३४४ औँ विश्वव्यापी रक्तदान – Jana Aawaj News

तारकेश्वर लामबगरमा परमेश्वरको मण्डलीद्वारा १३४४ औं रक्तदान कार्यक्रम सम्पन्न
तारकेश्वर। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,३४४ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सप्पन्न गरेको छ ।

सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा २०० भन्दा बढीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा तारकेश्वरको पदमसाल, लामबगर तथा का.म.न.पा नयाँबजार र बालाजु आदि क्षेत्रहरूबाट सदस्यहरु तथा स्थानियहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सहभागिमध्ये ११४ जनाले रक्तदान गरेका छन् ।

नेपालको विभिन्न जिल्लाहरुमा मण्ड्लीले निरन्तर गर्दै आईरहेको सो कार्यक्रम गत जनवरीमा रुपन्देहीको तिलोत्तमा, फेब्रुअरीमा बाँकेको नेपालगञ्ज र पर्साको वीरगञ्ज, अनि मार्चमा चाहिँ भक्तपुरको मध्यपुर ठिमी, अप्रिलमा काठमाडौंको बुढानिलकण्ठ, धापासी, तरकेश्वर लगाएत लालितपुरको महालक्ष्मीस्थानमा रक्तदान सप्पन्न गरेको हो ।

कार्यक्रममा परमेश्वरको मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमले  ‘निस्तार-चाड’लाई उल्लेख गर्नुहुदै  “निस्तार-चाडचाहिँ ‘विपत्ति पार’ भन्ने अर्थ बोकेको परमेश्वरको चाड हो । यो चाडचाहिँ येशू ख्रीष्ट क्रूसमा टाँगिनुभन्दा अघिल्लो दिन उहाँले आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य लिई नयाँ करार स्थापना गर्नुहुँदै पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको चाड हो” भनेर प्रष्ट पर्नुभयो । साथै उहाँले “परमेश्वरको मण्डलीले पिता परमेश्वर र माता परमेश्वर विश्वास गर्दै निस्तार-चाडमा समाविष्ट ख्रीष्टको प्रेम र बलिदानको अनुकरण गर्नेभएकाले रक्त अभावका कारण ज्यान जोखिममा परेकाहरूमाझ त्यो प्रेम बाँड्न एकजुट भएका हौं, छिमेकीहरू सबैको जीवन र स्वास्थ्य सुरक्षित रहोस्, र उनीहरूले पनि हर्षपूर्ण जीवन जिउन पाऊन्” भन्ने कामना पनि व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनले “परमेश्वरको मण्डलीले गरेको मानव सेवाको कार्य उत्तम भएको र नगरलार्इ रगत दान जस्तो पुन्य कार्य आयोजना गर्नुभएकोमा शुभकामना साथै हामी तुरून्तै परिवर्तन गर्न सक्दैनौं तर हामी निश्चय परिवर्तन गर्न सक्छौं भन्नुहुँदै मण्डलीको टिमसँग नगर, खोला, टोल साफाइ तथा सामाजिक सेवामा सहकार्य गर्न गर्न इच्छुक रहेको बताउनुभयो ।

यसैगरी तारकेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा न. २ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले रगत र पानी बाँच्नको लागि जीवनमा अपरिहार्य छ । योचाहिँ जाति, वर्ग, धर्मको नभएर सबैको निम्ति र सबैको साझा हो, भन्नुहुँदै स्वयंसेवकहरूलाई प्रोत्साहन दिनुभएको थियो । साथै कार्यक्रममा राष्ट्रिय चिया तथा कफि विकाश बोर्ड केन्द्रिय कार्यलयका उपाध्यक्ष केशर बहादुर सिटौलाले पनि रक्तदाताहरूलाई हौसलाको मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका तारकेश्वर नगरपालिका वडा न. ४ का वडा अध्यक्ष नरेन्द्रसास श्रेष्ठले “२०७२ को महाभूकम्पको स्वयमसेवा, नदि तथा टोल सरसफाई, विद्यालय पुनर्स्थापन र रक्तदान जस्ता सामाजिक कार्यमा योगदान पुर्याएको तथा तारकेश्वर नगर पालिकाले पनि रगत उपलब्ध गराउन रेडक्रससँग MOU भएको विषय उल्लेख गर्नुहुँदै रक्तदान गरेर सबैलाई काम लाग्ने असल कार्य हो” भन्नुहुँदै स्वयंसेवकहरूलाई प्रोत्साहन दिनुभएको थियो ।

परमेश्वरको मण्डलीले विगत २० वर्षदेखि देशभरिका विभिन्न क्षेत्रहरूमा रक्तदान कार्यक्रम गर्दै आईरहेको छ । काठमाडौं, ईटहरी, टीकापुर, भरतपुर, पोखरा, तार्केश्वर र हेटौंडामा कार्यक्रम राखिँदा १,२२६ जनाले सहभागिता जनाएका थिए । जसमध्ये ९६२ जनाले सफलतापूर्वक रक्तदान गरि जम्मा ३,११,८०० मिलिलिटर स्वस्थ रगत सङ्कलन भएको थियो । १ जनाको रक्तदानले ३ जनाको जीवन बचाउन सक्ने कुरालाई विचार गर्दा, उक्त रक्तदानद्वारा २,८८६ जना अमूल्य जीवन बचाउन सफल उपलब्धि हो । गत सेप्टेम्बरमा ‘नेपाल रेडक्रसको ६१औँ स्थापना दिवस’को अवसरमा रेडक्रसका अध्यक्ष सुदर्शन प्रसादले परमेश्वरको मण्डलीलाई कदर पत्र हस्तान्तरण गर्नुभएको थियो ।

परमेश्वरको मण्डलीले सञ्चालन गर्ने बाँडचुँडका गतिविधिको आधार नै ‘छिमेकीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नू’ भन्ने ख्रीष्टको शिक्षा हो । कसैलाई पनि एकलो हुन नदिऔं भन्ने मनद्वारा सन्तहरूले छिमेकी सहयोग, प्रकोप राहत, वातावरण सरसफाइ, रक्तदान, शैक्षिक सहयोग आदि विभिन्न विधाहरूमा स्वयंसेवा गरे । गत महिनाको ११ तारिखमा नुवाकोटको तुप्चेश्वरको श्री कौकेश्वरी माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा कम्प्युटर सेट १० थान वितरण गर्दै, किशोर-किशोरी युवाहरूको सपना पूरा गर्न मद्दत गरे । गत महिनामा परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवक समूह ब्क्भ्श् ले ललितपुरमा अवस्थित वृद्धाश्रमको भ्रमण गरेर त्यहाँका ज्येष्ठ नागरिकहरूलाई रात्रि भोजनले सत्कार गर्दै उहाँहरूप्रतिको सम्मान र कृतज्ञता व्यक्त गरे । सन्तहरूले काठमाडौंको मित्रपार्क र मेडिकल कलेज, ललितपुरको मुनलाइट उच्च माध्यमिक विद्यालय र लोक स्मृति उच्च माध्यमिक विद्यालय, पृथ्वी नारायण क्याम्पस आदि देशभरिका थुप्रै सहर, पहाड, नदीनाला आदिमा वातावरण सरसफाइ गर्दै वातावरण संरक्षणमा पनि एकसाथ जुटेका थिए ।

सन् २०१५ मा विनाशकारी महाभूकम्प जाँदा, सन्तहरूले गरेको निःस्वार्थ उद्धार कार्यलाई छुट्‌ट्याउन सकिँदैन । पराकम्पको जोखिमको बाबजुद पनि करीब १५,००० जना सन्तहरूले ७१० क्षेत्रहरूमा मर्मत सम्भार, घाइते उद्धार आदिमा लागि परेका थिए । पीडितहरूको सहयोगार्थ आकस्मिक उद्धार सामग्री र अनुदान सहयोग गर्नुका साथै, सेर्तुङ र तिप्लिङ जस्ता सवारी नपुग्ने हिमाली दुर्गम गाउँमा भएका १,००० घरधुरीका लागि हेलिकप्टरबाट १४ पटकसम्म ओहोरदोहोर गरेर खाद्य सामग्री सहयोग गरेका थिए । भूकम्पले गर्दा भग्नावशेष भएको सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी प्राथमिक तथा माध्यमिक विद्यालयको भवन पुनर्निर्माण गरेर भावी पुस्ताहरूलाई आशाको उपहार प्रदान गरेका थिए ।

मण्डलीबाट गरिएका यस्ता समर्पणयुक्त स्वयंसेवाको कदरस्वरूप बागमती प्रदेशको समाजिक विकास मन्त्रीबाट, अनि श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापकबाट, श्री जनता प्राथमिक विद्यालयका प्रधानाध्यापकबाट, नन्दी विद्यार्थी कल्याण कोषका निर्देशक, इन्द्रायणी प्राथमिक विद्यालिका प्रधानाध्यापक आदि विभिन्न संस्थाहरूबाट परमेश्वरको मण्डलीलाई प्रशंसा-पत्र हस्तान्तरण गरिएको थियो ।

परमेश्वरको मण्डलीचाहिँ विश्वभरि १७५ वटा देशहरूमा ७,५०० वटाभन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । ३७ लाख जना सन्तहरूले बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछन् । २७,००० पटक स्वयंसेवा गतिविधि गरेबापत् यो मण्डलीले अमेरिकी राष्ट्रपतीय अवार्ड, कोरियाली राष्ट्रपतीय अवार्ड, ब्राजिलियन विधायिकी पदक आदि कुल ४,२०० वटाभन्दा भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।

The post तारकेश्वर लामबगरमा परमेश्वरको मण्डलीद्वारा १३४४ औं रक्तदान कार्यक्रम सम्पन्न appeared first on Jana Aawaj News.