bhaktapur municipality – Jana Aawaj News

भनपा १० स्थित बेखाल टेबुल टेनिस कभर्ड हल उद्घाटन
भक्तपुर । नेमकिपा केन्द्रिय सचिव एवं प्रतिनिधि सभासद प्रेम सुवालले भनपा १० बेखालस्थित बेखाल टेबुल टेनिस कभर्ड हलको नवनिर्मित भवनको रिबन काटी उद्घाटन गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि सुवालले खेलकुद क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेका तर नीति तथा सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने खालको कार्यक्रम नभएको बताउनुभयो । राजनीति कहिल्यै पनि फोहोर नहुने बताउनुहुदै सरकारमा गएका राजनैतिक व्यक्तिहरुको चरित्र फोहोर भएकोले देशको राजनीति प्रदुषित भएको बताउनुभयो । राजनीति जनताको सेवा गर्ने अवसर रहेको चर्चा गर्नुहुँदै उहाँले पुँजीवादी देशमा उत्पादनका साधनहरु सीमित व्यक्तिको कब्जामा रहने र जनताले दुःख पाउने भएकोले समाजवादी व्यवस्थाको आवश्यकता रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा हाल कमलविनायक, लिवाली र बेखालमा गरि ३ वटा कभर्ड हल संचालनमा आएको जानकारी दिनुहँुदै भनपाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भएको र हरेक वर्ष खेलाडी तथा प्रशिक्षकहरु सम्मान गर्दै आएको पनि बताउनुभयो । उहाँले खेलाडीहरु अनुशासित हुनुपर्नेमा जोड दिनुहुँदै खेलाडीहरु देश र जनताको हक हित तथा देशको सार्वभौमसत्ता जोगाउन र देशको राजनैतिक विषयमा जानकार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्र अनुसार खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै कार्य गरिरहेको बताउनुहुँँदै खेल शारिरीक तथा वौद्धिक विकासको निम्ति अपरिहार्य भएको बताउनुभयो । उहाँले भक्तपुर नपाले विश्व अपा·ता दिवसको अवसरमा अपा·ता भएका व्यक्तिहरुबीच नियमित रुपमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

बागमती प्रदेश सभाका सांसद सृजना सैंजुले कभर्ड हल निर्माणले खेल जगतमा नयाँ पुस्तालाई आकर्षण गर्ने बताउनुहुँदै खेल मित्रताको लागि हो भन्नुभयो । खेलकुदले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने बताउनुहुँदै खेलकुद राजनीतिशास्त्र र कुटनीतिशास्त्रसँग पनि जोडिएको छ भन्नुभयो । उहाँले राज्यले खेलकुद क्षेत्रलाई अगाडि बढाउन नसकेको चर्चा गर्नुहुँदै उहाँले खेलकुद पूर्वाधारमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य सरहानीय रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक राजेन्द्र कपालीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै कार्य गरिरहेको ज्वलन्त उदाहरण भएको बताउनुहुँदै सरकार र खेलकुद परिषद्ले गर्नुपर्ने कामलाई भनपाले अगाडि बढाइरहेको चर्चा गर्नुभयो । त्यसैगरी अखिल नेपाल टेबुलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यले कभर्ड हललाई राष्ट्रिय प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुहुँदै खेलाडीहरुले समाज परिवर्तनको लागि भूमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले भक्तपुरमा टेबुलटेनिसको लोकप्रियता बढ्दै गएको चर्चा गर्नुभयो ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भनपाले हरेक वर्ष उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्दै आएको स्मरण गर्नुहुँदै प्रत्येक वडामा खुल्ला व्यायामशालाको व्यवस्था र नगरभित्रका विद्यालयहरुमा खेलकुद प्रशिक्षकहरुको बन्दोबस्त गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. १० का वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौंमिखा र भनपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले पनि बोल्नुभएको थियो ।

The post भनपा १० स्थित बेखाल टेबुल टेनिस कभर्ड हल उद्घाटन appeared first on Jana Aawaj News.