रममा स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा जन्मेर देशको निम्ति महत्वपूर्ण योगदान गर्नुहुने अखण्डप्रसाद धौभडेल देशकै गौरव र प्रतिष्ठा भएको बताउनुभयो ।

तत्कालीन समयमा काठमाडौंको दरबार हाइस्कूलबाट एसएलसी र पटना विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गर्नु निकै चुनौतीको विषय भएको बताउँदै उहाँले भक्तपुरको शैक्षिक परिवर्तनमा स्व. धौभडेलको योगदान अविष्मरणीय रहेको चर्चा गर्नुभयो ।

अखण्डप्रसाद धौभडेलको योगदानलाई कदर गर्दै भक्तपुर नगरपालिकाले स्थानीय पाठयक्रममा उहाँको जीवनी समावेश गरी भक्तपुरका विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउँदै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।

देश र समाजको निम्ति गरेका महत्वपूर्ण किर्तिहरुले मानिसलाई अमर बनाउने बताउँदै भक्तपुरमा जन्मेर देशकै निम्ति महत्वपूर्ण योगदान गर्ने उहाँका किर्तिहरुले उहाँलाई युगयुगसम्म अमर बनाउने प्रमुख प्रजापतिले बताउनुभयो ।

नागरिक शास्त्रभाग १ र २, नागरिक शास्त्र बृहत तथा परिमार्जित, हाइस्कूल ग्रामर, गोल्डेन गाइड टु जनरल इंगलिस र कुखुरापालन कक्षा ९ र १० जस्ता महत्वपूर्ण पुस्तकहरु उहाँले लेख्नुभएको बताउँदै प्रमुख प्रजापतिले स्व. धौभडेलले आफूले प्राप्त गरेको ज्ञान र सीप भक्तपुरमै प्रयोग गरी शारदा माविको संस्थापक, विद्यार्थी निकेतन माविको प्रअ र अन्यथुप्रै विद्यालय स्थापनामा महत्वपूर्ण योगदान पुर्याउनुभएको स्मरण गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले स्व. अखण्डप्रसाद धौभडेल भक्तपुरको मात्रनभई देशकै महत्वपूर्ण व्यक्तित्वको रुपमा परिचित भएको बताउँदै उहाँको जीवनी प्रकाशनले नयाँ पुस्तालाई मार्गनिर्देश गरेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीमैंया धौबन्जारले कुनै पनि परिवारको सफलतामा अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउँदै स्व. धौभडेल शिक्षा र समाजसेवाको माध्यमबाट आफूलाई उत्कृष्ट व्यक्तित्वको रुपमा स्थापित गराउन सफल व्यक्तित्व भएको प्रष्ट पार्नुभयो ।

इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले स्व. धौभडेलले आफ्नो जीवनकालमा गरेका योगदान अनन्तकालसम्म जीवन्त रहीरहने बताउनुभयो ।

उहाँले स्व. अखण्ड धौभडेलकी जीवन संगिनी चन्द्रलक्ष्मी धौभडेल शताब्दी नारीको रुपमा अभिनन्दनहुने नेपालकै पहिलो महिला भएको र शताब्दी नारी अभिनन्दन नेपालको इतिहासकै अविष्मरणीय क्षण भएको उल्लेख गर्नुभयो ।

स्व. धौभडेलका जेठा सुपुत्र राजेन्द्रप्रसाद धौभडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्व. धौभडेलका भाइ अनन्तप्रसाद धौभडेल र कान्छा छोरा प्रकाशमोहन धौभडेलले स्व. अखण्डप्रसाद धौभडेलको व्यक्तित्व, देश र समाजको लागि पुर्याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रजापतिले चन्द्रलक्ष्मी धौभडेल १०१ वर्ष पूरा गरी १०२ वर्षमा प्रवेश गरेको शुभ जन्म उत्सवको अवसरमा शताब्दी नारी अभिनन्दन गर्नुभएको थियो ।

The post स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण appeared first on Jana Aawaj News.