३० औं अन्तर्राष्ट्रिय अपांगता दिवस – Jana Aawaj News

३० औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपांगता भएकाहरुको खेलकुद प्रतियोगिता तथा स्वास्थ्य शिविर सम्पन्न
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा ५० मिटर, १०० मिटर, २०० मिटर र ५०० मिटर दौड तथा डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम शनिबार सम्पन्न भएको होे ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न र उनीहरुबीच हुने भेदभाव, दुव्र्यवहार र हिंसाविरुद्ध लड्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष यो दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता र स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिहरुमा पनि विशेष खालका प्रतिभा र क्षमता हुने हुँदा नगरपालिकाले उनीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्ता कार्यक्रमहरुको आयोजनामा जोड दिँदै आएको बताउनुभयो । कोभिडका कारण अपांगता भएका व्यक्तिहरुको लागि थुप्रै चुनौतीहरु सामना गर्नुपरेको भन्दै प्रमुख प्रजापतिले अपांगता भएका व्यक्तिहरुलाई साथ र हौसलाको खाँचो रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले यहाँका सार्वजनिक स्थल तथा भवनहरु अपांगमैत्री ढंगले निर्माण गरेको र विभिन्न सीपमूलक तालिम सञ्चालन गरी अपांगता भएका व्यक्ति र उनीहरुका परिवारहरुको आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको परिचय पत्र वितरणसम्बन्धी अस्थायी समन्वय समितिका संयोजक तथा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले अपांगता भएका व्यक्तिहरुलाई लक्षित गर्दै आवश्यकताको आधारमा भक्तपुर नगरपालिकाले अपांगता सहायक सामाग्रीहरु वितरण गर्दै आइरहेको बताउनुहुँदै उनीहरुको हक र अधिकार सुनिश्चित गर्ने हिसाबले नपाले काम गर्दै आइरहेको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले अपांगता भएका व्यक्तिहरुमा भएका प्रतिभा प्रस्फुटन र उनीहरुको अधिकार सुनिश्चितताकोे लागि यो दिवस मनाउनुको विशेष अर्थ रहने बताउनुहुँदै आगामी दिनहरुमा सक्षम र सबल भएर प्रस्तुत हुन हौसला प्रदान गर्नुभयो । खेलकुद प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले गर्नुभएको थियो भने, प्रमुख अतिथि सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, अतिथि शिवकुमार श्रेष्ठले खेलकुद प्रतियोगिताका विजयीहरुलाई मेडल र मायाको चिनो स्वरुप थर्मस प्रदान गर्नुभएको थियो ।

सोही क्रममा दिवसकै अवसर पारेर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुका लागि आवश्यकताको आधारमा अपांगता सहायक सामाग्रीहरु लौरो, ह्वील चेयर, वैशाखी, एल्बो र एयर फोनलगायतका सामाग्री वितरण गरेको थियो । साथै कार्यक्रममा उपस्थित अपांगता भएका बालबालिकाहरुले रुचीपूर्वक नाच र गीत प्रस्तुत गरेका थिए ।

The post ३० औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपांगता भएकाहरुको खेलकुद प्रतियोगिता तथा स्वास्थ्य शिविर सम्पन्न appeared first on Jana Aawaj News.