परमेश्वरको मण्डली ‘Hold Hope अभियान’ – Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा काठमाडौँको टोखा नपामा ‘Hold Hope अभियान’ सम्पन्न
जन आवाज न्युज /काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सोमबार काठमाडौँको टोखा नगरपालिका वडा न. ५ को कार्यालयलाई चामल, गेडागुडी, खाना पकाउने तेल इत्यादि खाद्यान्न प्याकिङ गरेर हस्तान्तरण गरेको छ ।

संयुक्त राष्ट्रसंघको विश्व सामाजिक न्याय दिवसको उपलक्ष्यमा ३१ वटा देशहरूमा सीमान्तकृत छिमेकीहरूका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरूको तयारी स्वरुप परमेश्वरको मण्डलीले ‘Hold Hope अभियान’ आयोजना गरेको हो ।

‘Hold Hope’ अर्थात् ‘आशा राख्नुहोस्’ भन्ने अर्थ रहेको यस अभियानको उद्देश्य भनेको जलवायु सङ्कट, आर्थिक कठिनाइ तथा रोगले ग्रस्त भएका विश्वभरिका छिमेकीहरूलाई भौतिक सहयोग मात्र प्रदान गर्ने नभएर जीवनको आशा बाँड्नु रहेको छ ।

यस अभियानमार्फत, परमेश्वरको मण्डलीले गत जनवरी र फेब्रुअरीमा हाइटी, भेनेजुएला, मोजाम्बिक, मलावी, इथियोपिया, भारत, युक्रेन गरी ३१ वटा देशका करीब ३०० वटा सरकारी कार्यालयहरूमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरू हस्तान्तरण गरेको थियो । यस्ता अनुदानहरू एकल ज्येष्ठ नागरिक परिवार, एकल अभिभावक परिवार, हजुरबुबा-हजुरआमा परिवार, बहुसांस्कृतिक परिवार, अशक्त परिवार र किशोर-किशोरी परिवार जस्ता अमूल्य छिमेकीहरूलाई प्रदान गर्दै आएको छ ।

नेपालमा चाहिँ फेब्रुअरी १७ तारिखमा टोखा नगरपालिकास्थित १५ घरपरिवारका लागि १५ बाकस खाद्यवस्तुहरू हस्तान्तरण गरेको हो । कुल चामल ३७५ किलो, दाल ३० किलो, चना ३० किलो, खाना पकाउने तेल ३० लिटर, चाउचाउ १५ वटा बाकसको एउटा सेट बनाएर ४ सदस्य भएको परिवारले १५ दिनसम्म खान सक्ने मात्रा वितरण गरियो । प्रत्येक बाकसको आवरणमा टाँसिएको ‘हामी आमाको मनद्वारा आशा बाँड्छौं’ भन्ने वाक्यांशले छिमेकीहरूमा न्यानोपना थपेको छ ।

कार्यक्रममा सहभागी टोखा नगरपालिका वडा नं. ५ का अध्यक्ष मदन गुरुङले परमेश्वरको मण्डलीले गरेको यो राहतको कार्यक्रमले दुई छाक खान नपाउने परिवारका लागि ठुलो सहयोग पुर्याएको भन्दै मण्डलीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

परमेश्वरको मण्डलीका सदस्य गौरी मानन्धरले  “मानव-जातिलाई परिवारको रूपमा अँगाल्नुहुने परमेश्वरको प्रेमभित्र हाम्रा छिमेकीहरूले नयाँ शक्ति प्राप्त गरून् भन्ने आशा गर्दछु । सन्तहरूले आफ्नो परिवारको स्वास्थ्यको फिक्री गर्नुहुने आमाको मनद्वारा परिवारलाई अत्यावश्यक खाद्यान्नहरू दिलोज्यानले तयार पारेका छन् । हाम्रा सबै छिमेकीहरूले यसबाट बल प्राप्त गरून्, र सन् २०२५ आशाका साथ बिताउन सकून् भनी आशा गर्दछु भन्नुभयो ।”

‘Hold Hope अभियान’ संयुक्त राष्ट्रसंघको विश्व सामाजिक न्याय दिवस (फेब्रुअरी २०) को सम्झनामा आयोजना गरिएको हो । विश्व सामाजिक न्याय दिवसचाहिँ सामाजिक र आर्थिक असमानता न्यूनीकरण, मानव अधिकारको संरक्षण र सबै मानिसहरूलाई समान अवसर प्रदान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । सन् २०२५ को विषयवस्तु ‘समानता, समावेशीकरण र मानव अधिकारको प्रवर्धन’ रहेको छ । यस अभियानद्वारा मण्डलीले विश्व खाद्य कार्यक्रम (WFP) द्वारा छनोट गरिएका संकटमा परेका देशहरू र अन्तर्राष्ट्रिय उद्धार समितिको २०२४ विश्व संकट प्रतिविदेनअनुसार जीविकोपार्जनमा गम्भीर कठिनाइ भोगिरहेका देशहरूसहित, प्रत्येक देशमा आर्थिक र सामाजिक रूपमा सीमान्तकृत वर्गहरूमा गरिबी निवारण गर्न र समुदायको मूल्यमान्यता जागृत गर्नमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो अभियानचाहिँ परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा सञ्चालन गरिरहेको ‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा हो, र यो ‘गरिबी तथा भोकमरीको अन्त्य’ बुँदाअन्तर्गत पर्छ । आशा च्यालेन्जचाहिँ ‘संकटग्रस्त विश्वव्यापी गाउँमा आशा प्रदान गर्ने’ लक्ष्यका साथ अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू [SDGs] अनुरूप जारी हुन्छ । यसलाई जलवायु परिवर्तनसँग लड्ने, गरिबी तथा भोकमरी अन्त्य गर्ने, शैक्षिक सहयोग गर्ने, स्वास्थ्य तथा कल्याणलाई प्रवर्धन गर्ने, दिगो सुरक्षित समाज निर्माण गर्ने, शान्ति, समावेशी र एकता गरी मुख्यतः ६ वटा विधामा आयोजना गरिन्छ । यो नेपालमा पनि सक्रियतापूर्वक जारी हुँदैआएको छ । बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशका विभिन्न ठाउँहरूमा वृक्षारोपण र वन संरक्षण गरेर कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्नुका साथै हरित क्षेत्र सृजनामा योगदान पुऱ्याउने ‘आशाको वन’ अभियान र ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ अभियान सञ्चालन गरिएको छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ ।

यसको अतिरिक्त पनि मण्डलीले विभिन्न तरिकाद्वारा छिमेकीहरूमाझ प्रेम बाँड्दैआएको छ । ज्येष्ठ नागरिक कल्याण केन्द्रको भ्रमण गरेर सौन्दर्य सेवा, सरसफाइ सेवा र खाद्य सामग्री सहयोग गरेर ज्येष्ठ नागरिकहरूलाई खुशीयाली प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय युवा दिवसको सम्झनामा विद्यालयमा स्कूल झोला, कम्प्यूटर इत्यादि वितरण गरेर भविष्यका कर्णधारहरूलाई समर्थन गर्ने कार्य पनि मण्डलीले गरेको छ । मण्डलीले २०७२ सालको महाभूकम्पका बेलामा पनि भग्नावशेष भएको २ वटा आधारभूत विद्यालय पुनर्स्थापना गर्नुका साथै ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार कार्य तथा घाइतेहरूलाई उद्धार गर्ने कार्य पनि गऱ्यो । यसबाहेक हिमाली गाउँका १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटकसम्म खाद्यान्न उपलब्ध गराउने कार्य पनि गऱ्यो । यस किसिमका मानवहितका गतिविधिहरू गरेबापत् परमेश्वरको मण्डलीलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बूढानीलकण्ड नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न क्षेत्रबाट कदर-पत्र तथा प्रशंसा-पत्रहरू प्रदान गरिएको छ ।

विश्वको १७५ वटा देशका ७,८०० क्षेत्रमा स्थापना भएको र ३७ लाख सदस्यहरू भएको परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान अभियान, प्रकोप राहत कार्य, शैक्षिक सहयोग जस्ता विविध स्वयंसेवा गतिविधिहरू हालसम्म ३०,००० पटक आयोजना गरिसकेको छ । जसको कदरस्वरूप परमेश्वरको मण्डलीले तीन कोरियाली सरकारहरूबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाबाट सम्मान पदक र ब्राजिलबाट विधायिकी पदक जस्ता विभिन्न देशका सरकार तथा संस्थाहरूबाट ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

The post परमेश्वरको मण्डलीद्वारा काठमाडौँको टोखा नपामा ‘Hold Hope अभियान’ सम्पन्न appeared first on Jana Aawaj News.