३०औँ राष्ट्रिय छन्द दिवस – Jana Aawaj News

बर्दिवासमा शिशिर घिमिरे स्मृति स्रष्टा सम्मान तथा बहुभाषिक कविता वाचन सम्पन्न
जन आवाज न्युज/बर्दिवास, महोत्तरी  । शिशिर घिमिरे स्मृति प्रतिष्ठानको आयोजनामा ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम बर्दिवासमा सम्पन्न भएको छ ।

कार्यक्रम प्रतिष्ठानका संरक्षक तथा बर्दिवास छन्द चौतारीका अध्यक्ष प्रेम घिमिरे ‘अग्नि कवच’ को अध्यक्षता र मधेस प्रदेशसभा क्षेत्र नं. १ ‘क’ की माननीय शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई “शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१” प्रदान गरिएको छ । सम्मान स्वरूप उनलाई नगद रू. १५,५५५/- सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

यसै अवसरमा जनवादी लेखक संघ, सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफद्वारा दुई विशेष शारीरिक क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्तिस्वरूप जनही रु ५५५५/- प्रदान गरिएको थियो । लाभान्वित हुनेमा जनता मावि गौरीडाँडाकी कक्षा ८ की गरिमा परियार र जनता बहुमुखी क्याम्पस बर्दिवासका चौथो वर्षका विद्यार्थी दिनेश महतो रहेका छन् । साथै साहित्य तथा शिक्षाप्रेमी मिना देवकोटाद्वारा जनता मावि बर्दिवासकी कक्षा १० की सुस्मिता कट्वाललाई रु २५५५/- छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा मधेस र कोशी प्रदेशका विभिन्न जिल्लाबाट साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागी अतिथिहरूमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेश अध्यक्ष हिरा गौतम, समाजसेवी सरिता ढुङ्गाना, प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, बर्दिवास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्का, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेस प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, प्रलेस केन्द्रीय सदस्य विमला विक, लेखक निला घिमिरे, गुञ्ज बहादुर कार्की ‘गोपाल’ लगायतका विशिष्ट व्यक्तित्वहरू रहेका थिए ।

कार्यक्रममा कुमार कुसुम, गोपाल यादव, मेघराज पौडेल, लालबाबु पोखरेल, सुमित्रा आचार्य, बेल बहादुर परियार, बाबुराम फुयाल, प्रतिमा पौडेल, विपिराज दाहाल, जीवन आचार्य, घनश्याम पन्त, डा. जो जोनसन, डा. जेनी हेरिङटन लगायतका सर्जकहरूले कविता, गीत तथा गजल वाचन गरेका थिए ।

सर्जकहरूलाई दिवंगत शिशिर घिमिरेकी आमा देवि घिमिरेद्वारा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि शारदा थापाले नेपाली साहित्यका स्रष्टाहरूलाई सम्मान गर्ने यो प्रयासले कलमधारीहरूलाई थप प्रेरणा दिएको बताउँदै प्रतिष्ठानलाई युगौँ युगसम्म चलिरहने शुभकामना व्यक्त गरिन् ।

सम्मानित स्रष्टा बोधकुमार घिमिरेले संस्थाले आफूलाई दिएको सम्मानप्रति आभार प्रकट गर्दै सधैं संस्था सँग सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

सम्मानित प्रा. डा. सुमन कर्माचार्यले साहित्य तथा समाजसेवामा योगदान दिन प्रोत्साहन गर्ने संस्थाको भूमिकाको उच्च मूल्यांकन गर्दै संरक्षक प्रेम घिमिरे र देवी घिमिरेप्रति विशेष आभार व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै संरक्षक प्रेम घिमिरेले प्रतिष्ठानले साहित्य, संगीत र समाजप्रतिको योगदानलाई मूल्यांकन गर्ने उद्देश्य राखेको र सम्मानित कर्माचार्यजस्तो बहुआयामिक व्यक्तित्वलाई सम्मान गर्न पाउँदा गौरवको अनुभूति भएको बताए ।

कार्यक्रम सञ्चालन सर्जक नारद काफ्लेले गरेका थिए भने शब्दद्वारा स्वागत सर्जक भिमकुमार राउतले गरेका थिए । कार्यक्रम बर्दिवासस्थित विनायक ब्याङ्क्वेटको सभा हलमा सम्पन्न भएको थियो ।

कार्यक्रम पश्चात् केही विशिष्ट अतिथिहरूसँग ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा प्रतिक्रिया लिइएको छ, जुन आगामी शुक्रबार साँझ ५ बजे प्रसारण हुने जानकारी आयोजकले दिएका छन् ।

The post बर्दिवासमा शिशिर घिमिरे स्मृति स्रष्टा सम्मान तथा बहुभाषिक कविता वाचन सम्पन्न appeared first on Jana Aawaj News.